|
|
Loading....
March 23, 2011 10:05 pm
स्वास्थ्यका लागि हानिकारक हावा राजधानी काठमाडौंको
स्वस्थ रहनका लागि खानेपानी, हावा र खाद्यान्न स्वस्थ्यकर हुन जरुरी छ तर बढ्दो शहरकिरण र औद्योगिकीकरणले यी कुराहरुलाई बिस्थापित बनाउदै लगेको छ । बढ्दो जनसंख्याको चाप, कलकारखाना, सवारी साधन र फोहोरमैलाबाट निस्कने दुर्गन्धले नेपालको राजधानी सहर आफैंमा बिरामी छ ।राजधानी काठमाडौको हावा दिनानुदिन दुषित बन्दै गइरहेकोप्रति सचेत नागरिको हैसियतले कसैको ध्यान जान सकेको छैन । सस्थ्यको उचित नीति र प्रबन्ध सरकारको हो तापनि सरकार पनि यस विषयमा मौन नै देखिन्छ । राजधानी काठमाडौंकौको वायुमण्डलमा धुलोधुँवाका कण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा १५ गुना बढी रहेको तथ्य सार्वजनिक भएको छ जसलबाट श्वासप्रश्वासको संक्रमण गराउने किटाणुका बीज ५ गुना बढी राजधानीको वायुमण्डलको हावामा छरिएर रहेको अनुमान छ ।श्वासप्रश्वासका रोग बढाउने सुक्ष्मजीवका बिज काठमाडौंको वायुमण्डलमा यही मात्रामा रहिरहे सन् २०२० सम्ममा यो दमरोगको मुख्य थलो नै बन्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। तसर्थ अब राजधानी काठमाडौंको हावा मानव स्वास्थ्यका लागि हानिकारक बन्दै छ भन्दा अत्युक्ति नहोला । हावामा सुक्ष्म जीवका बिज १२ सय क्लोनिफर्मिङ युनिट ९सिएफयु० सम्म हुनु सामान्य मानिन्छ। काठमाडौंका मुख्य सडकको वायुमण्डलमा ६ हजार ४ सय सिएफयु सुक्ष्म जीवका बिज भेटिएको अनुसन्धानले बताइसकेकोछ । अमृत साइन्स क्याम्पसबाट माइक्रोबायोलोजीमा मास्टर्स गरेका चार अनुसन्धानकर्ताहरूका अनुसार काठमाडौंका सडकमा थुपारिएका फोहोर सुक्ष्मजीवका बिज बढाउने मुख्य कारण हो। अनुसन्धानकर्ताले काठमाडौंको बढी चाप हुने असन, भोटाहिटी, ठमेल र क्षेत्रपाटीमा एक वर्षसम्म हावामा हुने सुक्ष्मजीवका बीजबारे अध्ययन गरेका थिए। जसबाट यो तथ्य सार्वजनिक भएको हो । कुनै स्थानमा १० मिनेटसम्म राखिएको प्लेट तत्काल प्रयोगशालामा लगेर ुइन्क्युभेटरुको २८ डिग्री तापक्रममा ४ देखि १५ दिनसम्म अध्ययन गर्दा सुक्ष्मजीवका बिज बढी रहेको देखिएको थियो। अमृत क्याम्पसमा प्राध्यापनरत अर्यालका अनुसार अध्ययनमा सहरी वायुमा पेनिसिलियम, एस्परेजिलस, कल्डोस्पोरियम र फ्याजारियम प्रजातिका सुक्ष्म जीवका बिज बढी भेटिएका छन्। ओसिलो ठाउँमा चाँडै फैलिने यस्ता सुक्ष्मजीव जस्तोसुकै जैविक र अजैविक वस्तुको संसर्गमा बाँच्ने र हावामा चाँडै फैलिने प्रकृतिका छन्।सुक्ष्म जीवका यी बिजले श्वासप्रश्वाससँगै छालाका रोग बढाइरहेका छन्। फोक्सोद्वारा सजिलै मानव कोषिकामा पुग्नसक्ने यी सुक्ष्म जीवले रोगप्रतिरोधात्मक क्षमता घटाउनुसाथै ुसाइड इफेक्टु देखिएर उपचारमा समेत कठिनाइ उत्पन्न गराउँछन्। अनुसन्धानकर्ताहरूले सुक्ष्म जीव फैलन नदिन फोहोर जथाभावी नफाल्न, जैविक फोहोर प्रसोधन गर्न, फोहोरको थुप्रो नलगाउन र सरसफाइमा ध्यान दिन उपाय सुझाएका छन्। मुख्यतयाः ओसिलो ठाउँ र बर्खाको मौसममा फोहोर व्यवस्थापनमा बढी चनाखो हुनु पर्ने उनीहरूको सुझाव छ। रोग फैलाउने सुक्ष्म जीवसँगै अव्यवस्थित सहरीकरण, सडकको दुरवस्था, अव्यवस्थित ढलनिकास र जथाभावी निर्माणले सहरको आकास प्रदूषित भइरहेको छ। विश्व स्वास्थ्य संगठनले २० मिलिग्राम प्रतिघनमिटर धुलोधुवाँका कणलाई मापदन्ड तोके पनि काठमाडौंको आकाशमा ३ सय मिलिग्राम प्रदूषण मापन गरिएको थियो। एक वर्षयता त प्रदूषण मापन गर्न उपत्यकाका विभिन्न ठाउँमा राखिएका मापकयन्त्रै बिग्रिएकाले धुलोधुवाँको हिसाबकिताब पनि छैन। त्यसैले राजधानी काठमाडौको जनजीवनमा स्वास्थ्यको ठूलो संकट देखिदैछ । यसतर्फ तपाई हामी सबैको सचेतनाको आवश्यकता छ ।
- Filed under:
Society ( 189 ) -
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|