आम हडतालको क्रममा माओवादी कार्यकर्ता र एमाले निकट युथ फोर्सवीच झडप भएपछि धनकुटा र हुम्ला जिल्लामा कफर्यु आदशे जारी गरिएको छ । एकीकृत माओवादीले आहृवान गरेको आमहडतालको पाँचौ दिन देश झनै अस्त ब्यस्त बनेको छ । राजधानी र देशका विभिन्न ठाउँमा स्थानीयवासी आमहडताल विरुद्ध उत्रिएका छन भने स्थानीयवासी र माओवादी कार्यकर्ताबीच ठाउँ ठाउँमा झडप र हिंसाका घटना भएका छन ।
काठमाडांैको बुढानिलकण्ठ, जोरपाटी, बसुन्धरा, धापासी, कपन र ललितपुरको पुल्चोक लगायतका क्षेत्रमा आमहडतालको प्रतिकारमा उत्रिएका स्थानीय बासिन्दा र प्रदर्शनकारीबीच झडप भएको छ । बुढानीलकण्ठमा स्थानीय बासिन्दाले माओवादी आम हडतालको अवज्ञा गर्दै पसल खोलेपछि झडप भएको थियो । झडपमा परी एक बालक र स्थानीय दिपक भण्डारी घाइते भएका छन । यता, काठमाडौंको जोरपाटीमा पनि आमहडतालको अवज्ञा गर्ने स्थानीय बासिन्दा र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । स्थानीय बासिन्दाले पसल खुलाउन थालेपछि माओवादी कार्यकर्ता आक्रमणमा उत्रिएका थिए भने सयौंको संख्यामा माओवादी कार्यकर्ता स्थानीयवासीको प्रतिकारका लागि जोरपाटी पुगेका थिए ।
यस्तै, एकीकृत माओवादी कार्यकर्ता र स्थानीय वासिन्दाबीच बीरगञ्जमा झडप भएको छ । आमहडताल विरुद्ध उत्रिएका हिन्दु युवा संघ सम्वद्ध युवाहरुले बीरगञ्जस्थित माओवादीको आश्रयस्थलमा आक्रमण गरी खाद्यान्न र बन्दोबस्तीका सामान जलाईदिएका थिए । हिन्दु युवाहरुले माओवादी सभासदका दुई वटा गाडीमा समेत आगजनी गरेका थिए । घटनापछि बीरगञ्जको गोपाल मण्डली र घडिअर्वा क्षेत्र तनावग्रस्त बनेको थियो । माओवादीले निकालेको जुलुस र हिन्दु युवा संघले निकालेको जुलुस बीचको झडप रोक्न प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट वाइसीएलका चार जना कार्यकर्ता घाइते भएका छन । थप झडप हुन नदिन बीरगञ्जको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
पर्वत सदरमुकाम कुश्मामा पनि माओवादी कार्यकर्ता र स्थानीयवासीबीच झडप भएको छ । झडपमा दुवै तर्फका गरी १५ जना घाइते भएका छन । स्याङजामा स्थानीय वासिन्दा माओवादी आमहडताल विरुद्ध उत्रिएका छन । वालिङका स्थानीय वासिन्दाले माओवादी विरुद्ध प्रदर्शन गर्नुका साथै बजार समेत खुलाएका थिए । स्थानीयवासीले वालिङस्थित माओवादी कार्यालय तोडफोड गर्नुका साथै प्रचण्डको पुत्ला समेत जलाएका थिए ।
लमजुङ सदरमुकाम बेंसी शहरमा पनि आन्दोलन विरुद्ध उत्रिएका स्थानीय वासिन्दा र माओवादी कार्यकर्ताबीच झडप हुादा ७ जना घाइते भएका छन । घाइतेहरुमा माओवादीका ४, कांग्रेसका २ र एक जना प्रहरी छन । घाइते मध्ये टाउकोमा चोट लागेका ४ जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमजुङस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
आम हडतालको विरोध गर्दै सडकमा उत्रिएका ब्यापारी र सर्वसाधारण सम्मिलित जुलुस नारायणथान भन्ने ठाउामा पुग्दा माओवादीसंग झडप भएको थियो । झडपमा स्थानीय वासिन्दाले ढुंगामुढा गरेपछि माओवादीहरु भागेका थिए । मकवानपुरको लोथरमा माओवादी कार्यकर्ताको कुटाईबाट मृत्यु भएका युथ फोर्स कार्यकर्ता सुदिप कार्की मारिएको विरोधमा एमालेले हेटौंडामा विरोध प्रदर्शन गरेको छ । एमालेको प्रदर्शनपछि आम हडतालमा उत्रिएका माओवादी कार्यकर्ताले हेटौडा शहर छाडेका छन् ।
उता, म्ााओवादी कार्यकर्ताले प्युठानको स्वर्गद्धारी क्याम्पसका अनेरास्ववियु छैठौंका ईकाइ अध्यक्ष सुरेस अधिकारीलाई कुटपिट गरेका छन । सदरमुकाम खलंगामा आयोजित लाठी जुलुसवाट र्फकदै गरेका माओवादी कार्यकर्ताले अधिकारीलाई एक्कासी आक्रमण गरेका थिए । कुटपिटमा संलग्न माओवादी कार्यकर्तालाई राष्ट्रि्रय जनमोर्चाका कार्यकर्ताले पक्राउ गरी ईलाका प्रहरी कार्यालय चुजाठाँटीमा बुझाएका थिए ।
यता, नुवाकोटको त्रिशुली, विदुर, बटटार, ढुङ्गे र गंगटे लगायतका ठाउामा स्थानीय बासिन्दाले बजार खुलाए । उता, भैरहवामा पनि स्थानीय ब्यापारीहरु आमहडतालको विरोधमा सडकमा उत्रिए । म्ाहोत्तरीमा भने एकीकृत माओवादीले बन्दको अवज्ञा गरेको भन्दै जलेश्वर नगरपालिका र भूमिसुधार कार्यालयमा तोडफोड गरेका छन । सुरक्षाकर्मीसंगको झडपमा एक जना माओवादी कार्यकर्ता घाइते भएका छन् । सुनसरीको तरहरा बजारमा पनि स्थानीय बासिन्दाले माओवादी आम हडतालको अवज्ञा गरेका छन । स्थानीय नागरिक समाज, युवा समुह र व्यापारीहरु सम्मिलित बैठकले बजार र पसल खुलाएका थिए ।
त्यसैगरी बर्दियाको गुलरियामा ब्यापारीहरुले माओवादी आम हडतालको अवज्ञा गर्दै प्रदर्शन गरे । बन्दको अवज्ञा गरेको भन्दै एकीकृत माओवादीका कार्यकर्ताले गुलरियाका ब्यापारी दिपक गुप्ताको किराना पसलमा तोडफोड गर्दै उनकी श्रीमतीलाई दुव्र्यहार गरेपछि ब्यापारीहरु विरोधमा उत्रिएका हुन् ।
पोखरामा पनि स्थानीयवासीहरु माओवादी आमहडताल विरुद्ध सडकमा उत्रिएका छन । जरेबर भन्ने ठाउँबाट स्वतस्फूर्त सडकमा उत्रिएका पोखरावासीले आमहडताल विरुद्ध नारावाजी गरेका थिए । स्थानीयवासीको जुलुस वैदाम, राष्ट्रबैंक चोक, मुस्ताङ चोक लगायतका क्षेत्रको परिक्रमा गरी वैदाममै पुगेको थियो । उनीहरुले वन्द रहेका पसलहरु खुलाउन आहृवानन समेत गरेका थिए । आमहडतालमा सुरक्षा दिंदै प्रहरी ।