Nepali News
Search Search by Search in
ताप्लेजुङमा प्रहरी चौकीबाट हतियार सञ्चार र सेट लुटियो
March 17, 2011, 10:33 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र ४
 ताप्लेजुङ जिल्लाको ढुङ्गेसाघु गाउँ विकास समितिमा बिहीबार साँझ प्रहरीमथि अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणपछि प्रहरीको सात राउण्ड गोली, दुइ थान हतियार, एउटा आवा सेट लुटिएको र हराइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । आक्रमणमा हराएका तीन जना प्रहरी जवान भने राती ११ वजेतिर सम्पर्कमा आएका प्रमुख जिल्ला अधिकारी देवराज ढकालले वताउदै घटनास्थलमा सदरमुकामवाट प्रहरी निरीक्षक गोविन्द वस्नेतको नेतृत्वमा सशस्त्र र जनपथ गरी चार दर्जन प्रहरी राति पठाएको जनाकारी गराएका छन् । आक्रमणवाट प्रहरी जवान सञ्जय नेम्वाङ घाइते भएका छन । 

Last updated on March 17, 2011, 10:33 pm
more
अमेरिकी हतियारमा नेपाली चासोले भारत निराशःविकिलिक्स
March 17, 2011, 10:03 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत्र ४
 माओवादी सशस्त्र विद्रोह दबाउन नेपाल सरकारले राइफलका लागि कहिल्यै आफूलाई अनुरोध नगरेको तथा तात्कालीन समयमा अमेरिकाले दिन लागेको अत्याधुनिक एम १६ राइफललाई नेपालले प्राथमिकता दिएको विषयले भारत निराश बनेको विकिलिक्सले खुलासा गरेको छ । तत्कालीन अमेरिकी दूतावासका उपप्रमुख रोबर्ट के बोग्स्ले २००३ फ्रेबुअरी १४ मा अमेरिकी विदेश मन्त्रालयलाई पठाएको इलेक्ट्रोनिक सूचना अर्थात् केबलमा उक्त कुरा उल्लेख छ ।
ुआधुनिक कम्ब्याट राइफलका लागि नेपालले गरेको अनुरोधलाई तत्काल पूरा हुनुपर्ने प्राथमिकताका रूपमा भारत सरकारजस्तै अमेरिकी सरकारले प्रतिक्रिया दिने कोसिस गरिरहेको छ । नेपालीहरूले आफूलाई आवश्यक पर्ने हतियारका लागि कहिल्यै...

Last updated on March 17, 2011, 10:03 pm
more
संसदमा सभासदहरुकै चर्काचर्की
March 17, 2011, 8:55 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ चैत्र ४
राष्ट्रिय महत्वका विभिन्न विषयमा मन्त्रिपरिषदलाई जवाफदेही बनाउन सदनमा सरकारलाई प्रश्न राख्ने विषयलाई लिएर संसदमा सभासदहरुकै बिहीबार आपसमा चर्काचर्की चल्यो र सभासदरहरु आफैले सवालरजवाफ गरेका गरे ।
माओवादी र कांग्रेस सभासदहरुबीच भएको सवाल जवाफ रोक्न सभामुखले रुलिङ्ग नै गर्नुपरेको थियो । सभामुख सुवास नेम्वाङ्गले संसदको बैठक प्रारम्भ भएको घोषणा गर्न भ्याउँदारनभ्याउँदै प्रमुख विपक्ष कांग्रेसका सभासद्हरुले भटाभट टेबुल ठोके, हात उठाएर बोल्न समय चाहिएको जनाउ दिए । सभामुखले सुन्य समय र विशेष समयको कार्यक्रम रहेको स्मरण गराउँदै नियमित प्रक्रियामै आफ्नो भनाई राखे राम्रो हुने जनाउ दिए । तर प्रतिपक्षले त्यसलाई सहजै मान्ने कुरा...

Last updated on March 17, 2011, 8:55 pm
more
जापानको विकिरणका असर हङकङको नुनमा
March 17, 2011, 8:42 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ चैत्र ४
जापानमा आणविक द्दटी र उर्जा प्लान्टमा भएको विष्फोटबाट निष्किएको विकिरणले एशियाका देशहरुमा समेत असर पार्न थालेको छ । विकिरणको असरहङकङ देखिएको छ ।हङकङमा नुन चिनीभन्दा दोब्बर  बढी मुल्यमा विक्री भइरहेको छ । जापानमा हालै आएको भुकम्प र सुनामी सँगै परमाणु भट्टी विस्फोटनबाट निस्किएको विकिरण फैलिएको प्रमाणित भएपछि यहाँ एकाएक नुनको अभाव भएको हो । नुनमा रहेको आयोडिनले हानिकारक विकिरणबाट जोगाउने हल्लाले सामान्यभन्दा अत्यधिक भण्डारण गर्न थालिएपछि बजारमा आपुर्ति कम भएको हो । विकिरण समुद्रको पानीमा समेत फैलिएकाले अब उत्पादन हुने नुनले स्वास्थ्य विग्राने कुराले समेत अधिकांश त्रसित छन् । यसलै पनि महिनौ दिनलाई पुग्ने नुन एकैपटक खरीद...

Last updated on March 17, 2011, 8:42 pm
more
जबरजस्ती लोला नहान्न प्रहरीको माइकिङ
March 17, 2011, 8:32 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ चैत्र ४
होली पर्व रंगको पर्व होलीको पर्व सबैमाझ आइपुगेको छ । मेलमिलापका लागि खेलिने यो पर्वमा विकृति फैलदै गएको छ । जो कसैलाई पनि बेलुन तथा प्लाष्टिकमा जहाँपायो त्यहीको पानी भरेर हिर्काउने प्रबृत्ति बढिरहदा यसले होली पर्वको साँस्कृतिक र मेलमिलापलाई विकृतितर्फ डोर्याएको छ । होली पर्वलाई मर्यादित र सभ्य बनाउन नेपाल प्रहरीले टोलटोलमा माइकिङ गर्दै लोला नहान्न आग्रह गरेको छ । होलीको पूर्वसन्ध्यामा गरिएको यस्तो आग्रह प्रभावकारी भएको प्रहरीको दाबी छ । प्रहरीले कसैलाई जबरजस्ती नगरी आफन्त, मित्रजन र परिचितबीच मात्र होली मनाउन यस्तो आग्रह गरेको हो । महानगरीय प्रहरी आयुक्त कार्यालयका अनुसार जनसेवा, महाराजगन्ज, चावहिल, बानेश्वर र बालाजु...

Last updated on March 17, 2011, 8:32 pm
more
पत्रकार किशोरलाई पुत्र शोक,प्रधानमन्त्रीद्वारा समवेदना
March 17, 2011, 8:23 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ चैत्र ४
 वरिष्ठ पत्रकारतथा नेपाल पत्रका। महासंघको पूर्व सभापति किशोर नेपालका जेठा छोरा सुरेश नेपालको सडक दुर्घटनामा मृत्यु भएको छ ।। सुरेश नेपालको दःखद निधनमा प्रधानमन्त्री झलनाथ खनालले बिहीबार समवेदना व्यक्तव्य जारी गरी सार्वजनिक यातायातले ठक्कर दिई सुरेशको दुःखद् र असामयिक निधन भएको सुन्दा गहिरो दुःख लागेको बताएका छन् । उनले सुरेशप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजन, इष्टमित्र र शुभचिन्तकहरूमा समवेदना प्रकट गरेका छन् । बुधबार साँझ भएको सवारी दुर्घटनामा उनको छोरा ३६ वर्षीय सुरेशको निधन भएको हो । राजधानीको सिनामंगल सञ्चारग्राम अघिल्तिर पैदल हिँडिरहेका सुरेशलाई एक बसले ठक्कर दिएको थियो ।उनको सिनामंगलस्थित...

Last updated on March 17, 2011, 8:23 pm
more
एमालेका तीन मन्त्रीलाई नयाँ जिम्मेवारी
March 17, 2011, 7:23 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
 प्रधानमन्त्री झलनाथ खनालले बिहीबार साँझ एमालेका तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई वाणिज्य तथा आपूर्ति, ऊर्जा र सिँचाइ, रक्षामन्त्री विष्णु पौडेललाई सामान्य प्रशासन, वन र वातावरण तथा शिक्षा मन्त्री गंगालाल तुलाधारलाई गंगालाल तुलाधारलाई स्थानीय विकास, संस्कृति, संविधानसभा तथा संघीय मामिला र विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी थप गरिएको छ ।
माओवादी र एमालेको आन्तरिक विवादले थप मन्त्री चयन नगर्दा काम प्रभावकारी नभएको गुनासो आएपछि प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालय घटाएका हुन् । प्रधानमन्त्रीले...

Last updated on March 17, 2011, 7:23 am
more
एमालेका तीन मन्त्रीलाई नयाँ जिम्मेवारी
March 17, 2011, 7:11 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
 प्रधानमन्त्री झलनाथ खनालले बिहीबार साँझ एमालेका तीन मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
 प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारीलाई वाणिज्य तथा आपूर्ति, ऊर्जा र सिँचाइ, रक्षामन्त्री विष्णु पौडेललाई सामान्य प्रशासन, वन र वातावरण तथा शिक्षा मन्त्री गंगालाल तुलाधारलाई गंगालाल तुलाधारलाई स्थानीय विकास, संस्कृति, संविधानसभा तथा संघीय मामिला र विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी थप गरिएको छ ।
माओवादी र एमालेको आन्तरिक विवादले थप मन्त्री चयन नगर्दा काम प्रभावकारी नभएको गुनासो आएपछि प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालय घटाएका हुन् । प्रधानमन्त्रीले...

Last updated on March 17, 2011, 7:11 am
more
'गुण्डा' लाई राजनीतिक संरक्षण नदेउः प्रहरी
March 17, 2011, 7:01 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
 गुण्डागर्दीमा संलग्न जो कसैलाई पनि राजनीतिक संरक्षण नदिन प्रहरीले सबै राजनीतिक दलहरुलाई अनुरोध गरेको छ । सिन्धुपाल्चोक गुण्डाहरुको थलो बन्दै गएकोले तिनीहरुलाई कानुनी कारबाहीमा सघाउन प्रहरीले सिन्धुपाल्चोकका राजनीतिक दललाई चेतावनी समेत दिएको छ। प्रहरीको तथ्यांकअनुसार सिन्धुपाल्चोकमा मात्र १ सय २ 'गुण्डा'हरु अपराधिक क्रियाकलापमा संलग्न रहेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको उपस्थितिमा डिएसपी स्थानेश्वर रेग्मीले यहाँका चार ठूला राजनीतिक दलका प्रमुख नेतालाई संयुक्तरुपमा भेटेर गुण्डाहरुको नामावलीसहितको विवरण बुझाएका थिए। एकीकृत माओवादी, कङ्ग्रेस, एमाले र माओवादीलाई गुण्डाहरुको विवरण बुझाइएको छ।

Last updated on March 17, 2011, 7:01 am
more
मधेसवादी नेताहरुको भारतीय विदेशमन्त्रीसँग कानेखुशी
March 17, 2011, 6:51 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
  मधेसवादी मुख्य दलका नेताहरु अहिले भारत भ्रमणमा रहेका छन् ।भारतीय सरकारको निमन्त्रणामा तीनै शीर्ष मधेसवादी नेता बुधवार नयाँ दिल्ली आइपुगेका हुन् । उनीहरुलेले निर्धारित अवधिभित्र संविधान नलेखिए नयाँ संविधानसभाका लागि निर्वाचन गर्नुपर्ने धारणा भारतीय विदेशमनत्रीसँग राखेका छन्। बिहीवार भएको संयुक्त भेटमा भारतीय विदेशमन्त्री एसएम कृष्णाले नेपालमा संविधान निर्माणबारे चासो राखेपछि जवाफमा उनीहरुले यो संविधानसभाबाट संविधान जारी नभए निर्वाचनमा जानुपर्ने धारणा राखेका हुन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्षहरु विजय गच्छदार र महन्थ ठाकुर...

Last updated on March 17, 2011, 6:52 am
more
प्रहरीले पूर्वमन्त्री वाग्लेलाई निवासबाटै पक्रियो
March 17, 2011, 6:41 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
 पूर्वमन्त्री एवं कांग्रेस नेता चिरञ्जीवी वाग्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वाग्लेलाई सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै कैद तथा जरिवाना सजाय सुनाएको १ दिन पछि नै प्रहरीले वाग्लेलाई हिरासतमा लिएको हो ।महानगरीय प्रहरी परिसर कमलपोखरीका प्रहरी निरीक्षक हरि बस्नेत नेतृत्वको विशेष टोलीले वाग्लेलाई उनकै निवास कालोपुलबाट पक्राउ गरी बा ८ च ३५६० नम्बरको सुमो कारमा अदालतका कर्मचारीसहित वाग्लेलाई राखेर काठमाडौं जिल्ला अदालत लगिएको छ । सर्वोच्च अदालतले पूर्वमन्त्री वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद, २ करोड ३ लाख रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो जफत गर्न बुधबार फैसला गरेको थियो ।
यसैबीच पूर्वमन्त्री वाग्ले...

Last updated on March 17, 2011, 6:41 am
more
चल्ने भयो माओवादीको जनसत्ता र जनअदालत
March 17, 2011, 6:33 am, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ,चैत ३
एकीकृत नेकपा (माओवादी) ले फेरि 'जनसत्ता' सञ्चालन गर्ने जनाएको छ। एकीकृत नेकपा (माओवादी) जिल्ला सङ्गठन लमजुङले जानकारी अनुसार जनअदालत पनि निर्माण गरिने र जसले न्याय निसाफका साथै अन्य जनसरोकारका विषयमा काम थाल्नेछ। संविधानसभाको निर्वाचनअघि आफ्नो जनसरकार विघटन गरिने र स्थानीयरूपमा अन्तरिम जनसत्ता निर्माण गर्ने सहमति भएको भए पनि त्यसको पालना हुन नसकेकाले जनतालाई राहत दिन पुनः जनसत्ता सञ्चालन गर्न लागिएको जानकारी माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले बताउदैविकास निर्माण, न्याय निसाफका साथै अन्य जनसरोकारका विषयमा जनसत्ताबाट काम थालिने जनाए। जिल्ला सङ्गठन समितिको बैठकले केन्द्रीय कमिटीको निर्देशनबमोजिम जनसत्ता र...

Last updated on March 17, 2011, 6:33 am
more
राजश्वको ४ सय ६० फर्ममाथि निगरानी
March 16, 2011, 10:22 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत ३
भ्याट बिलमार्फत नक्कली कारोबार गर्ने व्यपारिक फर्महरुमाथि राजश्व अनुसश्न्धान विभागले निगरानी र अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा  २० व्यापारिक फर्मले भ्याट बिलमार्फत नक्कली कारोबार गरिरहेको जनाउदै देशभरका ठूला ४ सय ६०
माथि आन्तरिक राजस्व विभागले थप अनुसन्धान र निगरानी सुरु गरेको छ। विभागले देशभर छरिएका यी फर्महरूको सम्पूर्ण कारोबार हेर्न सम्भव नभएकाले मातहतका आन्तरिक राजस्व कार्यालयहरूलाई अनुसन्धान थाल्न बुधबार निर्देशन दिएको छ।
प्रतिष्ठित व्यापारिक घरानासम्बद्ध २० फर्मले भ्याट बिलमार्फत करिब २ अर्ब रुपैयाँबराबरको नक्कली कारोबार गरेको फेला परेको थियो। साताअघि नै...

Last updated on March 16, 2011, 10:22 pm
more
वाग्लेलाई डेढ वर्ष कैद,तीन पूर्वमन्त्रीहरुको मुद्दा बिचाराधीन
March 16, 2011, 9:58 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र ३
सर्वोच्च अदालतले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद,२ करोड ३ लाख रुपैयाँ जरिवाना र त्यति नै रकम बिगो जफत गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले ९ वर्षदेखि चल्दै आएको मुद्दाको बुधबार अन्तिम टुंगो लगाएको हो ।
अख्तियारले पूर्वमन्त्रीहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, जयप्रसाद गुप्ता तथा रवीन्द्रनाथ शर्मा (हाल स्वर्गीय)लाई पनि भ्रष्टाचारको मुद्दा चलाएको थियो । तर विशेष अदालतले खड्का र गुप्तालाई सफाइ दिएको थियो भने शर्मा र जोशीविरुद्धको मुद्दा हदम्याद नाघेको भन्दै खारेज गरिदिएको थियो । उनीहरू सबैविरुद्धको वादी नेपाल सरकारले...

Last updated on March 16, 2011, 10:00 pm
more
राजाका तस्विर अंकित सबै नोट चल्ने
March 16, 2011, 9:19 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र ३
दिनैपिच्छे आफ्नो निर्णय बदल्दै राष्ट्र बैंकले राजाका तस्विर अंकित सबै नोट चल्ने अन्तिम निर्णय गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै रोक्न निर्देशन दिएपछि बुधबार राष्ट्र बैंकले नोट चल्ने निर्णय गरेको हो।नोट फिर्ता गर्न लगाएर नयाँ छाप्दा कमिसन खान लागेको भन्दै नारायण दाहाल दिएको उजुरी आधारमा बुधबार अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। स्पष्टीकरण दिन राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी, प्रवक्त भास्करमणी ज्ञवाली र नोट विभागका कर्मचारी गएका थिए।स्पष्टीकरण दिने क्रममा राष्ट्र बैंकका अधिकारीले...

Last updated on March 16, 2011, 9:19 pm
more
पारसले हिमानीको साँचो खोसे
March 16, 2011, 9:06 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र ३

...
Last updated on March 16, 2011, 10:25 pm
more
सशस्त्र प्रहरीबाट हराएको अर्को हतियार बरामद
March 16, 2011, 9:01 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौ, चैत्र ३
सशस्त्र प्रहरीबाट हराएको थप अर्को हतियार  चोरी गिरोहबाट प्रहरीले बरामद गरेको छ । कास्की लामपाटन स्थित सशस्त्र प्रहरी बल तालिम महाविद्यालयबाट हराएको हतियार मध्ये  २२०४७९३ नम्बरको ७७ टाइप चाइनिज पेस्तोल  र  सात राउन्ड लोड अवस्थामा रहेको पेस्तोल सहित  मालेपाटनका ३१ वर्षिय आनन्द केसी पक्राउ परेका हुन् ।लागुऔषध कारोबार र सेवनकर्ता समेत रहेका  केसीलाई प्रहरी निरीक्षक रविन्द्र गुरुङको कमाण्डमा खटिएको टोलीले घरबाट पक्राउ गरेको बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस अघि पक्राउ परेका सशस्त्रका भगौडा प्रहरी कुबेर पुनले नै उनलाई ४० हजारमा उक्त पेस्तोल बिक्री गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक...

Last updated on March 16, 2011, 9:01 pm
more
माओवादी जेठ १४ भित्र संविधान बनाउने पक्षमा छैनः ओली
March 16, 2011, 11:14 am, Filed under Nepali News

नेपालगञ्ज, चैत २/नेकपा एमाले स्थायी समिति सदस्य केपी शर्मा ओलीले  माओवादी जेठ १४ भित्र संविधान जारी नगर्ने पक्ष रहेको दावी गरेका छन् । नेपालगञ्जमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीलाई नीति परिवर्तन गर्न आग्रह गरे । उनले गृहमन्त्रालयमा माओवादीले दावी गर्नु गलत भएको समेत बताए ।

माओवादी रुपान्तरण हुनु र शान्ति प्रकृया टुग्याउनुअघि गृह मन्त्रालयको दावी गर्नु उचित नभएको उनको भनाइ थियो ।

Last updated on March 16, 2011, 11:14 am
more
पूर्वमन्त्री चिरञ्जिवी वाग्लेलाई जेलसजाय
March 16, 2011, 11:13 am, Filed under Nepali News

 

काठमाडौं, चैत २,

भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चिरञ्जिवी वाग्लेलाई ठूलो राशीको विगोसहित साढे एक वर्ष जेल सजायको फैसला सुनाएको छ । 
 
प्रधान न्यायाधिस रामप्रसाद श्रेष्ठ र वरिष्ठ न्यायाधिस खिलराज रेग्मीको इजलासले बुधबार यस्तो फैसला सुनाएको हो । फैसलामा साढे एक वर्ष जेल र २ करोड ३ लाख विगो तोकिएको छ । 
 

 

Last updated on March 16, 2011, 11:13 am
more
लोडसेडिङले सुपरमार्केटका सञ्चालक मास्केको ज्यान लियो
March 15, 2011, 10:25 pm, Filed under Nepali News

नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं, चैत २
 लोडसेडिङको अध्यारोमा झुक्किएर सिसाको ढोकामा ठोक्किदा जेमिनी सुपरमार्केटका सञ्चालक ४५ वर्षीय जगदिश मास्केको ज्यान गएको छ। सोमबार बेलुका आठ बजे लोडसेडिङको समय सकिएपछि बत्ति बाल्न स्विच अन गर्न हिँडेका उनी सुपरमार्केटमा रहेको सिसाको ढोकामा ढोक्किएर गम्भीर घाइते भएका थिए।
ढोकाको सिसाले देब्रे पेट काटिएका उनलाई श्रीमती सबिना र सुपरमार्केटका कर्मचारीले उपचारका लागि ओम अस्पताल पुर्‍याए पनि तिब्र रक्तश्रावका कारण उनको मृत्यु भएको थियो। मास्केका परिवारले ुदुर्घटनाका कारण मृत्यु भएकोु जाहेरी दिएर मंगलबार दाहसंस्कार गरेका छन्।
मास्केका परिवारको जाहेरी अनुसार लोडसिङको समयमा जेनेरेटर चलाएर सुपरमार्केटका केही स्थानमा...

Last updated on March 16, 2011, 12:13 am
more
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10  |  11  |  12  |  13  |  14  |  15  |  16  |  17  |  18  |  19  |  20 [ Next ] [ Last ]

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More