|
|
Interviews
उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल
February 23, 2010, 8:57 pm

उपेन्द्र यादव, अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल । तीन दलले बनाएको राजनीतिक संयन्त्रको बारेमा धेरै कुरा भएपनि यसले के गर्यो भन्नेमा अझै सोच्नुपर्ने अवस्था छ । विभिन्न दलले संयन्त्रबारे असन्तुष्टि पनि जनाएका छन् । फोरम पनि एउटा यस्तै दल हो, जसले संयन्त्रको औचित्य देखेको छैन । फोरमका अध्यक्ष उपेन्द्र यादवस“ग लिइएको अन्तरवार्ता ।
उच्चरस्तरीय संयन्त्र के को लागि बनेको होला?
संयन्त्र नभएर यो उच्चस्तरीय राजनीतिक षडयन्त्र हो । किनभने यसमा अपारदर्शिता छ ।
अपारदर्शी कसरी भयो ?
संयन्त्र बनाउनुअघि संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुस“ग छलफल गरेर त्यसको क्षेत्राधिकार, आचारसंहिता, यसको वैधानिकता तोक्नुपथ्र्यो, तर त्यो हुन सकेन । साथै सरकारस“ग यसको समन्वय कसरी हुने भन्ने सम्बन्धमा पनि स्पष्ट हुनुपर्नेमा हुन सकेन । अझ मधेश आन्दोलनको ठुलो शक्तिलाई पनि संयन्त्रभन्दा बाहिर राखेपछि यसलाई र्समर्थन गर्न सकिन्न ।
तपाईले अहिले भन्नुभएका कुरा कार्यदलले बनाइरहेको छ त?
- कार्यदलको लागि पनि त सहमति हुनुपथ्र्यो, त्यो पनि नभएको अवस्था छ ।
संयन्त्रमा जानको लागि कुनै प्रस्ताव आएको छ?
- आएको छैन । आयो भने धेरै कुरा स्पष्ट हुनर्ुपर्छ ।
संयन्त्रमा जानको लागि आफुभित्र कुनै कमजोरी देख्नुभएको छ कि छैन? - होइन, मानिस भएपछि कमजोरी हुनु त स्वभाविक नै हो । मभित्र के कमजोरी छ भन्ने मैले नभएर अरुले भन्नुपर्ने कुरा हो ।
ठुला दलले मधेशी दललाई उपयोग गरे भन्नुहुन्छ, उपयोग हुनु पनि त कमजोरी हो, होइन र?
हामीलाई प्रयोग गर्न खोजेकै हुन् तर उनीहरुले विभाजन गराएर गरेका छन् । सत्ताका लागि हामीले कहिल्यै पनि लोभ गरेनौं, बरु मधेशी जनताको अधिकारका लागि लडिरह्यौं । अहिले पनि त्यही भएको छ । मानवभित्र रहने केही चरित्रले प्रयोग भइदिन बाध्य बनाइदिएर समस्या उत्पन्न भएको छ ।
सत्ताका लागि मधेशी दललाई फुटाउन सजिलो छ भन्छन्?
सजिलो गाह्रोको कुरा होइन, का“ग्रेस किन फुट्यो । यतिमात्र होइन फुट्दै नफुटेको पार्टर्ीीलाई देखाउनुस् । उदाहरणका लागि २००७ साल यता बनेका कुनैपनि सरकारले आफ्नो कार्यकाल पुरा गरेको इतिहास छैन । जसको असर राजनीतिक र आर्थिक विकासमा लगातार परिरहेको छ । फोरम फुटेको छैन । चुनावका बेलामा आएका केही व्यक्ति जसको फोरममा इतिहास नै छैन, त्यस्ता व्यक्ति गएका मात्रै हुन् । बोक्रा उप्केर गएका मात्रै हुन् ।
अहिलेको सत्ता गठबन्धन कस्तो लाग्छ?
यो अपवित्र तथा नीतिविहिन गठबन्धन हो । यो सरकारस“ग साझा एजेण्डा, लक्ष्य छैन ।
तपाईले अरुको कुरा त गर्नुभयो, तर फोरमभित्र पनि सबै पार्टर्ीी मान्छे मसला झैं आएका छन् नि?
मधेशलाई अधिकारसम्पन्न बनाउने विषयमा सबैमा एकमत थियो । अहिले आएर पनि फोरम राजनीतिक शक्तिको रुपमा उदय भएको छ ।
के अब अर्को सरकार बन्छ - कस्को नेतृत्वमा?
त्यो कुरा टुंगो लाग्ने बित्तिकै बनिहाल्छ । म भारत भ्रमणमा गएर आएपछि भारतले भने अहिलेकै सरकारको निरन्तरता चाहेको छ । तर अहिलेकै तरिकाले देश चल्दैन भन्ने भारतले बुझिसकेको छ ।
भारतले तपाईंलाई के भन्यो?
उसले फोरम सरकारमा जाओस् भन्ने नै चाहेको छ । तर सरकारमा को जाने भन्ने पार्टर्ीी निर्ण्र्ाागर्ने कुरा हो । फोरमलाई सरकारमा लैजाने विषयमा का“ग्रेस, तमलोपा, एमाले लगायतका दलका मुख्य नेताले फोरम फुटाउने षडयन्त्र गरेपछि पार्टर्ीीmुटेको हो ।
फोरममा विवाद सिद्धान्तको बाहेक अरु केको हो?
चरित्रको पनि हो ।
तपाईलाई माओवादी परस्त बनेको आरोप छ, के भन्नुहुन्छ?
माओवादी र फोरमको सिद्धान्त फरक हो । मान्छेको अनुहारै मन नपरेपछि जे भनेपनि भइगयो । हामी यो सरकारको खेलमा छैनौं । विगतमा भएका सहमति कार्यान्वयन गर्ने, जनतालाई अधिकारसम्पन्न बनाउने अभियानका साथ हामी अगाडि बढेका छौं । हामी अहिले सरकारमा जान्नौं, प्रतिपक्षमा नै बस्छौं ।
मधेश आन्दोलनअगाडि तपाईं चर्चामा कहिल्यै आउनुभएन, किन होला?
- मधेश आन्दोलन पनि भएको थिएन, त्यसअघि । एउटै व्यक्ति संसारमा सधैभरि चर्चित भएको उदाहरण छैन, म पनि त्यस्तै हो । तर उपेन्द्र यादवलाई समाप्त पार्ने खेल त खेलेकै हुन् । हामी भने फोहोरी खेल खेल्न चाहेनौं । मेरो पृष्ठभुमि कम्युनिष्ट हो, तर उत्पीडित मधेशी समुदायको उत्थानका लागि मैले कम्युनिष्ट सदस्यता त्यागेको हु“ ।
मधेश आन्दोलनपछि जनताले के पाए?
संसदमा जनजाति, दलित, महिला, मधेशी समुदायको समानुपातिक उपस्थितिमा सुधार भएको छ । हाम्रो पार्टर्ीीबैभन्दा बढी समावेशी छ ।
फोरममा केन्द्रीय कमिटि कति समावेशी छ?
समावेशी छ, अरु पार्टर्ीीदा धेरै ।
यादव मात्रै धेरै छन् रे?
मधेशी समुदायका जो भएपनि उनीहरु पछाडि परेका समुदाय नै हुन् त्यसैले यो पार्टर्ीीmनै समावेशी छ । - By Mahendra Rayamajhi
NepalHorizons.com
|
|