Blog Detail

February 14, 2010 5:10 am
सुनिएको र देखेको प्रणय दिवसको रमझम

महेन्द्र रायमाझी -

फेब्रुअरी महिना सुरु भएको एक हप्ता बितेपछि नै इसिएस मेडिया पब्लिकेशनले ठुलै अक्षरमा 'अन्त्यसम्म' शीर्षकमा गुलाबको रातो फुल ठुलो तस्वीरमा छापिसकेको थियो, पत्रिका किन्न गुलाब नै पर्याप्त हो कि भनेजस्तो गरी । कुरा त्यसो होइन, कुरा भ्यालेन्टाइन डे फेबु्रअरी १४ नजिकिंदै आफ्नो आवरण कथा नै बनाएको हो । यही त छ, नेपालमा पनि अहिले सबैलाई सम्झाइरहने दिवसको अवसर ।

तर शहर र गाउँको प्रणय दिवसको चक्र हेर्ने हो भने बिछट्टै फरक । शहरमा गिफ्ट शपहरुमा केटा तथा केटीहरुको भीड नै । ग्रामीण भेगमा त्यसो छैन भन्न खोजेको चाहिं होइन । फरक, त्यो भन्दा फरक । इन्टरनेटका सामाजिक सञ्जाल, मोबाइल फोन, अनि ठुलो आवाज निकाल्ने गाडीमै आएर भेट्ने नै किन नहोस् अलिक फरक शैली, गाउँको तुलनामा ।

निकै फस्टाएको भनिएको एफएम रेडियोमै भएपनि प्रणय दिवसको शुभकामना नदिने कमै भेटिन्छन् । यो देखिएको खासगरी लुम्बिनी अञ्चल अन्तर्गतका जिल्लाहरुमा हो । जहाँ आम सञ्चारका माध्यमका रुपमा रेडियो नै आम रुपमा प्रयोग भएको पाइन्छ । हुनसक्छ, प्रणय दिवसमा रातो फुल आदानप्रदान गर्ने आँट गर्ने कमै होलान्, आँट गर्ने पनि होलान् तर त्यो देख्न निकै गाह्रो ।

रेडियोबाट फुकेरै भएपनि कामना गर्ने भने देखिए । यस्ले के पनि देखाएको छ भने शताब्दीऔं अघि युरोपमा सुरु भएको संस्कृतिले नेपालका शहरदेखि ग्रामीण भेगसम्म पनि छोएको छ । ३६५ दिनमा करीब त्यति नै चाडपर्व भएपनि तिनलाई अंगीकार गर्दागर्दै यसरी पश्चिमा शैली पछ्याएको देख्दा लाग्छ कि समाज नै हाइबि्रड हुन थालेको छ । त्यसो त यहाँ भुमण्डलीकरणको प्रभाव परेको छैन भनेर कसरी आँकलन गर्न पो सकिन्छ र ।

कहिल्यै नटुंगिने यसको खास विश्लेषण त बौद्धिक जगतमा एकातिर छँदैछ, त्यसअनुसार यी दिवसलाई अंगीकार गर्ने समुदाय भने बढेकै छन् । के बैंकिङ क्षेत्र, विद्यार्थी त हुँदै भए, त्यो भन्दा पनि नातिनातिना खेलाउने उमेर भइसकेका उमेर समुहका मानिस पनि भ्यालेन्टाइनलाई आफ्नो शब्दकोशमा राख्न थालिसकेका छन् । यही त होला प्रणय दिवसको रमाइलो पक्ष । त्यसो त यसलाई समाजको रुपान्तरण पनि त भन्न सकिएला यसलाई । तस्वीरमा, प्रेमविवाह गरेपछि आफ्नी श्रीमतीका साथ काँग्रेस नेता गगन थापा ।

Filed under:  Fun ( 32 ) - 
+Comments ( 1 )
 
qfsmiqfhliu   (July 17, 2010, 2:25 am)
dKHj2q rafcogotouda, [url=http://wgunjofetpar.com/]wgunjofetpar[/url], [link=http://yjkfbuadmwtc.com/]yjkfbuadmwtc[/link], http://jcjqaigfxsuw.com/
Reply to this
Replied by:valium (March 21, 2012, 2:01 pm)
http://www.shopdiazepamfast.com/ - purchase valium 10mg order valium online no prescription valium buy buy valium no prescription http://www.shopdiazepamfast.com/
Replied by:itbwwwuus (March 18, 2012, 9:19 am)
pCY9Of oumknjuzwvse, [url=http://guibqzcfvmay.com/]guibqzcfvmay[/url], [link=http://mbvjdrjnavmg.com/]mbvjdrjnavmg[/link], http://kezvzsgilwhi.com/

*Full Name

*Email Address
  [We respect your privacy]
*Leave Comment

 

Enter character above
  
 I accept term of use  

 

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More