|
|
कन्सर्टबाट २२ करोड संकलन,अनलाइनमार्फत खातामा ६८ लाख
April 2, 2011, 8:15 pm, Filed under Nepali News
नेपाल होराइजन्स सम्वाददाता काठमाडौ, चैत्र २० विश्वचर्चित हङकङेली एक्सन नायक जेकी चेनको सकृयतामा शुक्रबार साँझ आयोजित कन्सर्टको तीन घण्टाभित्रै २ करोड ४० लाख हङकङ डलर ९करिब बाइस करोड रुपैयाँ० संकलन भएको छ । भूकम्प र सुनामी पीडित जापानी नागरिकहरुका सहयोगार्थ उक्त कार्यक्रम आयोजित थियो । कन्सर्टमा स्थानीय नायक तथा गायक जेकी चेन ,एण्डी लाउ, जापानी प्रख्यात गायक मासातोयो नाकामुरा लगायत हङकङ, चीन, र दक्षिण कोरियाका १७३ कलाकारहरु सहभागी थिए । टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको कन्सर्टमा आधा घण्टाभित्रै अनलाइनमार्फत खातामा ६८ लाख हङकङ डलर जम्मा भएको आयोजकले बताएका छन् । ुलभ वियोन्ड बोर्डस ३र११(९सिमापारिको माया०ु शिर्षक जुराइएको कन्सर्ट सकिदासम्म उक्त रकम २ करोड ४० लाख पुगेको हो । ुएसियाली मुलुकमा विपक्ति आइपरेकाले हाम्रो जिम्मेवारी अरुका भन्दा बढी छ,ु कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा सुपरस्टार चेनले भने, ुमलाई विश्वास छ दुःखका समयमा हामी एकअर्काका काम आउनसक्छौ ।ु ुजहाँरहेपनि मायाको कुनै सिमा हुँदैन भन्ने आज प्रमाणित भएको छ,ु दर्जनौ पत्रकारहरुबाट घेरिएका उनले थपे । कन्सर्टबाट संकलित रकम खाना, पानी लगायत अत्याआवश्कीय सामाग्री खरीद गर्न प्रयोग हुने बताइएको छ । जापानमा मार्च एघारका दिन आएको नौ रेक्टर स्केलको प्रलयकारी भूकम्प सँगैको विनाशकारी सुनामीको चपेटामा बीस हजार बढीको ज्यान जानुको साथै अझै कैयौं हराइरहेका छन् ।
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|