|
|
ल्हासामा अमेरिकी दूताबास खोल्न बेइजिङमाथि दबाब
April 2, 2011, 8:33 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० अमेरिकीलगायत् पश्चिमा नागरिकलाई प्रवेशमा समेत कडाई गरिएको तिब्बतको राजधानी ल्हासामा कूटनीतिक नियोग स्थापनाका लागि पहल गर्न अमेरिकाको परराष्ट्र समितिले आफ्नो सरकारसँग माग गरेको छ। तिब्बत पनि चीनको अरु भूभाग जस्तै खुल्ला हुनुपर्छु भन्दै समितिले अमेरिकालाई यसका लागि चीनमाथि दबाब बढाउनु आग्रह गरेको हो। ल्हासामा कन्सुलेट स्थापना गर्ने अनुमति दिनका लागि चीनलाई दबाब दिन आवश्यक भएको उनीहरुको भनाइ छ। चीनको स्वशासित प्रदेश तिब्बतको राजधानी ल्हासामा अहिले नेपालको मात्र वाणिज्य दूताबास छ। तिब्बतको सुरक्षा संवेदनशीलता देखाउँदै बेइजिङले अन्य देशलाई ल्हासामा कूटनीतिक नियोग सञ्चालन गर्ने अनुमति दिएको छैन। तिब्बतको सबभन्दा नजिकको छिमेकी र ब्यापार सम्बन्धले गर्दा एक चीनु नीति लिएको नेपालले वाणिज्य दूताबास सञ्चालन गर्ने अनुमति पाएको हो।
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|