|
|
Interviews
युवराज ज्ञवाली, एमाले नेता
August 5, 2010, 2:55 am

पटपटक निर्वाचन गर्दा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि राजनीतिक अन्योल बढेको छ । निकास निकाल्ने बाटो के हुनसक्छ । प्रम चुनावमा तटस्थ बसेको नेकपा एमाले का नेता युवराज ज्ञवालीस“गको कुराकानी ।
प्रधानमन्त्रीको लागि मतदान कति पटक हुने हो?
पटकपटक भोटिङ गर्ने, पटकपटक हार्ने, गजबको ठट्टा भएको छ ।
तपाईहरुले भोट किन नदिएको?
प्रधानमन्त्री बनाएर मात्रै देशको समस्या समाधान हुन्न । अन्तरिम संविधान आएपछि दुइपटक सरकार बने, संविधानसभाको म्याद थपिसकेपछि पनि दश महिना मात्र बा“की छ । तर कुरा सरकार बनाउने र फर्ेर्नेमा सीमित भएको छ ।
आफ्नै दलको नेता प्रधानमन्त्री भएका बेलामा राजिनामा माग्ने तपाईहरु नै हो नि?
संविधानसभा भनेको नेपाली जनताले ६० वर्षो संर्घष्ापछि प्राप्त महत्वपर्ूण्ा उपलब्धि हो । यस्तो अवस्थामा प्रधानमन्त्री को बन्ने भन्ने कुरामा हामी केन्द्रित भयौं । सबैभन्दा ठुलो गल्ती त्यही हो । त्यसैले सहमति नगरी पार लाग्दैन ।
सरकार अलग्गै, संविधानको प्रक्रिया अलग्गै गरेको भए कसो हुन्थ्यो?
एक तरिकाले यो कुरा ठीकै हो । तर सरकार सहमतिको महत्वपर्ूण्ा मोर्चा हो । किनभने सरकार बनाउने कुरामा दलहरु एक ठाउ“मा आए भने संविधान बनाउने कुरामा पनि बाटो खुल्छ । नेपालको राजनीति जता जान्छ संविधानसभाको परिणाम पनि त्यस्तै निस्कन्छ ।
प्रचण्डको नेतृत्वमा सरकार हुदा लगभग दुइ तिहाई बहुमत थियो, त्यतिबेला पनि तपाईहरुको एजेण्डा विरोधभाषपर्ूण्ा अर्थात, सरकारमा माओवादीसग बस्ने, एजेण्डा का“ग्रेसस“ग मिल्ने थियो, होइन र?
त्यतिबेल काग्रेस सरकारबाहिर थियो । काग्रेसविना संविधान बन्न सक्दैन भन्न ठानेर हामीले काग्रेसलाई सरकारमा ल्याउन निकै प्रयास गर्यौं । तर का“ग्रेसले माओवादीको नेतृत्वमा सरकारमा नजाने बतायो । काग्रेसलाई बाहिर राख्नु नै गल्ती थियो ।
बहुमतको सरकार बनाउने क्रममा अहिले पनि अवस्था त त्यही छैन र?
त्यही भएर बहुमतीय भन्दा पनि सहमतिय लक्ष्य हाम्रो हुनर्ुपर्छ भनेर भनेका हौं । त्यसैले सहमतिका आधारमा प्रधानमन्त्री बनाउन सकेको भए सबैभन्दा उपयुक्त हुन्थ्यो । तर समयको कारणले त्यो सम्भव भएन ।
दुइचोटि म्याद थपिसक्दा पनि समय भएन भन्न मिल्ला ?
सहमति नभएको दलहरुको कारण पनि हो । सबै दलबीच सहमति बन्न नसकेको अवस्थामा हामीले दर्ुइ तिहाइको प्रावधान राखेका हौं । झलनाथ खनाललाई दर्ुइ तिहाई जुटेको भए काग्रेस पनि सामेल हुन्थ्यो ।
खनालको उम्मेदवारी फिर्ता लिनु ठीक थियो कि थिएन?
दर्ुइ तिहाईबाट सुरु गर्नुपर्छ भन्ने पार्टर्ीीे निर्ण्र्ााथियो । किनकि सहमतिका लागि यो बलियो आधार हुने थियो । यो प्रस्ताव केन्द्रीय कमिटिले गरेको हो ।
पार्टर्ीीध्यक्षलाई प्रधानमन्त्री बन्नबाट रोक्न दर्ुइ तिहाईको प्रावधान राखियो भन्ने पनि छन् के भन्नुहुन्छ?
बहुमतीय सरकारमा जा“दा फेरि असफल भइन्छ भनेर नै केन्द्रीय कमिटिले सो निर्ण्र्ाागरेको हो । कुनै पक्षले अध्यक्षलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि होइन ।
सो निर्ण्र्ााप्रक्रिया अध्यक्ष खनालका लागि स्वीकार्य थियो कि थिएन?
सहमति थियो । तर संसदमा चुनावमा गइसकेको अवस्थामा ३९१ मत प्राप्त थियो भने उम्मेदवारी फिर्ता नलिएको भए ४०१ पुग्ने सम्भावना प्रबल थियो । पार्टर्ीीे निर्ण्र्ाा४०१ भएको हुनाले सोहीअनुसार उम्मेदवारी फिर्ता भएको हो ।
अब प्रधानमन्त्री चयन गर्ने उपाय के होला ?
पटकपटक प्रधानमन्त्री उम्मेदवार असफल भएको अवस्थामा बहुमतको सरकार गठन भइहालेको अवस्थामा पनि समस्याको समाधान हुदैन । त्यसैले प्रचण्ड र रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएर सहमतितर्फजानर्ुपर्छ । संविधानसभाको म्याद थप्न सकिन्छ भने नियमावली संशोधन गरेर उम्मेदवारी फिर्ता गर्न किन सकिन्न ।
नियमभन्दा पनि दलहरुबीच सहमति नहुनु ठुलो कुरा होइन र?
हो, तरपनि असहमति त भएकै हो नि । फेरि प्रयास गर्ने हो ।
दल उनै हुन्, एजेण्डा उनै हुन्, त्यस्तो अवस्थामा फेरि सहमति होला कसरी भन्ने?
कुनैबेला युद्ध चलिरहेको थियो, नेता तिनै थिए दल तिनै थिए । १२ बुदे सहमति गर्ने, गणतन्त्र ल्याउने नेताहरु पनि तिनै हुन् । संविधानसभाको निर्वाचन गर्ने पनि तिनै हुन् । पार्टर्ीीनेताहरुल गल्ती पनि गरेका छन्, महत्वपर्ूण्ा उपलब्धि पनि हासिल गरेका छन् । अहिलेको अवस्था भनेको हात्ती छिर्यो, पुच्छर अड्क्यो हो । ब्यारेकमा आक्रमण गर्ने माओवादी र गणतन्त्रमा नजाने का“ग्रेस पनि सहमतिमा आएकै हुन् । बालीनाली रोप्ने, हर्ुकाउने काम भयो तर स्याहार्ने बेलामा झगडा भइरहेको जस्तो भएको छ अहिले । उपलब्धि लिने कुरामा नै विवाद भएको हो ।
समाधान के होला त?
एकथरी का“ग्रेसलाई बाहिर राखेर अगाडि बढ्ने चिन्तन राख्छ भने अर्को माओवादीलाई बाहिर राख्न चाहन्छ । माओवादीलाई क्रस गर्न खोज्नेलाई संविधान बन्ने वा नबन्नेसित सम्बन्ध छैन । मुख्य बाधक यो हो । यसलाई त्याग्नु जरुरी छ ।
सबै पक्षलाई मिलाउन कसरी सकिन्छ?
हाम्रो कल्पनै गर्न नसकिने मिलन पनि भएको छ । त्यसबाट शिक्षा लिएर हामी फेरि मिल्नर्ैपर्छ । जब काग्रेस र कम्युनिष्ट लडे पञ्चायत रहिरह्यो । जब उनीहरु मिले पञ्चायत पनि गयो । त्यसैले तीनओटा शक्ति मिल्न अहिले पनि सम्भव छ । हिजो हामी गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा एकैठाउ“मा थियौं । आज किन हुन नसक्ने । गिरिजाप्रसादजस्तै आज पनि कोही निस्कन पर्यो । सबैभन्दा पहिले उम्मेदवारी फिर्ता लिएर वार्तामा बस्नर्ुपर्छ । र साझा व्यक्ति चुन्न सक्नर्ुपर्छ । सुवास नेम्वाङ, नीलाम्बर आचार्य वा अरु कसैलाई साझा व्यक्तिका रुपमा छान्न सकिन्छ । कसैलाई आउन नदिने, सिध्याउनैपर्ने जस्ता चिन्तन रहेको कारणले समस्या उत्पन्न भएको हो । राष्ट्र र जनताको भविष्यमाथि खेलवाड गर्न भएन । - By Mahendra Rayamajhi
NepalHorizons.com
|
|