Blog Detail

February 13, 2010 8:49 am
पश्चिम पहाडमा सुरु हुने नयाँ शैली

महेन्द्र रायमाझी -

शिवरात्रीको ह्याङले धेरैलाई छाडेको थिएन होला । त्यही भएर होला, बुटवलमा शिवरात्रीको अर्को दिन सुनसान, बिहानै । नजिकै सिद्धबाबा मन्दिर, बजारमा मन्दिरको कमी नभएको अनि धर्मकर्ममा बढी विश्वास गर्ने समुदाय भएको ठाउँमा कम्तीमा पुजाआजा गरेर भएपनि रमाइलो गर्ने त भइ नै हाल्यो । कसो कसो बिहान साढे पाँच बजे गुल्मीतर्फ लाग्ने भनिएको गाडी पौने छ मा हिँड्छ ।

होइन, एकातर्फ बिहानै, अर्कोतर्फ चाडबाडको समय यात्रु पनि जम्मा भइसकेका यात्राका लागि । नियम, यात्रुका सुविधा भन्ने कुरा त परै जाओस् । यात्रुका आधारभुत आवश्यकतामा पनि ध्यान दिएको पाइएन यातायात सुविधा प्रदान गर्नेले । तोकिएको समयभन्दा बढी प्रतीक्षालयमा बसेर यात्रुलाई दिक्क पुर्‍याउने गाडी मालिकको पनि कस्तो अचम्मको काइदा भने कानै फुल्लिने गीत बजाएर गाडी त उड्यो कि भन्नेजस्तो गर्ने ।

बाटो नि बाटो, सडक त दर्दनाक । पश्चिम चल्ने गाडीका साना सिटले भन्दा खाल्डाखुल्डीमा पारेर उचाल्ने र थेचार्ने गर्दा नै थकाई लाग्ने । रसियन फर्मालिज्मका हस्तीका केही निबन्ध पढेर आनन्द लिउँ कि भनेको त के हुन्थ्यो, सिटसँग कुस्ती खेलेजस्तै । होइन, सडक बनाइन्छ, तर बनाएर मर्मत भन्ने कुरा पटक्कै छैन कि क्या हो । सिद्धबाबा त दोस्रो कृष्णभीर भन्दा फरक नहोला । जहिले पनि जाने पहिरोले त्यहाँ त बाटो हो कि, खेत हो पत्ता लगाउनै गाह्रो ।

त्यसो त के पृथ्वी राजमार्ग, के पुर्व पश्चिम राजमार्ग, वर्षाले बिजोग नै बाटो । पुर्व पश्चिम राजमार्ग भने कम भत्किएको छ सबैभन्दा लामो खण्ड नवलपरासी जिल्लाअन्र्तगत । तर जब पाल्पा हुँदै पहाडको बाटो सुरु हुन्छ । गाडीमा एकजना कर्मचारीको त विपरित दिशाबाट अर्को गाडी आएको छ कि, छैन भनेर हेर्ने नै काम हुन्छ । हन पनि किन नहोस् बाटोमा दुइटा गाडी अट्ने ठाउँ निकै कम छन् । कालोपत्रे भनेर बाटो बनाइएपनि त्यसको अवस्था राम्रो छैन । यसो त लामो समयसम्म कच्चीमै धुलो उडेका पनि हुन् ती बाटोमा ।

धन्य गाडी चालकहरु भने संयम र हाँस्दै दिन कटाउँछन् । अर्को गाडी आयो कि ब्याक गर्‍यो, अगाडी बढ्यो । वरिपरिका हिमाल, सहनशील गाडी व्यावसायी नभएको भए कसरी चल्थ्यो होला, त्यो पनि भन्न गाह्रो छ । जेजस्तो छ त्यसमा चल्नै परिहाल्यो । त्यसो त गाडी चल्ने बाटो राम्रो भएन भनेर सडकमै टायर बालेर पनि सुनसान ठाउँमा कस्ले सुन्थ्यो होला र, बरु यी क्षेत्रका सभासदले योजना पार्ने हुन् कि त्यो पो हेर्नुपर्ने बेला भएको छ । तस्वीरमा, पश्चिम पहाडको एक सडक ।

Filed under:  Fun ( 32 ) - 
+Comments ( 1 )
 
dbwagz   (July 17, 2010, 7:15 am)
otO1dH zxcakefqcpzy, [url=http://titfdahjaryx.com/]titfdahjaryx[/url], [link=http://eimkeccrwfvu.com/]eimkeccrwfvu[/link], http://ampuzkdockxi.com/
Reply to this

*Full Name

*Email Address
  [We respect your privacy]
*Leave Comment

 

Enter character above
  
 I accept term of use  

 

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More