July 02, 2010 8:27 am
भारतको चलचित्र समाचार र नेपालको एसएलसी

भारतको एक समाचार टेलिभिजनले तीन जना अभिनेत्रीको तिघ्रा तुलना गरेर समाचार सामग्री बनायो । कस्तो तिघ्रा गोलो, कस्को आकर्षक कस्को के अनि केके । त्यतिमात्र होइन कुन हिरोइनको कुन फिल्ममा कति पटक तिघ्रा देखाइयो भन्ने खोजविन गरेर देखायो । यो एउटा उदाहरण हो भारतीय मिडियामा चलचित्रले कति स्थान पाउँछ भनेर ।

नेपाली मिडियामा त्यस्तै तरिकाले स्थान पाउँछ कुनै परीक्षाको नतिजाको विषयले । जसमा सरकारको ठुलो लगानी छ । नतिजा प्रकाशन भएर थाहा पाउनु त्यति चुनौतीपूर्ण कुरा पनि होइन । तर माहौल हेर्दा एसएलसी भनेका चाडै हो कि भनेजस्तो छ । देशै नेतृत्वहीन बनेको यथार्थलाई बिर्साउने गरी नै एसएलसीको नतिजामय बनेको छ देश ।

एसएलसी पास गरेपछि कति बेरोजगार हुन्छन्, एसएलसी नतिजा विद्यार्थीको क्षमताका आधारमा हुन्छ कि, परीक्षाका बेलामा भएका चिट चोराएका घटनालाई सम्झना गर्ने हो भने चिट चोराएर गराइन्छ कि के भन्नेमा प्रश्न पनि नउठ्ने गरेका होइनन् । यतिमात्र होइन धेरै परीक्षार्थी फेल भए भन्ने चिन्ताले ग्रेस अंक दिने खालका उच्चस्तरका निर्णय पनि विवादास्पद छन् । यसैले धेरै नानीहरुले भाग लिने यो परीक्षाका विषयमा प्रश्न अनेक खालका उठ्ने गरेका छन् ।

यही प्रणाली नभएको कारणले बेरोजगार बन्नुपर्ने, विद्यार्थी नै सक्षम नहुनेजस्ता समस्या देखिन्छन् । यसमा पुर्णतः सरकारको कमजोरी छ । यस्ता समस्याका शिकार बन्ने भनेका ग्रामीण भागमा बस्ने गाउँलेहरुका बालबच्चा नै हुन् । किनभने शहरिया उच्च आम्दानी हुनेहरुले शहरका सुविधासम्पन्न निजी विद्यालयहरुमा पढाउन सक्छन् । त्यसैले यो समस्या उनीहरुमा हुन्न ।

तर विडम्वना के छ भने सुविधासम्पन्न तरिकाले पढेका विद्यार्थी नेपालमा बस्ने निकै कम हुन्छन् । त्यसरी पढेका पढाईको लगानी उठाउन होस् वा महत्वाकांक्षाले बाहिरिनुपर्ने बाध्यता वा अवस्था छ भने अर्कोतिर क्षमताका कारणले वा दृढताका कारणले होस् देशमै बसेर सेवा गर्नेहरु कम क्षमतावान हुन्छन्, त्यसैले पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य उपलब्ध हुन नसकेको विज्ञहरु नै भन्छन् । त्यसैले अहिलेको समयमा ब्रेकिङ न्युजको रुपमा पुर्वनिर्धारित एसएलसी को नतिजालाई स्थान दिनुभन्दा यसपछिका समस्याको पहिचान गर्ने कि । -महेन्द्र । तस्वीरमा, एक हिन्दी सिनेमाको प्रचार ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 2 )
 
June 29, 2010 7:48 am
देश बनाउने धुनमा ओलीको बोली

केपी ओली सभासद बन्ने हल्लामै सीमित हुने खतरा बढेको छ । धेरैका लागि यो चासोको विषय नहोला । जे भएपनि उनका लागि भने यो खतराको घण्टी हो । किनभने उनले सभासदका लागि चालेका कदम फेल भए भने उनी झनै खलपात्रका रुपमा परिचित हुनसक्नेछन् । एउटा सामान्य मानिसलाई त चाहेको कदम पुरा भएन भने कत्रो बबाल हुन्छ, केपी त मौका परे प्रधानमन्त्रीका उम्मेदवार ।

त्यसो त मौका परेमा प्रधानमन्त्रीका लागि पुर्वराजा ज्ञानेन्द्र शाहले आवेदन माग्दा जिल्लाको एउटा संगठन चलाउन सक्ने हैसियत नभएका मानिसले प्रधानमन्त्रीको लागि निवेदन दिएका थिए । ओली त झन् तेस्रो ठुलो पार्टीका नेता । त्यसो त उनलाई उतिबेलाको आवेदन दिने विषयसँग तुलना गरेर उनको गाली गर्ने कलालाई अपमान गर्न खोजिएको पनि होइन ।

उनको गाली गर्ने कलालाई लिएर नै हुनुपर्छ बुटवल महाधिवेशनमा उनले झलनाथ खनाललाई निकै ठुलो चुनौती प्रस्तुत गरेका थिए । केहीले त उनले अध्यक्षको पद नै सोहोर्न सक्छन् भन्ने अनुमान गरेका छन् । त्यसैले त उनलाई पार्टीको धेरै माया लाग्छ । माया लाग्ने भएर नै होला, उनले आफ्नै पार्टीका नेताहरुलाई माओवादी नेताहरुलाई भन्दा बढी गाली गर्छन् ।

उनले एमालेभित्र पार्टी बैठकमा चुइक्क नबोल्ने तर बाहिर निस्कने बित्तिकै कुरा काट्नेहरुको विगविगी बढ्न थालेको बताएका छन् । पार्टीका बैठकमा प्रधानमन्त्रीको राजिनामाबारे बोल्दै नबोल्नेहरुले बाहिर निस्केर चर्को स्वरमा राजीनामा मागेर दोहोरो चरित्र देखाईरहेको आरोप लगाए । केहीले यसलाई ओलीको सम्भावित सभासद पद खुस्किने संकेत आएपछि यसो भन्न थालेको बताएका छन् ।

उनले त भनिदिइहाले यस्तो चरित्रले देश मात्रै नभई पार्टी पनि उभो लाग्दैन भनेर । उनको तारो अध्यक्ष झलनाथ खनालले सरकारको आलोचना गरेपछिको परिस्थितिमा आएको हुनुपर्छ । माओवादीलाई गाली गर्दा गर्दा थाकेर उनी आफ्नै पार्टीका सहकर्मीतर्फ तेर्सिनुले अब ठुला दल प्रायः सबै आन्तरिक विवदमा छन् भन्दा फरक नपर्ला किनभने के एकीकृत माओवादी, काँग्रेस भइहाल्यो, अनि एमाले पनि कलहमा, कस्ले बनाउला संविधान, कस्ले बनाउला सरकार । -महेन्द्र ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 23, 2010 7:33 am
झन् बढ्दैछ अपराध

त्यसो त अपराधको मात्रा मापन गर्न कठिनै हुन्छ । अपराध भनेको अपराधै हो । अपराधको प्रकृतिअनुसार मुद्दा चलाइन्छ भने त्यसअनुसार सजाय पनि सुनाइन्छ । फुटबल खेलमा कारणविना रेफ्रीले गर्ने कारबाहीको घोषणा गर्दै अपराधका लागि दिइने सजाय बढी भएको वा कारबाही नभएको जस्ता आरोप पनि समयसमयमा लागिरहन्छ, नेपालको सन्दर्भमा ।

आधुनिक जमानामा नयाँ नयाँ आविष्कारसँगै हातहतियारको पनि त्यस्तै बिगबिगी रहन्छ । त्यसैअनुसार आपराधिक घटना पनि घटने गरेका छन् । विकसित देशमा भएका कार उत्पादनदेखि लिएर अन्तरिक्षमा गरिने सम्पूर्ण खालका सिर्जनात्मक काम नक्कल गर्न मनुष्यलाई निकै समय लाग्छ । साधनस्रोतको कारणले होस् वा क्षमताको कारणले होस् सिर्जनात्मक कामको नक्कल गर्न सकिएको अवस्था छैन ।

तर, हतियार चलाउने, गोली प्रहार गर्ने कला भने निकै छिटो नक्कल गर्छन् । त्यही नक्कलका कारण नेपालका तराईका जिल्लादेखि पहाडी क्षेत्रमा समेत अपराधका घटनामा तीव्र वृद्धि भइरहेको छ । गोली र अपहरण पुर्वी तराइमा मात्र होइन, अब विस्तारै पश्चिमका शहरहरुमा पनि सर्न थालेको छ । बुटवलमा दिनदहाडै तीन जना अज्ञात व्यक्तिले गोली हानी एकै परिवारका दुई जनाको हत्या गरेका छन् ।

गोली हान्नेहरु भारतीय मूलका भएको आशंका प्रहरीको छ । काठमाण्डौंमा जमिम शाहको हत्या भारतीय मुलका थिए, कारबाही हुन सकेन । अबका दिनमा पनि त्यही भनेर पन्छिने चाल हो त्यो प्रहरी अधिकारीहरुले नै बुझुन् । बुझाउन सकुन् आरोप लागेमा । आखिर गोली हान्ने अपराधी त अपराधी नै हो नि । जुन मुलका भएपनि पक्राउ गर्न, छानबिन गर्न तत्परता पनि देखाउनुपर्छ ।

बुटवलमा नाम चलेको कपडा पसल भएकाले लुट्नकै लागि आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । व्यावसाय गर्ने वातावरण नभएको भन्दै व्यापारी सडकमा आउने कारण त्यसै होइन । सत्ताकै वरिपरि मौरी झैं घुमिरहने राजनीतिक नेतृत्वले अपराधको बारेमा, सर्वसाधारणको हत्या भइरहेकोबारे कहिले सोचेर गोली हान्नेलाई कारबाही गर्न संयन्त्र बनाउन अघि सर्ने हुन् पत्तो छैन । बिचरा व्यावसायीहरु शान्ति र्‍याली भनेर आएपनि राजनीति गरेको चर्को आरोप लाग्छ, चुप बसौं भने गोली प्रहारका घटना उस्तै छन् । जेसुकै गरेपनि सुख छैन । राज्यले नै ध्यान दिने हो कि । -महेन्द्र । बुटवलको फाइल तस्वीर ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 22, 2010 6:09 am
केही समय सुस्ताएको बन्दको अचम्मको पुनरागमन

हिन्दुराष्ट्र बनाउनैपर्ने, क्षतिपुर्ति पाउनैपर्ने, सरकार नभई नहुने माग राखेर गरिने बन्दले केही समय आराम पाएको थियो । अर्थात त्यो समयमा सर्वसाधारणहरुले केही मात्रामा भएपनि आराम महसुस गरेका थिए । केही ठाउँ, खासगरी तराईका केही जिल्ला त बन्दबाट मुक्त हुनु भनेको काठमाण्डौंमा पानी पाउनुजस्तै होला ।

तर आम, समग्र रुपमा भन्नुपर्दा भने त्यो अवस्थाबाट मुक्त भएकै हो । कसरी भयो भन्ने प्रश्न पनि आउला । यकिन कारण भने कसैलाई थाहा नहुन सक्छ । किनभने सरकारले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बन्दको मात्रा कम भएको हो भनौं भनेपनि सरकार नालायक छ भन्छन् सबैले । होइन, आन्दोलन गर्नेहरुमा बुद्धि पलाएको हो भने पनि बेलाबेलामा बन्द भइ नै रहन्छन् ।

त्यसो भए के हो त, संविधान एक वर्षभित्र बनाउन दलहरुले समयावधि थपेर संघीयताविरुद्ध आन्दोलन गर्ने, विशेष अधिकारसहित जातीय प्रदेशका पक्षधरहरु सन्तुष्ट भएर हो भने पनि नयाँ संविधान बनाउन नयाँ कार्यतालिका बनेको पनि छैन । बन्दका श्रृंखलामा कमी आउनुमा खासै केही नदेखिएपछि यो स्वभावैले, अर्थात समयले यस्तै ल्याएको होला कि ।

बजेट घोषणा हुने समय आएको छ, बाठा मन्त्रीहरुले सम्बन्धित क्षेत्रमा योजना पार्ने आश्वासन दिएर बन्द कम गराउने रणनीति पो अपनाएका हुन् कि । जे भएपनि केही समय सुस्ताएको हडतालको ताल फेरि जुर्मुराएजस्तो छ । जुर्मुराएको त छ, अचम्मैले । बन्द गर्छन्, नामै नसुनेका समुहले । नाम नसुनेको मात्रै हो र, अस्तित्व नै नभएका संगठनले पर्चा बाँडेका आधारमा ।

यही भएको छ, नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै आएको भीष्म एकता परिषद नामक संगठनले गरेको बन्दका कारण दोस्रो दिन पनि मध्यपश्चिमको जनजीवन कष्टकर बनेको छ । कतैकतै भूमिगत पनि भनिने सो संगठनका न त कार्यकर्ता सडकमा देखिन्छन्, न त सरकारविरुद्ध बन्दबाहेक कुनै सैद्धान्तिक भनाई ल्याएको छ, त्यस्तोले गरेको हल्लाका आधारमा सबै बन्द हुन्छ ।

माओवादीको मागमा हो मा हो मिलाएजस्तो गरेर उसले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र जेठ १४ गते तीन दलबीच भएको सहमति कार्यान्वयन हुनुपर्ने भन्ने समर्थन गर्न मिल्ने खालका माग पनि राख्छ । भन्नै सकिएन, को हो को हो । -महेन्द्र । तस्वीरमा, बन्दबाट राजधानीमात्र नभई जिल्लाहरुको जनजीवन पनि प्रभावित हुने गरेको छ । स्याङजाको वालिङ बजार ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 14, 2010 7:05 am
गोलीले गरेको उथलपुथल

तराईको प्रसिद्ध सांस्कृतिक नगरी पाँच दिनदेखि गोलीले आतंकित बनेको छ । गोलीले प्रत्यक्ष आतंकित पारेको छ । त्यसको अप्रत्यक्ष मार त कति छ कति । नागरिकका चाहनालाई राज्यले वर्षौदेखि दबाएर राख्यो गोलीले । एकीकृत माओवादी देखि लिएर विभिन्न समुहले देशलाई आहलकाहल पार्‍यो, गोलीकै आडमा । त्यसो त गोलीको कर्तुत नेपालमा मात्र होइन, विश्वका धेरै इतिहास छन् जहाँ गोली नै राजा बनेको छ ।

यही क्रममा जनकपुरको हरिहरपुरमा संचारकर्मीलाई लक्षित गरी गोली प्रहार भएको छ । गोली चलाउने व्यक्तिहरु तत्कालै मोटरसाईकलमा फरार भएका छन् । गोली चलाउनेहरु समातिने सम्भावना निकै कम हुन्छ, अर्थात् समातिएका उदाहरण कमै छन् । गोलीका मालिकहरुलाई सजिलो छैन, समातेर कारबाही गर्न । बिचरा गोलीलाई कारबाही गर्ने प्रशासन नै त्यही गोली चलाउनेबाट कायर हुन्छन् ।

त्यो बाहेक भाग्छन् पनि गोलीका हर्ताकर्ताहरु । धनुषाको जनकपुरमा सशस्त्र समूहहरुले लगातार आतंक मच्चाएपछि प्रहरी प्रशासन बल्ल कारवाहीमा उत्रिएको छ । तर कारबाही पनि भनिहाल्न मिल्छ कि मिल्दैन त्यो पनि के भन्ने खै । किनभने जति कारबाही हुन्छ, त्यति हतियारधारी समूहको बिगबिगी हुन्छ । बिगबिगी, आखिर किन रोक्न सक्ने वातावरण बनेको छैन त ? कुरा आउँछ उही राजनीतिको । अर्थात अप्रत्यक्ष्ा गोलीको ।

धनुषामा मात्रै गएको पाँच दिनमा चार जना सर्वसाधारण मारिइसकेका छन् । गोलीका लागि धेरैजना जिम्मेवार छन् । जिम्मेवार केवल सशस्त्र समुह मात्रै होइन, सरकारले लागु गरेको विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनका लागि भन्दै पुर्वाञ्चलका १३ वटै जिल्लाहरुमा शशस्त्र प्रहरीको वेश क्याम्प विस्तार गरिएको छ । अर्थात गोलीको बिस्तार । यसलाई राज्यको तर्फबाट भन्नुपर्दा अर्कै शब्द होला, विद्रोहीले अरु नै केही भन्लान् ।

अझ गोलीको विषय त नयाँ संविधान निर्माणको तहसम्म पनि पुगेको छ । केही दलले भनेका छन्, सबै बालिग नागरिकलाई अनिवार्य हतियारको तालिम, अर्थात गोलीको तालिम दिनुपर्छ । अर्काथरिले भन्छन्, त्यसो गर्न हुन्न । तर उनीहरु नै भारत जस्ता गोलीका भण्डारको दबाबमा बसिरहन चाहन्छन् । त्यसो त जति नै गोलीमय बनाएपनि नेपालले चीन र भारतलाई कहिल्यै जित्न सक्ने होइन । त्यही भएर गोली नै रनभुल्लमा छ । के गरे नेपालको हित, के नगरे नेपालको अहित । -महेन्द्र ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 13, 2010 5:51 am
जस्ले जे गर्दा पनि भयो

दलहरुले आफुखुशी संगठन गरे पनि भयो । बजारमा जस्लाई मन लाग्छ, उसैलाई गोली हाने पनि भयो । जे मन लाग्छ, त्यही बोल्दा पनि भयो । कारबाही गर्ने, यो होइन त्यो हो भन्ने कमै छन् । जनकपुरको वकिल टोलमा अज्ञात समूहको गोली प्रहारबाट राजकुमार पञ्जियार गम्भीर घाइते भएका छन् । जनकपुरमा पाँच दिनयता चार जनाको हत्या भईसकेको छ । लगातारको आतंकका कारण स्थानीय बासिन्दा र सर्वसाधारणमा त्रास वढेको छ । तर बिचरा भन्ने कोही छैन ।

विकासका काममा पनि त्यति चासो छैन । माओवादी सम्बद्ध जातीय मोर्चाहरुको अबरोधका बीच सप्तकोशी उच्च वाँध निर्माणका लागि विस्तृत परियोजना प्रतिबेदन डिपिआर तयार गर्ने काम सुचारु गरिएको छ तीन दिनपछि । एकीकृत माओवादी निकटका आदिवासी जनजाती संगठनहरुले सर्वेक्षण कार्य रोक्न दबाव दिएपनि नेपाल र भारत सरकारका प्राविधिकहरुले आयोजनाको विस्तृत सर्वेक्षण गर्ने कार्य जारी राखेका छन् । सरकारले निर्माण स्थलमा ४४ जना सुरक्षाकर्मी परिचालन गरेपछि प्राविधिकहरुले सर्वेक्षण कार्यलाई निरन्तरता दिएका छन् ।

एउटा सर्भे गर्ने काममा त सुरक्षाकर्मीको आवश्यकता छ भने त्यसलाई निर्माण गर्ने क्रममा कति अवरोध आउने हुन् । कति रकम मागिने हुन् पत्तो छैन । हो, एकीकृत माओवादी सम्बद्ध संगठनले अवरोध गरेको हो भने नानाथरी योजना सुनाउने र सम्वृद्ध नेपालको परिकल्पना गर्ने नेतृत्वले किन ध्यान दिन सक्दैन, त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्नेतर्फ । योजना पास हुँदा त एकीकृत माओवादी पनि राज्यको एउटा तहमै छ ।

यसै त नेपाल र भारत सरकारबीच वाँध निर्माण गर्ने सहमति भएको तीन बर्षपछि डिपिआर बनाउन थालिएको, त्यसैमा अवरोध । माओवादी सम्बद्ध जातीय मोर्चाहरुले सम्झौता बिपरित बाँध निर्माण गर्न थालिएको आरोप लगाएका छन् । राजनीति गर्न निकै इच्छा राख्ने व्यावसायीले त्यत्तिकै भनेका होइनन् कि लगानीका लागि वातावरण पनि छैन । अब भन्ने बेला आएको छ कि, राजनीतिबाहेक यो देशमा अरु केही चाहिएको छैन ?

समयमै बजेट ल्याएर विकासका काम अगाडि बढाउनुपर्छ भन्ने विषयमा सरकार पनि उही, विदेशी हस्तक्षेप भएको भनेर अनेक प्रचारवाजी गर्ने दलका नेताजीहरु पनि उही, सबै उस्तै । भन्छन्, अपराधका उजुरी दर्ता घटेका छन् । यही आधारमा केहीले भन्ने गरेका छन् कि अपराधका घटना घटेका छन् । यसो भन्न मिल्दै मिल्दैन । विश्लेषक पनि उस्तै, सुन्ने पनि उस्तै, कारबाही गर्ने पनि उस्तै । -महेन्द्र । एक कार्यक्रममा दलका नेता ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 12, 2010 6:36 am
झन्पछि झन तनावमय बन्दै राजनीति

एकीकृत माओवादीको वाइसीएल र एमालेको युथफोर्सले आफ्नै तरिकाले धमाका मच्चाइरहेका बेलामा काँग्रेसले पनि युवा दस्ता बनाउने हल्ला आइरहेको अवस्थामा त्यसले झनै अर्को खालको त्रास ल्याउने सम्भावना छ । यही समयमा सुर्खेतमा एकीकृत माओवादीका कार्यकर्ताले धम्की दिएका छन् । धम्की दिनु सामान्य नै हो भनिएला, तर त्यो धम्की यस्तो छ कि एमालेका कारण सात जना एमाले कार्यकर्ता बिथापित भएका छन् ।

एमालेको सुर्खेत जिल्ला कमिटीले बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी भाग्नैपर्ने अवस्था आएको जानकारी दिए । सरकारी निकाय अर्थात प्रहरी प्रशासनले भने मुकदर्शक भएर बसेका छन् । माओवादीले दशरथपुरमा कायकर्ता हत्याको आरोप लगाउँदै धाकधम्की र आक्रमण गर्न थाले पछी आफना कार्यकता बिस्थापित भएको युथफोर्सले जनाएको हो ।

त्यसो त आक्रमण गर्ने पनि उनै, आरोप लगाउने पनि उनै, अनि कारबाहीको धम्की दिने पनि उनै अनि । धम्की दिएपछि कानुनी उपचारको बाटो नखोजेर त्यसलाई राजनीतिक मुद्दा बनाउने युथफोर्स पनि त उस्तै हुन नि । माओबादीले पटकपटक आफुहरुलाई ज्यान लिने धम्की दिईरहेको र गाली बेज्जती गरिरहेकाले अहिले गाउँमा बस्ने अवस्था नभएपछी आफुहरु वीरेन्द्रनगर आएको उनिहरुले बताएका छन्ा् ।

यो बाहेक राज्यको उपस्थिति नभएको राम्रो, त्यसमा पनि जल्दोबल्दो उदाहरण हो यो । त्यसरी कार्यकर्ता गाउँ छाड्न बाध्य भएको त टुलुटुलु हेरिरहनुनपर्ने हो नि । केहि कार्यकर्ताहरु माथी सांघातिक आक्रमण समेत भएको एमाले कार्यकर्ताले जनाएका छन् । आफ्नै पार्टीका नेता गृहमन्त्री भएका एमालेका कार्यकर्ताले काननी तवरले नगएर अनेक प्रचारतर्फ मात्रै लाग्नु अनुपयुक्त हो कि ।

त्यसो त सहमतीय राजनीति गर्ने, नयाँ सरकार, समयमै संविधान बनाउने लगायतका काम गर्ने भन्ने दलका नेताहरुको चाला पनि कहाँ गतिलो छ र । सिको गर्दैछन्, कार्यकर्ताले आफ्नै नेताहरुको । झगडा सम्म गरे त ठीकै भन्न सकिन्थ्यो होला । तर कार्यकर्ताहरुले त हात हालाहाल पो गर्न थाले । अझ निकै प्रजातान्त्रिक मानिने काँग्रेसमा पनि तरुण दस्ता भनेर लडाकु बनाउन तम्सिएको अवस्थाले मुठभेड द्धिपक्षीय बाट त्रिपक्षी हुने हो कि भन्ने आशंका जागेको छ । -महेन्द्र । तस्वीरमा, वाइसीएल कार्यकर्ता ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 10, 2010 5:53 am
बोल्नै सकेनन् झलनाथलाई लडाउनेहरु

कम्तीको रौनक थिएन, राजधानीको नयाँबजारमा एकाबिहानै बिहीबारको दिन । पिपुल्स डेन्टल कलेजले आफ्ना संस्थापकको सम्झनामा गरेको कार्यक्रम थियो त्यो । के गर्ने, सम्झना गर्न आयोजित कार्यक्रममा एमाले अध्यक्षलाई सधैका लागि सम्झनलायक कार्यक्रम बन्यो । यहाँ शंका गर्नुपर्ने कारण धेरै छन् । खनालको खुट्टा मर्किनुमा धेरै आशंका गर्न सकिन्छ ।

अझ एमालेका नेता मदन-आश्रति दुर्घटनाका बारेमा जति खालका टिकाटिप्पणी हुन्छन् । त्यसको तुलनामा यसबारेमा त्यति धेरै आलोचना त हुन्न होला । तर मञ्चको फर्निचर नै भाँचिनेगरी किन बनाइएको थियो त्यो संरचना । यसबारे गम्भीर तरिकाले सोच्नुपर्ने थियो । त्यसो त कार्यक्रम स्थलमा घाइते भएपछि पनि झलनाथ खनालले पत्रकारहरुलाई निकै उत्साहित भएर प्रतिक्रिया दिए ।

चिकित्सकहरुले उपचारपछि पनि एक हप्ता आराम गर्न सल्लाह दिएपनि एक दिनमै ठीक हुन्छु भनेर राजनीतिमा जस्तो अड्कल काटिदिइहाले । शरीरको चोट र राजनीतिक चोटको प्रकृति फरक हुन्छ कि कमरेड ? मुखले जे भनेपनि खनाल मञ्चबाट दुइ फिट तल बजारिंदा निकै पीडाको महसुस गरेका थिए । डेन्टल कलेजका संस्थापक स्वर्गीय तीर्थरत्न बज्राचार्यको शालिकमा माल्यार्णपण गर्न लाग्दा खनाल लडेर घाइते भएका थिए ।

बिचरा पर्नु नपर्नु पीर त आयोजकलाई पो पर्‍यो । माल्यार्पण गर्ने भनेर आफ्नो कलेजका संस्थापकलाई सम्झने कार्यक्रममा नेपालको तेस्रो ठुलो दलका सर्वोच्च नेता, त्यो पनि भावी प्रधानमन्त्री बन्नसक्ने हैसियत राख्ने नेतालाई बोलाएर लडाएर पठाउनुपर्दा त बिचरा अक्क न बक्क बने आयोजकहरु । त्यसो अपेक्षित घटना पो कहाँ थियो र । अपेक्षा गरिएकोजस्तो त खनाललाई पनि थिएन । सायद खनाल पहिलोपटक लडेका हुन् कि, सार्वजनिक कार्यक्रममा जाँदा ।

खनालको दाहिने खुट्टामा चोट लागेको छ । एक त नेताहरु मञ्च पाएपछि केके न हो कि जस्तो गरेर जान्छन् । त्यसैमा मोटो न मोटो शरीर, पुराना फलेकले धानुन् पनि कसरी । लगानी गर्नुपर्ने विद्यालय, कलेजमा हो, भाषणा र सार्वजनिक कार्यक्रमका लागि लगानी पनि कसरी पुग्थ्यो होला र । शायद पानीले गलिसकेका फलेकको प्रयोग भएको थियो र हो कि, लाजै लाग्नेगरी मञ्च भत्किुनपर्‍यो ।

केहीले त यस्तो पनि अनुमान गरेका छन् कि, खनालले प्रधानमन्त्री पड्काउने भए भनेर केपी ओलीले युथफोर्सको सहयोगमा जानीजानी कच्चा मञ्च बनाएर लडाएका हुनुपर्छ । जस्तो पायो तस्तै कार्यक्रममा जाने नेताहरु नलडेर सधैभरि कति राजनीतिक भाषणको स्रोत बनुन् । केही पत्रकारका लागि भने खनालको भाषण भन्दा पनि लडेको समाचारले प्रसन्न तुल्याएको छ । -महेन्द्र । तस्वीरमा, घाइते अवस्थामा खनाल ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 09, 2010 8:39 am
अपहरणमुक्तपछि झनै राजनीति

अपहरणमुक्त भएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको पछिल्लो मानसिक अवस्था के छ, उनको परिवार के गर्ने योजनामा छ भन्ने विषयम कमैलाई चासो छ । बरु चासो छ त केवल राजनीतिक दाउपेच देखाएर फुर्ती देखाउने, एक दलले अर्कोलाई, अर्कोले अर्कोलाई ।

त्यसो त अपहरण भएको दिनदेखि नै एकीकृत माओवादीले आफ्नै रामराज्य हो कि भनेझैं गरेर डा. श्रेष्ठको निवास घेर्ने, माओवादीको संलग्नता रहेको भन्ने आशंका व्यक्त गरिएका समाचार लेख्न सञ्चारमाध्यममाथि आक्रमण गर्ने काम गर्‍यो । आखिर त्यस्तो कुरा बिना प्रमाण उठाइएका त होइनन् नि, उठाइएका हुन् त केवल प्रमाणका आधारमा ।

यही राजनीतिकै सिलसिलामा सत्ताधारी दल नेकपा एमाले निकट युवा संघले डा. श्रेष्ठको अपहरण एकीकृत माओवादीले गरेको आरोप लगाएको छ । अपहरण काण्डको बारेमा माओवादीले छानबिन बनाएको केही दिनमा प्रतिवेदन सार्वजनिक गर्दै युवा संघका अध्यक्ष महेश बस्नेतले अपहरणमा माओवादी संलग्न रहेको दावी गरे ।

बिचरा प्रहरी भने हेरेको हेर्‍यै । अब प्रहरी प्रशासन नभएपनि युवा संघ, वाइसीएलले देश चलाउने हुन् कि भन्ने आशंका बढ्न थालेका छन् । त्यतिमात्र होइन, कहिलेकांही त न्यायालय पनि यिनै हुन खोज्छन् । यो ताण्डव कहिलेसम्म चल्ने होला देशमा । युवा संघले डा. श्रेष्ठलाई माओवादीले नै अपहरण गरी लडाकु ब्यारेकमा राखेर १९ दिनपछि मुक्त गरेको जिकिर गरेको छ ।

केही निहुँ पालेर दलका नेताको निर्देशनमा कार्यकर्ता भिडेको अवस्थामा कमैलाई चासो हुन्थ्यो होला, तर यहाँ त चिकित्सकदेखि लिएर लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई मुछेपछि बढी चिन्ता छाएको छ । प्रहरीको भने आफ्नै दाबी छ । उसले अपहरण गर्नेहरुको पहिचान भईसकेको दाबी गरेको छ । अपहरणकारीलाई चाँडै नै पक्राउ गर्ने दाबी पनि गरिएको छ ।

आखिर देशमा यस्ता घटनालाई लिएर राजनीति बढी हुन्छ, किन त ? राजनीति गर्ने धेरै, काम गर्ने थोरै भएपछि यस्तै हो । हुनपनि चिकित्सक, इन्जिनियर, समाजसेवी, मजदुर सबै राजनीतिमा छिरेर भाषण गर्ने बानी पर्न थालेपछि यस्तै हो । दलका नेताहरुको संख्या पनि धेरै न छ, जो पेशागत पृष्ठभुमिबाट राजनीतिमा छिरेका छन् । यसैले पो बिग्रेको हो कि ? -महेन्द्र ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 08, 2010 8:57 am
यसरी पोखिन्छन् वर्षौका पीडा

राजनीतिमा जस्तै धेरै गरिब नेपालीका भविष्यका योजना पनि मिल्दाजुल्दा भेटिन्छन् । आर्थिक कारणले किन नहोस्, किन नहोस्, सामाजिक कारणले । धेरै कारणले राजनीतिक दर्शनबाटै प्रभावित हुने भएर नै हुनुपर्छ वैदेशिक रोजगारका लागि खासगरी खाडी मुलुकमा जाने युवाहरुको कथा व्यथा मिल्दोजुल्दो हुन्छ, केही लेखकहरुको भनाईमा जस्तै ।

केही समयअघि एकीकृत माओवादीले चलाईरहेको आन्दोलनलाई दुइथरी तरिकाले व्याख्या गर्न सकिने बताएका थिए । सपना र एजेण्डा लिएर । उनले भनेका थिए, सरकार प्राप्त गर्ने मुख्य लक्ष्य भएको हुनाले माओवादीको सडक आन्दोलन एजेण्डाको आन्दोलन हो । त्यसो त सात दलसँग मिलेर गरिएको आन्दोलन भने व्यवस्था परिवर्तन गर्ने भएकोले सपनाको आन्दोलन थियो ।

हो, वैदेशिक रोजगारमा जाने कारण पनि एजेण्डा र सपनाका कारणले सिर्जित भएका हुन् । बुटवलका कमल घिमिरे दुइवर्षअघि कतार पुगे । देशको राजधानीसम्म हवाईयात्रा गरेका घिमिरे आफ्नो निवाससम्म गाडीमा यात्रा गरे, आफ्ना धेरै साथीजस्तै । उनी सपना पुरा गर्न विदेश हानिएका । आर्थिक अवस्था भन्ने हो भने उनी बुटवलमा घर भएका मान्छे, कतारमा डिपार्टमेन्टल स्टोरमा काम गर्दा उनलाई त्यहाँ छोएको भनेको मानसिक पीडाका कारणले युवाहरुले भोग्नुपरेको मानसिक समस्या ।

उनले देखे, आर्थिक अवस्थालाई एजेण्डा अनि सपनाका दृष्टिले सफल पाउने अवस्था नआएपछि उनले आत्महत्या गरे । त्यतिमात्र होइन, आपराधिक घटनामा नेपाली युवाहरु फस्ने गरेको पनि उनले सुनाए । उनका अनुसार एउटा हत्याको घटनामा उनका साथीले अनाहकमा जेल जानुपर्ने अवस्था आयो । थुप्रै सपना भएका उनका धरानका साथीले जेलमै दाह्री खौरने ब्लेडले घाँटी काटेर आत्महत्या गरे ।

आम्दानी र रोजगारीका दौरान भोगिएका यी पीडाबाहेक दक्ष कामदारले सफलता पाएको पनि घिमिरेले सुनाउँदै थिए । बालुवा र भवन बाहेक धेरैथोक देख्न नपाइने खाडी मुलुकमा हरियाली देख्न पाइने बनाएको पनि धेरेका लागि नयाँ अनुभव हुनुपर्छ । त्यसैले होला, उनलाई नेपालको आकाशबाट हरियो देखिन थालेपछि नै घर आइएको महसुस भयो ।

 

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
June 03, 2010 1:34 am
हतियारले ल्याएको चिन्ता र समस्या

हतियार भन्ने बित्तिकै सबैको मन त्रसित हुन्छ । तर आधुनिक समयमा यसको पनि अनेक तह छन् । ढुंगे युगमा प्रयोग हुनेदेखि खुकुरी, भाला हुँदै अत्याधुनिक आणविक हतियारको कुरा आउँछ । जुन समाज जस्तो छ, त्यसैअनुसार हतियारको तह छ । जहाँ, जस्तो खालको हतियार वा घात गर्ने सामग्री होस्, त्यसले त्रास भने ल्याएकै हुन्छ ।

लामो समय हतियारको लडाइँ गरेर आएको पार्टी एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको निवासमा बन्दुक पड्कियो । प्रचण्डको निवासमा पड्किएको हतियार सुनियोजित थिएन होला । भन्नेहरुका अनुसार त्यो हतियार असावधानीवश पड्किएको हो । तर जसरी जुन खालको बन्दुक पडकिएको हो भनेपनि यसले त्रास भने पक्कै ल्यायो ।

यो असावधानीको कुराले प्रचण्ड निवासभन्दा बाहिर खासै सुरक्षाको दृष्टिकोणबाट चर्चा छैन । बरु यसले पार्टी नेताहरुको सुरक्षामा किन पड्किन्छन् बन्दुक भनेर चिन्ता भने पक्कै छाएको हुनपर्छ । यो त एउटा सामान्य घटना हो, जुन एकीकृत माओवादीका नेताको निवासमा प्रत्यक्ष भोगिएको दुर्घटना । यो बाहेक देशभर हुने हतियारका कमाल धेरै छनन् ।

रुपन्देहीको विष्णुपुरा गाविसमा सोमबार हत्या गरिएका माओवादी कार्यकर्ता सपाटु यादवको दोषीलाई कार्वाही गर्न माग गर्दै एकीकृत माओवादीले रुपन्देही बन्द गरे । हत्याको जिम्मेवारी अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो । जानकारी अनुसार हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जना माओवादीका पूर्व कार्यकर्तालाई हतियार सहित पक्रेको छ । यो पनि एकीकृत माओवादीले कुनैबला उठाएको हतियारको आफैलाई परेको घात हो ।

हो, कसेको हत्या हुनु निकै नराम्रो कुरा हो । द्धन्द्धकालमा पनि, तुलनात्मक रुपमा बढी शान्ति छाएको बेलामा पनि र अन्य बेलामा पनि कसैमाथि गोली पं्रहार हुनु, हत्या हुनुको पक्षमा कोही पनि हुन्न । तर हतियारको प्रयोग गरिसकेपछि त्यसलाई व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा ठुला दलका ठुला नेताहरु नै विवाद भइरहनुले झनै चिन्ता छाएको बाहेक केही पनि छैन । यसैले, ठुलो स्तरमा भएकादेखि लिएर स्थानीय तहमा हतियारका कारण उत्पन्न अराजकता रोक्न हतियारविरद्ध उभिनु नै उपयुक्त बाटो होला कि ? -महेन्द्र । तस्वीरमा, हतियार तालिमको एक दृश्य ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 31, 2010 6:51 am
सुरक्षाको आश्वासन चिकित्सक भेटिए मात्रै दिए कसो होला

गृहमन्त्री रावल, एक नेता, पार्टीमा र राजनीतिमा योगदान पुर्‍याएवापत राजनीतिमा आए । राजनीतिमा आए, एमालेका नेता माधवकुमार नेपाल तथा अहिलेका प्रधानमन्त्रीको मन जित्न सफल भए, त्यही भएर नेपाल प्रधानमन्त्री हुँदा रावल पनि गृहमन्त्रालयजस्तो ठुलो प्रशासनिक निकायमा नेतृत्व लिने मौका पाए ।

उनकहाँ धेरैजना जान्छन्, प्रशासनिक काम लिएर । नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागमा आफ्ना मान्छे भर्ना गर्न आग्रह गर्नेदेखि, आफ्ना क्षेत्रमा विकासका कार्यक्रम पार्नका लागि आग्रह गर्ने तथा आफ्नो अवैधानिक स्वार्थका लागि मेलोमेसो मिलाउन जाने पनि हुन्छन्, अनेक विधामा । त्यतिमात्र होइन, नितान्त स्वभाविक माग लिएर जाने पनि हुन्छन् । हो, तिनै नितान्त स्वभाविक माग लिएर जानेले पाउँछन्, रेडिमेड जवाफ ।

यस्तै रेडिमेड अडियो रेकर्ड अर्थात अपेक्षा गरिएभन्दा केही पनि फरक नपाएको उत्तर पाएको महसुस गरेका छन् चिकित्सकहरुले । रावलले झण्डै २ सातादेखि वेपत्ता रहेका बीपी कोइराला क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर भक्तमान श्रेष्ठको अवस्था पत्ता लगाउन सरकारले आफ्नो सबै साधन स्रोत परिचालन गरेको बताउनु यसैको परिणाम हो ।

गृहमन्त्रीले एउटा कुरा किन बुझेका छैनन्, डाक्टर श्रेष्ठ माओवादी कार्यकर्ताको कब्जामा रहेको के हो भनेर । सत्ताको रक्षा र बार्गेनिङका लागि मात्र होइन, शंका लागेमा पदमा बसेकाहरुले शंका गरिएको पार्टीका सम्बन्धित व्यक्तिहरु अर्थात् माओवादी नेताहरुसँग नै सोधखोज गरे कसो होला । ठीकै हुन्छ होला, किनभने आफ्नो पदको विषयमा निकै वार्ता र अनुसन्धान गर्नेले एकजना नागरिक त्यो पनि महत्वपूर्ण अस्पतालका प्रशासकको खोजीमा किन ध्यान नदिने ।

खोजी तीब्र गतिमा भईरहेको भन्दै गृहमन्त्रीले छिट्टै उनको अवस्था सार्वजनिक गर्ने आश्वासन समेत दिएका छन् । राजनीतिमा भन्दा यसमा के फरक छ भने पटकपटक आश्वासन दिएर तडपाउनु भनेको सानो अन्याय होइन ।

तर, यसपालि भक्तमान श्रेष्ठको अपहरणका कारणले बन्द गरिएका चितवनका अस्पतालहरु १३ दिनपछि खुलेका छन् । चिकित्सकहरुको यो कदमको स्वागत गरिनुपर्छ भने अपहरणकारी भनिएका अभियुक्तहरु, माओवादीबाट सो अपराध भएको हो भने, त्यसको खोजी गर्नु अहिलेको टडकारो अवस्था हो । स्थानीय कार्यकर्तासँग भन्दा पनि उपल्लो तहका नेताहरुसँगै वार्ता गर्ने कि । -महेन्द्र । तस्वीरमा, एक अस्पतालमा भइरहेको उपचारको दृश्य ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 29, 2010 7:00 am
नेपालको सडकमा केही पनि देखिएन

अनुमान गर्नेले त गरेका थिए, समयमा संविधान घोषणा नभएको दिन नेपालमा केके हुने हो । त्यसो त संवैधानिक संकट आउने भनेर संविधानका ज्ञाताले चेतावनी दिइरहेकै थिए भने संविधान नबनाउने नेताहरुले झन् चर्को स्वरमा संकट आउने चेतावनी दिइरहेका थिए । चेतावनी कस्लाई भन्ने स्पष्ट छुट्याउन गाह्रो नै भएपनि यो आरोप प्रत्यारोप हो भन्ने प्रष्टै हुन्थ्यो ।

संविधान, विधान, न्याय जान्नेहरुका लागि वास्तवमा यो समय निकै नराम्रो बनेको छ । किनभने गरिएको वाचा पुरा नगर्नु प्रेममा मात्र होइन, राजनीति, लगायतका सबै क्षेत्रमा धोका हो । अहिले भएको धोका हो, जनतालाई । हो, नीतिगत विषयमा भएका उल्लंघनको सडकमा प्रत्यक्ष्ा असर देखिन्न होला, तर यसको मानसिक असर भने परिरहेकै हुन्छ ।

राजनीतिक बहस भन्ने यस्तै रहेछ कि भन्ने पर्न थालिसकेको सर्वसाधारणहरुमा । किनभने गणतन्त्र दिवस मनाएको तीन वर्ष भइसक्यो, गणतन्त्रको महसुस अर्थात गणतन्त्र आएपछि कुनै फरकपन नभएको भन्न कसैले पनि हिच्किचाउन्न । किनभने गणतन्त्र आएपछि सर्वसाधारण नागरिकले न त शान्तिसुरक्षाको पूर्ण अनुभुति गर्न पाएका छन्, न त विदेश भौंतारिने नागरिकहरुको संख्यामा कमी आएको छ ।

त्यतिमात्र होइन, भद्रगोल राजनीतिका कारण नै सबै भद्रगोल छ । एउटा नेटवर्किङ व्यावसायलाई व्यवस्थित गर्न त सकिएको छैन, कसरी भद्रगोल नहोस् । त्यतिमात्र होइन, आक्रमण, अपहरणका घटनाबारे कुरा गर्नु सस्तो भइसकेको छ । समाचार छापिएको विषयलाई लिएर पत्रकार र सञ्चारमाध्यमका गाडीमा आगजनी, तोडफोड हुने क्रम बढेको बढेयै छ । हो, यी समस्या गरिबी, अपहरण, बेरोजगारीका घटनाको तुलनामा साना हुनसक्लान् तर यिनी आँखीझ्याल बनिदिएका छन् ।

आरोप प्रत्यारोपको राजनीतिको कुरा त धेरै नगर्दा नै वेश होला । सामाजिक सुरक्षा, बेरोजगारी जस्ता विषय सम्बोधन हुनेगरी कहिले आउला सम्बोधन, अनि संविधानअनुसार काम भएर सम्वृद्धि भन्ने कुरा त गोल्डस्मिथ भेटाएको भन्दा कम्ती गाह्रो नहुनसक्छ । त्यही भएर होला, संविधान घोषणा नभएको अर्को बिहान सडकमा केही फरक देखिएन ।

निराशा छाएका अनुहार उस्तै, मान्छेको बोलचाल उस्तै, अनुशासन उही, प्रशासन उही, ट्राफिक व्यवस्था उही, चालचलन उही, त्यत्ति मात्रै हो, तेस्रो गणतन्त्र मनाइरहँदा । -महेन्द्र । तस्वीरमा, माओवादीले जलाइदिएको प्रेसको गाडी ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 26, 2010 10:21 am
दलहरु नै अधिनायकवादी भएको उदाहरण

... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 24, 2010 6:41 am
प्रहरी प्रशासन किसानलाई कुट्न सजिलो मान्छ

निहत्थालाई प्रहार गर्न निकै सजिलो हुन्छ । दश वर्षे द्धन्द्धमा राज्यका तर्फबाट प्रहरी र सेना अनि माओवादीले निकै धेरै निहत्थामाथि आक्रमण गरे । जसमा निम्नस्तरका मानिसहरु नै धेरै थिए । शक्ति भएपछि त्यसको प्रयोग गर्नु सामान्य हो, तर प्रयोग कहाँ गर्ने भन्ने महत्वपूर्ण हो, तर दुरुपयोग भइरहेका छन् ।

यही बीच, रासायनिक मल नपाएको विरोधमा प्रदर्शनमा उत्रिएका नुवाकोटका किसान र प्रहरीबीच नुवाकोट सदरमुकाम विदुरमा झडप भएको छ । झडपका क्रममा प्रहरीको लाठीचार्जबाट तीस जना किसान घाइते भएका छन । उनीहरुले समयमै संविधान जारी नभएको भन्दै सरकारविरुद्ध नारा लगाएका त थिएनन् । तर पनि प्रदर्शनमा उत्रकामाथि प्रहरीले लाठी नै प्रहार गर्‍यो ।

प्रदर्शनकारी किसानमाथि लाठी प्रहार गर्ने क्रममा प्रहरीले सडक छेउका घरमा बसिरहेका सर्वसाधारणलाई पनि लाठी प्रहार गरिएको छ । किसानहरुले मल नपाएको निहुँमा जिल्ला सहकारी संघ र कृषि विकास कार्यालयमा तोडफोड गर्नु पनि उपयुक्त थिएन होला । तर कुरा यतिमात्र होइन, मल उपलब्ध गराउनुपर्ने निकायले किन गराउन सकेनन्, त्यसको पनि खोजीनिती हुनु जरुरी छ ।

माओवादीको अखिल नेपाल किसान संघ क्रान्तिकारीले मल व्यापारीहरुको गोदाममा छापा मारेर मल विक्री गर्न जिल्ला प्रशासनलाई आग्रह गरेको छ । किसान संघले ब्यापारीहरुले कालो बजारी गर्न मल लुकाएको आरोप समेत लगाएको छ । राजनीतिक संगठनका सुझावलाई लिएर सरकारले कारबाही अघि बढाउनु आवश्यक छ, तर मलको विषयमा पनि राजनीति छिराउनु उपयुक्त हुन्न भन्ने प्रशासकहरुले बुझ्नुपर्छ । प्रशासकहरुले यस्तो अवस्था आउनुअगाडि नै बुद्धि पुर्‍याएको भए, बढी उत्तम हुन्थ्यो ।

मल नपाएको भन्ने किसानको माग सामान्य त हुँदै होइन । धादिङमा पनि रासायनिक मल नपाएको विरोधमा पृथ्वी राजमार्ग अवरुद्ध गर्न उत्रिएका किसान र प्रहरीबीच पनि झडप भएको छ । किसानको विरोधको स्वरुपको बारेमा अर्को बहस हुनसक्ला, तर उपयुक्त समयमा मल नपाउनु गम्भीर भएकोमा पनि सरकारले ध्यान किन सक्दैन, बुझिनसक्नु छ ।

किसानको प्रहरीसँग झडप हुँदा १३ जना घाइते भएका छन । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । राजनीतिक मुद्दालाई मात्र होइन, देशको अर्थतन्त्र धान्ने र नागरिक पालिने खाद्यान्न उत्पादनबारे पनि ध्यान आवश्यक छ । सामान्य नागरिकका लागि सरकार कहिले बनाउने भन्ने भन्दा पनि साँझ के खाने र बालबच्चालाई के खुवाउने भन्ने चिन्ता बढी हुनसक्छ । -महेन्द्र । प्रहरीको लाठीप्रहारबाट नुवाकोटमा घाइते किसान ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 21, 2010 5:57 am
खर्च गरेर जोगी बन्ने प्रवृत्ति

... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 18, 2010 5:36 am
युनिटीका नाममा भएको उत्पात

... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 16, 2010 5:36 am
अपहरण राजधानीबाटै हुने रहेछ

केही समययता, अपहरणका घटना विदेशका खबर मात्रै आउने गरेका थिए । खासगरी माओवादी मुलधारको राजनीतिमा आएपछि अपहरणका घटनामा कमी आएको थियो । यही अवधिमा हो, अपहरणका विषय पाकिस्तान, अफगानिस्तान लगायतका विदेशी भूमिमा भएको सुन्न पाइन्थ्यो । तर अपहरण फ्लुले नेपाललाई अझै छाडेको छैन ।

धादिङको झार्लङ्ग गाविस वडा नंबर ३ का सुरेन्द्र तामाङलाई गत वैशाख २४ गते माओवादी कार्यकर्ताले काठमाण्डौंको गोंगबुबाट अपहरण गरी वेपत्ता बनाएको तामाङको परिवारले दाबी गरेको छ । बैसाख २४ गते आमाको औषधी किन्न गोंगबुस्थित विनायक अस्पतालमा गएको बेला उनको अपहरण भएको र अपहरण लगत्तै सुरेन्द्रलाई गोंगबुकै फरवार्ड एकेडेमीमा पुर्‍याएको सुरेन्द्रकी श्रीमती मनिषा तामाङले दाबी गरेकी छन् । कुनैबेला अपहरणका घटना विकट तथा सुरक्षाको पहुँचभन्दा टाढा रहेका ठाउँमा हुन्थ्यो भने अहिले काठमाण्डौंमै ।

अपहरणको बेला सो ठाउँमा फरवार्ड एकेडेमीमा माओवादी कार्यकर्ताले आन्दोलनका लागि अस्थायी क्याम्प खडा गरेका थिए । माओवादी कार्यकर्ताले आमहडताल अर्थात आन्दोलनका बेलामा अपहरण गरेको आरोप लाग्नु झन् उदेकलाग्दो विषय हो । माओवादी नेताहरुले हडताल शान्तिपूर्ण रहेको दाबी गरेपनि दाबी, दाबी नै सीमित होलाजस्तो छ ।

पत्रकार सम्मेलन गरी मनिषाले आफना श्रीमानको जीवन रक्षा र सकुशल रिहाईका लागि सवै पक्षसँग आग्रह गरिन् । अपहरण भएपछि खोजविनका लागि प्रशासनले काम गनुपर्नेमा पत्रकार सम्मेलन गर्नुपर्ने बाध्यता पनि विडम्वना नै हो । अपहरणबारे महाराजगञ्ज प्रहरी वृत्तमा किटानी उजुरी दिएपनि प्रहरीले हालसम्म कुनै पहल नगरेको गुनासो पीडितले गरेकी छन् । सामान्य सूचनाका आधारमा गर्नुपर्ने काम प्रशासनले उजुरी दिंदा पनि गरेको देखिएन् ।

बालाजु माछा पोखरीमा म्याग्दी गेष्टहाउस चलाउँदै आएका प्रेम चोखाईले सुरेन्द्रलाई अपहरण गरी फरवार्ड एकेडेमीमा पुर्‍याएको जानकारी दिएको परिवारजनले बताएका छन । चोखाईलाई पनि माओवादीले तीन घण्टा थुनेर मुक्त गरेको बताइन्छ । अपहरण भएकाको अवस्था मात्र होइन, अपहरणमुक्त भएकाको भनाईअनुसार पनि माओवादी कार्यकर्ताले अपहरण गरेकाको संख्या अरु पनि छ कि । शान्तिपूर्ण आन्दोलन भएको भन्ने माओवादी नेताहरुले यता पनि ध्यान दिने कि । -महेन्द्र । तस्वीरमा, माओवादी आन्दोलनका क्रममा सुरक्षाकर्मी ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
May 14, 2010 7:31 am
नागनागिनको कथा र अस्तव्यस्तता

... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 0 )
 
May 13, 2010 6:53 am
उद्योगीले राजनीति गर्न थाले

... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 1 )
 
[ First ] [ Prev ] 1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10 [ Next ] [ Last ]

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More