Interviews
संविधानविद भीमार्जुन आचार्यसगको वार्तालाप
June 3, 2010, 5:50 pm


दर्इ वर्षा नबनेको संविधानसभाले एक वर्षम्याद थपेपछि बनाउला कि नबनाउला भन्ने चर्चा अहिलेको सबैभन्दा जल्दोबल्दो बहस हो । जेठ चौधपछि अर्को वर्षो जेठ चौधमा नेपालमा के हुन्छ भन्नेमा धेरैको चासो छ । प्रस्तुत छ संविधानविद भीमार्जुन आचार्यस“गको वार्तालाप ।

जेठ चौधमा समय नथपिएको भए के हुन्थ्यो ?

संविधानसभाको म्याद नथपिएको अवस्थामा संविधानसभाको वैधता समाप्त हुन्थ्यो । अन्तरिम संविधानअनुसार राज्यका अन्य अंग भने यथावत रहन्थे । अन्तरिम संविधानले व्यवस्था गरेको

संविधानसभा र राज्यका अन्य निकायको हैसियत कसरी फरक हुन्छ ?

यो मुलुकमा संविधानसभा गठन हुनुभन्दा अघि पनि राज्य भन्ने त थियो । संविधानसभाभन्दा अघि सरकार पनि थियो । मैले अहिलेको वा कुनैबेलाको सरकारको आलोचना गर्न खोजेको होइन । राज्यको परिकल्पना गर्दा सरकारको रिक्तता परिकल्पना गरिएको हुन्न । बरु संविधानसभा नरहेको अवस्थामा सरकार भने कामचलाउ हुन्थ्यो ।

यो सरकार अगाडि बढ्ने आधार के हो ?

अन्तरिम संविधान रहने भएकोले यो सरकारको निरन्तरता हुन्छ ।

यसअघि विभिन्न खालका शासनव्यवस्था हामीले देख्यौं, अब पनि त्यस्तै नहोला भन्न कसरी सकिन्छ?

- त्यतिबेला -शेरबहादुर देउवा प्रम छ“दा) संसद बिघटन भएपनि राज्यका अन्य निकाय त थिए नि । आगामी दिनमा विधिसम्मत भएन भने हामीले प्रश्न गर्न सक्छौं । तर राज्यबिहिनताको जाओस् भनेर भन्दैनौं नि त । प्रजातन्त्र आएपछि पनि गठन भएका आधा दर्जन बढी सरकारमध्ये केहीको आलोचना गर्न सकिन्थ्यो । संविधानको न्युनतम पनि आधार नमानेको भन्ने कमै पाइन्छ ।

यो सरकारले पाउने मान्यता के हो अब?

यो त यही संविधानमै छ । यो संविधानको खास धारा अर्न्तर्गत गठन भएको यो सरकार हो । सरकारको अवस्था भने परिवर्तन भएको मान्नर्ुपर्छ ।

संविधानले के भनेको छ भने जेठ चौधभित्र नया“ संविधान ल्याउनर्ुपर्छ, त्ययो नया“ संविधानअनुसार मुलुकको राज्यप्रशासन अघि बढ्छ भन्ने गरेको पाइन्छ, के हो ?

संविधान नआएको अवस्थामा मुलुक अगाडि जान सक्दैन भन्नु गलत हो । संसारमा यस्ता धेरै उदाहरण छन्, पाकिस्तानमा सन् १९४७ मा संविधानसभा गठन भो, बिघटन भो, फेरि पर्ुनस्थापन भो, फेरि बिघटन भो गर्दैगर्दै १९५८ सम्म यो प्रक्रिया जारी रह्यो । केन्याको पनि उदाहरण लिन सकिन्छ यो मामिलामा ।

के त्यसो भए, संविधानसभा नरहेको रिक्ततापनमा अनेक खालका सरकार भने बन्न सक्ने हुन् ?

अहिलेको अन्तरिम संविधानमा सरकार गठन हुनसक्ने दुइटामात्रै आधार छ । एउटा, सहमतिय आधारमा, अनि अर्को बहुमतीय प्रणालीका आधारमा । संविधानसभाको म्याद थपिएपछि भने अहिले पनि सरकार गठनका लागि दुइटै विकल्प खुला छन् । तर संविधानसभाको म्याद थप्न संविधान संशोधन गरिएको प्रक्रिया भने गलत छ ।

राष्ट्रपतिको अवस्था अहिलेको अवस्थामा कस्तो हो?

संविधानअनुसार सरकार, राज्य यथावत रहेजस्तै राष्ट्रपति पनि यथावत नै छन् ।

विशेष शासकीय आधार भनेको के हो ?

विशेष शासकीय आधार संविधानमा केही पनि छैन । निकै निकै साधारण छ । संविधानसभा नरहेको अवस्थामा पनि अन्तरिम संविधानअनुसार पनि सरकार रहन्थ्यो । पहिलेका राजा महाराजाले भनेजस्तै अन्तरनिहित शासन अधिकार भन्ने अहिले छैन । लोकतन्त्रमा विशेष शासकीय आधार कतै पनि हुन्न ।

माओवादीले जारी गरेको जनसंविधानको वैधता के हुन्छ?

कानुनको विद्यार्थी भएको नाताले राज्यको विधिभन्दा बाहिरबाट घोषणा गरिएको संविधानको कुनै अर्थ हुन्न । चाहे जोसुकैले संविधान घोषणा गरुन् । वैधता रहन्छ भन्ने हो भने यो देशमा सयौं संगठन, संस्था छन्, तिनले पनि आफ्नै संविधान घोषणा गरे भइहाल्यो नि । दबाबका लागि हो भने त्यो छुट्टै कुरा हो । बरु विडम्बना के भएको छ भने दलहरुले सुरुदेखि नै आफ्नो दलको म्यानिफेस्टोलाई संविधानको रुपमा व्याख्या गरे । यो मुलुकको सबैभन्दा ठुलो दुःख त्यही हुन गयो । संसारको कुनैपनि ठाउ“मा दलहरुको घोषणापत्र संविधान बन्दैन, संविधान भनेको नागरिकहरुको फेथ अफ आर्ट हो । यो गल्ती सबै दलले गरे, अब अहिले प्रतिपक्षीले दोहोर्‍याउने काम गरिरहेको छ ।

तपाईंको भनाईमा यो संविधानसभाले काम गर्न नसकेको अवस्थामा यसको वैधता समाप्त भइसक्यो, अबको विकल्प के हो?

आवधिक निर्वाचन । संविधानमा आवधिक निर्वाचनको कुरा छैन भन्ने विषयमा भन्न हो भने निर्वाचन कार्यपालिकाको विषय हो । त्यसैले आवधिक निर्वाचनको विषय संविधानमा उल्लेख हुनर्ैपर्छ भन्ने छैन ।

संविधानमै नभएको कुरालाई कार्यपालिकाको अधिकार भनेर कसरी भन्ने ?

यो त सिद्धान्त हो नि । यसलाई संविधानमै राख्नपर्छ भन्ने छैन । संसारमा २ सय भन्दा बढी देश छन् । जहा“ कैयौंपटक संसद बिघटन हुन्छन्, ती बिघटन हु“दा त संविधानमै उल्लेख गरेर हुन्नन् नि त ।

प्रत्यक्ष शासन सम्हाल्ने राजाको मन्त्रिपरिषदले गरेको निर्वाचन र हालको सरकारले गरेको निर्वाचन कसरी फरक होला त?

यो सरकारले बाटो छोडेर नया“ सरकारले मिति तोकेर गर्नुपर्छ । किनभने यो सरकार समयमै संविधान बनाउन त असफल भयो । त्यसैले निर्वाचित संसदबाट संविधान अनुमोदित गराइदिन सकिन्छ ।

सेना समायोजन, शासकीय स्वरुपका विवाद नभइकन नया“ निर्वाचनमा कसरी जान सकिन्छ ?

यी मुद्दा समाधान गरेर मात्र जान सकिन्छ । समयमै गर्न सकिएन भने समय बढाउ“दा हुन्छ । गर्ने के त - काम गर्न नसक्ने संविधानसभा किन पाल्ने - यो संविधानसभाको भार प्रतिमहिना १५ देखि २० करोड रुपैया“ छ । जानीजानी गल्ती भएको छ ।

संविधानसभाका सबै प्रतिनिधिलाई एउटै भन्न सकिन्छ होला त ?

मैले विधि र विधानको कुरा गर्दा निकै यान्त्रिक भएको छैन । विधि र नियम नमान्ने हो भने त मुलुक कसरी अगाडि बढ्न सक्ला । त्यो त अराजकताको पराकाष्टा भइहाल्छ । सभासदहरुले, दलहरुले काम गर्दागर्दै नभ्याएर पनि होइन । यो त जानाजान भएको छ ।

संविधानसभा असफल बनाउन विदेशीहरुको हात रहेको हो जस्तो लाग्छ कि लाग्दैन?

यो पक्ष पनि अत्यन्त जिम्मेवार छ । हुन त विदेशीहरुलाई आरोप लगाएर स्वेदशीहरुको अर्कमण्यतालाई उन्मक्ति दिन मिल्दैन । किनभने विदेशीहरुले भनेको कुरा गर्ने नगर्ने भन्ने आफुमा भर पर्ने कुरा हो । नेपालमा द्धन्द्ध चर्काउन खोजेको असली कुरा हो । संविधानसभा र द्धन्द्धलाई नेपालमा उद्योगको रुपमा स्थापित गर्ने प्रयत्न पनि भइरहेको छ । विदेशीहरुस“ग मुख नमिलाएको भए दर्ुइ वर्षभ संविधान बनाउन गाह्रो थिएन । कतिपय मुद्दामा विवाद भएको भन्ने त नाटकको कुरा हो । जस्तासुकै असहमतिलाई टुंग्याउन सकिन्छ भन्ने त उपराष्ट्रपतिको शपथ विवादलाई एकैरातमा टुंग्याएकोलाई लिन सकिन्छ । संविधानबमोजिम गर्नै नहुने कुरालाई एकैपटकमा मिलाउनुभयो उहा“हरुले । संसदवादी र माओवादी पनि एकै आएको कारण सत्ताको कारण हो । जानीबुझी विमति सिर्जना गरिएको छ । कसैको इशारामा यस्तो भएको छ । एक पक्षले जितेमा मुलुक भुटानीकरण बन्छ, अर्को पक्षले जितेमा यो मुलुक भुटानीकरण बन्छ ।

By Mahendra Rayamajhi
NepalHorizons.com
Bookmark    View Interview Archives

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More