Blog Detail

February 12, 2010 6:08 am
भोले बाबाका नाममा बुटीको जोहो

महेन्द्र रायमझी -

नारायणगढ छिटै पुगेर भेटघाट गर्ने भनेर काठमाण्डौंको ओछ्यानमा अर्लाम लगाएको त्यो घण्टीले उठाउनै सकेन । त्यसैको फलस्वरुप हुनुपर्छ, बाटोमा गाडी हिंडेको हो कि, ट्रयाक्टर नागढुङगाको उकालो काटेपछि सुरु भयो शिवारात्रीको रौनक । त्यसो त पशुपतिनाथमा बाबाजीले दश रुपैयाँ स्टिकमा बेचेको गाँजा तानेर धाक गर्ने पनि शिवरात्रीको अर्को दिन प्रशस्तै भेटिन्छन् सडकमा ।

कुरा गाँजा खान किशोरहरुले जम्मा गरेको पैसाको हो । बुटवल आइपुग्न त्यस्तै सात घण्टा लाग्ने गाडी बुटवल आइपुग्दा नवौं घण्टामा लुखुर लुखुर गर्दै थियो । त्यसो त गाडीलाई निकै भार पर्ने हो कि भन्नेजस्ता मोटाई भएका यात्रु थिए, भैरहवाका, साह्रै रमाइला । तिनकै कारणले पो गाडी ढिला आएको भन्ने शंका पनि गर्नेले गर्लान् तर कुरा त्यसो होइन । कुरा हो के भने बस्ती भएका ठाउँमा सरदर प्रत्येक आधा किलोमिटरमा डोरी बाँधेर धुनी बाल्न तथा शिवजीको बुटी खान पैसा माग्दै गरेका केटाकेटीहरु ।

रमाइलो त के भने, केही यात्रुले त शिवमन्दिरमा जान नपाएको भन्दै शिवजीलाई भेटी भन्दै केटाकेटीलाई खुशी बनाउँदै थिए । बिचरा राजमार्गमा दौड्नै गाडी मालिक, चालक पो हैरान देखिन्थे । गन्तव्यमा समयमै पुग्नु त कता हो कता, उल्टै पैसा बाँड्दा बाँड्दा शिवजीलाई मिच्छाएको जस्तो अनुभुति गरेका पाइन्थे । हुनपनि कर झैं जम्मा गरिने रकम कति हुँदो हो कुन्नि ।

त्यसो त बार्गेनिङ पनि कम्तीको थियो र, पैसा थोरै दियो भने केटाकेटी दाँत देखाइहाल्ने । हाँस्ने । केटाकेटी मात्रै होइन, शिवजीको बुटीले बिहानैदेखि लठिएका वयस्क मानिस पनि रमाइलो गरिरहेका देखिन्थे । पशुपति भने साँच्चै खुशी भएछन् कि जस्तो लाग्ने । त्यतिमात्र होइन, राजधानीका नागा बाबा चटक्कै बिर्सेर गन्तव्य पछ्याउन बाध्य भएका केही युवा भने साथीहरुको शिव आराधनाको रमाइलो सम्झेर चकचक गर्दै थिए ।

वर्षमा एकपटक आउने शिवरात्री पर्वका लागि देशका शिवमन्दिरहरुमा भीडभाड बढेकै छ । शिवरात्रीमा खुशी मनाउने बानी परेर कुलतमा फसेका मानिस पनि पाइन्छन् । एक दिनको रमाइलो गर्नेलाई त प्रशासनले पनि ठिकै हो, भनेजस्तो लाग्यो, शिवमन्दिरहरुमा जोगीजीहरुले गाँजा बेचिरहेकै छन् । तिनका बारेमा पुरै चुपचाप, त्यतिमात्र होइन, गाँजा ताने नै भनेपनि अरु बेला लागुऔषध भनेर करकर गर्ने गृहप्रशासन यो बेला भने अचम्मैले चुप । यसको असर त पछि पनि पर्ला नि, त्यसबारे पनि सोच्ने कि । तस्वीरमा, शिवमन्दिरमा लागेको भीड ।

Filed under:  Fun ( 32 ) - 
+Comments ( 1 )
 
xzpnwa   (July 17, 2010, 7:34 am)
MnAFcP bpxepktokagt, [url=http://bsfiogyupqgi.com/]bsfiogyupqgi[/url], [link=http://kxoeozpodvdf.com/]kxoeozpodvdf[/link], http://aqlcwokmuimr.com/
Reply to this

*Full Name

*Email Address
  [We respect your privacy]
*Leave Comment

 

Enter character above
  
 I accept term of use  

 

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More