April 02, 2011 10:15 pm
निर्दयी पि्रयसी

मेरो हजुर तपाईं मात्र हो यदि तपाईंकी जीवन साथी हुन सकिनँ भने यो संसारमा अरू कसैकी हुने छैन । तपाईंका लागि एक वर्ष त होइन, दसौं वर्षसम्म पनि अलिकति अभाव महसुस नगरी बसिरहनेछु- भन्ने तिम्रा शब्दहरू अझै मेरो कानमा गुन्जिरहेका  छन् ।

तिम्रो नक्कली मायालाई सक्कली माया दिएर ठूलो गल्ती गरेछु । म त खाडी मुलुकमा चर्को घाम धूलो धुवाँसँग मिसिएर पसिनाको पर्वाह नगरी रुपैयाँको बिट्टो पठाउथें । त्यसबेला लाग्थ्यो, म तिम्रा लागि जति पनि दुःख उठाउन सक्छु ।

तिम्रा लागि खाडीको बगरमा पल-पल मर्दै भए पनि पसिनाले पैसा साट्न सधैं तल्लीन रहेँ । एक पटक थोरै याद गर,  तिमीले मलाई पठाएको पत्रमा भनेकी थियौं- यो पत्र होइन, यो मुटुको जलन अनि ढुकढुकी हो । प्राणभन्दा पनि प्यारो मुटुमा हृदयभरिको माया  अनि अविरल सम्झना एवं अगाढ प्रेम केवल मेरो मुटुका लागि केवल मेरो मनको राजाका लागि ।' तिमीले पत्रमा लेखेकी थियौं, 'शारीरिक रूपले स्वास्थ्य रहे पनि म मानसिक रूपले अस्वस्थ्य छु । किनभने मेरो माया कतै टाढा छ, तर पनि म हजुरसमक्ष आउने  प्रयास गरिरहेकी छु ।

मैले भगवान्सँग कहिल्यै केही मागिनँ, भगवान् आफैं खुसी भएर दिनुहुनेछ ।' तिम्रा ती शब्दहरू नक्कली होलान् भनेर म कसरी अविश्वास गर्न सक्थें ? मलाई तिम्रो पत्रका शब्द-शब्दले घोचिरहेका छन् । पत्रमा तिमीले लेखेकी थियौं, 'आज हजुरको सुस्वास्थ्य, दीघार् यु तथा उत्तरोत्तर प्रगतिका लागि भगवान्समक्ष यो मुख खोलें । म केवल हजुरकी हुँ, तसर्थ हजुरकै  भएर बाँच्न पाउ“m, मात्र हजुरकै ।

आज मलाई लाग्छ, शब्दहरूले यसरी धोका दिन सक्छ ? अथवा मनमा कालो हुँदाहुँदै पनि यस्ता शब्द कसरी निस्किएर सफा कागजलाई धमिल्याउन सक्छन् ?

यस्तो पत्र आउँदा मेरो जीवनमा कति खुसी छायो ? म मरुस्थलमा एक्लै रोएको थिएँ ती पत्र पढ्दा । मलाई लाग्थ्यो, म संसारको सबैभन्दा भाग्यमानी मानिस हुँ, किनभने मलाई माया गर्नेले जीवन पखालेर माया गर्छे ।

दुई वर्षसम्म कतारको चर्कोघाम अनि तातोहावासँग पौठेजोरी खेल्दै जीवनको अमूल्य समय बिताएर म त्रिभुवन अन्तर्राष्ट्रि्रय बिमान स्थलमा आवतरण गरेँ । सायद त्यो दिन मेरो जीवनको ठूलो उपलब्धिको दिन थियो । चैत्र महिनाको उजाड पाखामा लालीगुराँस  ढकमक्क फूलेर वनै उज्यालो भएजस्तै थियो मेरो मन । मेरा लागि तिमी हातमा फूलको गुच्छा लिएर स्वागत गर्न आएकी हुनुपर्छ भन्ने सोच्दा मेरा आँखामा आँसु छछल्किन्थे, तर त्यहाँ कोही थिएन । पछि थाहा भयो, मेरो संसार लुटिसकेको छ । पैसा पठाउन्जेल  मात्र उनी मेरी थिइन् । उनीजस्तै युवतीका कारण माया बद्नाम भएको छ ।

(more)
Filed under:  Fun ( 32 ) -  NepalHorizons
Comments ( 4 )
 
April 01, 2011 7:39 pm
माउ बिनाको सुरक्षा संकटपूर्ण

घरको माउ बाबुआमा भएजस्तै देशको सुरक्षा व्यवस्थाका माउ मानिने गृहमन्त्रालयको गृहमन्त्री नहुदा देशकै सुरक्षा व्यवस्था संकटमा परेको छ । अहिलेसधैं खचाखच र व्यस्त रहने गृह मन्त्रालय लामो समययता सुनसान देखिन्छ । ५५ दिनदेखि मन्त्री छैनन् । गृहसचिव गोविन्द कुसुम नयाँ सरकार निर्माणसँगै कुनै पनि बेला सरुवा हुने अनुमान गर्दै काममा सक्रिय छैनन् । मन्त्रालयको अत्यन्तै जरुरी दैनिक कामबाहेक उनी केही हेर्दैनन् । झन् अहिले त उनी गृहमन्त्री नभएकै अवस्थामा दोस्रो पटक विदेश भ्रमणमा छन् ।
मन्त्रालयको प्रमुख जिम्मेवारी रहेको शान्ति सुरक्षा महाशाखाका प्रमुख जयमुकुन्द खनाल सचिव पदका प्रत्यासी भएरै उनी विवादमा फस्ने डरले ठूला निर्णय लिन चाहेका छैनन् ।
नेपाल प्रहरीका महानिरीक्षक रमेश चन्द ठकुरी सुडान घोटाला प्रकरणले तनावमा छन् । अख्तियारले उक्त प्रकरण अनुसन्धान गरिररहेको छ । ठकुरी सुडान घोटाला प्रकरणका दोषी हुन्रहोइनन् रु आयोगले उनीविरुद्ध पनि मुद्दा चलाउँछरचलाउँदैन रु भन्ने जिज्ञासाले प्रहरी अधिकृतहरू अन्योलमा छन् । आयोगले ठकुरीमाथि पनि आरोप लगाई मुद्दा दर्ता गरे तत्काल उनी निलम्बन हुने स्थिति छ । नेपाल प्रहरीका उच्च अधिकृतहरू संगठनमाथि रहेको यो अन्योल तत्काल हटाउन माग गरिररहेका छन् ।

केही प्रभावशाली राजनीतिक नेताले यही मौकालाई कमाउने अवसरका रूपमा लिन थालेका छन् । स्रोतका अनुसार एक समूह चन्दलाई टिकाउने खेलमा लागेको छ भने अर्को समूह नयाँ प्रहरी प्रमुखको खोजीमा छ ।

सशस्त्र प्रहरी बलका प्रमुख सनत बस्नेतको सेवा अवधि ३० वर्ष पुग्न लागेको छ । मन्त्रालयले यसअघि अडान लिएर लागू गरेको तीसवर्षे नीतिले निरन्तरता पायो भने बस्नेतले असार पहिलो साता अवकाश पाउने छन् । राष्ट्रिय अनुसन्धान विभागका अशोकदेव भट्टले पनि असारमै ३० वर्षे सेवा अवधिकै कारण अवकाश पाउँदै छन् । गृह र प्रहरी प्रशासनलाई पछाडिबाट ठूलो भरोसा दिने दुवै संगठनका प्रमुखहरू बस्नेत र भट्ट भविष्यको गृहमन्त्रीले अपनाउने रणनीतिको प्रतीक्षामा छन् । गृह मातहतका तीनैवटा सुरक्षा निकायका अधिकृतलाई तीस वर्ष सेवा अवधि पुगे पनि मन्त्रिपरिषद्ले आवश्यक ठाने दुई वर्ष थप गर्न सक्ने प्रावधान छ ।
एक वर्ष पुगेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ० र जिल्ला प्रहरी प्रमुखको सरुवा हुने आम प्रचलन भए पनि दुई वर्ष पुग्न लाग्दासमेत उनीहरूको हेरफेर भएको छैन । एक वर्षअघि सरुवाका लागि खुट्टा उठाएका जिल्लाका हस्ती मानिने सीडीओ र प्रहरी प्रमुख काम चलाउन निर्णय गर्दै बसेका छन् ।
संविधान जारी हुने दिने जेठ १४ नजिकै आउँदै छ । तराईमा हत्या र विस्फोटको समस्या देखिन सुरु भएको छ । संविधानसभा, संसद् र समितिहरूमा पार्टीहरूको कलह कुर्सी हानाहानमा पुगेको छ । मजदुर हडतालका कारण... (more)

Filed under:  Constitution ( 34 ) -  NepalHorizons
Comments ( 4 )
 
March 31, 2011 9:09 pm
एउटै अर्थ नीतिमा बाबुराम, रामशरण र प्रकाशचन्दको धारणा

पूर्व अर्थमन्त्रीहरु बाबुराम भट्टराई, रामशरण महत र प्रकाशचन्द्र लोहनी नयाँ अर्थनीतिका विषयमा एकमत देखिएका छन्। नियमन सहितको उदार र पुँजीवादी अर्थनीतिलाई अगाडि बढाउने विषयमा उनीहरु एकमत देखिएका हुन्।

नयाँ संविधानका लागि संसदीय समितिले तयार पारेको मस्यौदामा समाजवाद उन्मुख मिश्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ। अन्तरिम संविधानमा राज्य, नीजि क्षेत्र र सहकारीलाई प्राथमिकता दिने व्यवस्था छ। नयाँ संविधान निर्माण क्रममा केही संसदिय समितिमा अर्थनीतिका विषयमा अन्योलपूर्ण प्रस्ताव आएका छन्। तर पूर्व अर्थमन्त्रीहरुले अर्थनीतिमा समान धारणा राखेका छन्।

नेपाल उद्योग परिसंघ ९सिएनआई० र आर्थिक संघले राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा पुर्व अर्थमन्त्रीहरुले उदार र समाजवादका सकारात्मक पक्ष अवलम्वन गर्ने बताएका हुन्। ुपरम्परागत रुपमा उदारवाद र समाजवादका अर्थनीति अवलम्वन गर्न सम्भव छैनु पुर्व अर्थमन्त्री महतले भने(ुदुवैलाई समाहित गर्ने आर्थिक नीति आवश्यक छ।ु

नियमन सहितको उदार अर्थनीति नै मुलुकका लागि उपयुक्त रहेको तर्क उनीहरुले दिएका छन्। बलियो राज्य र उदाररुपमा काम गर्ने वातावरण नीजिक्षेत्रलाई दिनुपर्ने उनीहरुले बताए। ुबलियो नियामक निकाय सहितको उदार अर्थनीतिमा प्रतिस्पर्धा, पारदर्शिता, एकाधिकारको अन्त्य र कानुनको शासन अत्यावश्यक हुन्छु पूर्व अर्थमन्त्री लोहनीले भने।

माओवादीले पुँजीवादी अर्थनीतिलाई नै अलवम्वन गर्ने बताएको छ। व्यक्तिको नीजि स्वामित्वको विकासलाई नै प्राथमिकता दिने नीति उसले लिने भएको छ।
ुआर्थिक नीतिका सम्वन्धमा द्विविधा राख्न जरुरी छैनु पुर्व अर्थमन्त्री तथा माओवादी उपाध्यक्ष भट्टराईले भने(ुपुँजीवादी अर्थतन्त्र नै हामीले अवलम्वन गर्ने हो।ु
पुँजीवादको विकास नभै समाजवाद आउन नसक्ने जनाउँदै उनले माओवादीको आर्थिक नीति पुँजीवाद नै भएको बताए।ुराष्ट्रियकरण होला कि भनेर नडराउनुहोसु भट्टराईले भने(ुबाहिरिएको पुँजी मुलुकमै ल्याएर काम लगानी गर्नुहोस।ु क्रान्तिकारी नारा दिएपछि मुलुकबाट पुँजी बाहिर गएको गुनासो महतले गरेपछि उनले यस्तो आग्रह गरेका हुन्।

माओवादीको घोषणा पत्रमा ुनयाँ संक्रमणकालीन अर्थनीतिु अवलम्वन गर्ने उल्लेख छ।

नीजी क्षेत्रलाई विकासको बाहकको रुपमा अगाडी बढाउनुपर्नेमा पुर्व अर्थमन्त्रीहरुको एउटै धारणा छ। ुनीजिक्षेत्रलाई राज्यको ढुुकुटि दिने नभै अरु अवरोध हटाउनुपर्छु महतले भने। नीजिक्षेत्रको विकासको उदार नीति अवलम्वन गरिएकोले राज्यको ढुकुटीमा आउने राजस्व १२ अर्ब बाट बढेर २ खर्ब नाघेको उनले बताए।
अर्थनीतिको मोडलमा बहस गर्न आवश्यक नभएको उनीहरुले बताए। ुविभिन्न मोडलको छलफल गरेर अन्योल सृजना गर्न दिनु भएनु... (more)

Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 3 )
 
March 30, 2011 11:14 pm
महिला दूध आइसक्रिममा छड्के

लन्डनमा हालै सञ्चालनमा आएको महिलाको दूधद्वारा निर्मित आइसक्रिमको बिक्री-वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । बेबी गागा नामको उक्त आइसक्रिम वितरणमा आएपछि प्रशासनले त्यसको गुणस्तरप्रति चासो देखाउँदै बिक्रीमा उक्त  प्रतिबन्ध लगाएको हो । मानिसको दूधबाट विभिन्न किसिमका भाइरस र हेपाटाइटिसजस्ता रोग सर्न सक्ने देखिएपछि प्रशासनले त्यसको गुणस्तर परिक्षण गर्न बिक्रीमा प्रतिबन्ध लगाएको बताइन्छ । विक्रेता आइरक्रिमिस्टले भने दूधको परीक्षण गरेर मात्र आइसक्रिम  बनाउने गरेको बताएका छन् । उक्त कम्पनीले निर्धारण गरेको भाडामा महिलाले आफ्नो दूध जम्मा गरेर कम्पनीलाई बुझाउनुपर्छ । कम्पनीले प्रतिबोतल १ हजार ६ सय रुपैयाँभन्दा बढीमा दूध खरिद गर्दै आएको छ ।
बेलायतको कानुनअनुसार मानिसको दूधबाट बनेको परिकार बिक्री गर्नुलाई गैरकानुनी नमानिने हुँदा यसको बिक्रीलाई कुनै किसिमको रोक नलाग्ने कम्पनीले जनाएको छ । अहिले यो कम्पनीलाई भिक्टोरिया हिलीले दूध आपूर्ति गर्दै आएकी छिन् । दैनिक ३० बोतल  दूध आपूर्ति गर्दै आएकी भिक्टोरियाको दूधबाट ५० जनालाई पुग्ने आइसक्रिम उत्पादन हुने गरेको छ । कम्पनीले अनलाइनमार्फत पनि महिला दूधको माग गरिरहेको छ । आइसक्रिम पार्लरले अहिले बेबी गागा आइसक्रिमका साथमा दूध पनि बिक्री गर्न थालेको छ ।

(more)
Filed under:  Fun ( 32 ) -  NepalHorizons
Comments ( 6 )
 
March 29, 2011 11:31 pm
अर्थमन्त्री अधिकारी र अर्थसचिव खनालको जुधाई

देशको अर्थतन्त्रको मेरुदण्ड अर्थमन्त्रालय भित्र मन्त्री र सचीवको वैचारिक लडाइले अन्ततः अर्थसचीव रामेश्वर खनाल राजीनामा दिन बाध्य भएको सार्वजनिक भएको ।नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यावसायिक घरानालाई कारबाही गरेर दबाब झेलिरहेका अर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्रीसँगको मतभेदपछि मंगलबार राजीनामा दिएका हुन्। अर्थमन्त्री भरतमोहन अधिकारीले एमाले र माओवादीका उच्च नेतासमक्ष आफूलाई सरकारविरोधी र काम गर्न नदिनेु रूपमा प्रस्तुत गरेको थाहा पाएपछि खनालले राजीनामा स्रोतले बताएको छ ।नयाँ सरकार गठन भएदेखि नै नक्कली भ्याट बिल प्रकरण, कर्मचारी सरुवा र पुरक बजेटलाई लिएर दुईबीच मतभेद थियो। खनाल निकट स्रोत अनुसार अधिकारी आफूलाई सरुवा गराउन उच्च राजनीतिक लबिङमा लागेको जानकारी पाएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन्।
पुरक बजेटका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित प्रधानमन्त्री निवासमा बिहान उच्चस्तरीय बैठक राखिएको थियो। तर, खनाल त्यसमा भाग नलिई मंगलबार बिहान घरमै टाइप गरेको राजीनामा बोकेर सोझै मुख्य सचिव माधबप्रसाद घिमिरेकहाँ पुगे। घिमिरेले तत्काल राजिनामा नदिन र केही दिनका लागि विदामा बस्न सल्लाह दिएको स्रोतले बतायो। घिमिरेले नमानेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गराई उनी अर्थ मन्त्रालय गएका थिए। त्यहाँ पुगेर उनले कार्यालयको नाममा रहेको आफ्नो इमेल बन्द गराए। वेबसाइटबाट आफ्नो फोटो हटाए। त्यसपछि केही उच्च कर्मचारीलाई अहिलेसम्म सहयोग गरेकोमा धन्यवाद दिँदै आफू १५ दिनको विदामा बसेको र त्यसपछि पनि अर्थ मन्त्रालय नआउने जानकारी दिए। राजीनामा दिएको भने खुलाएनन्। मुख्य सचिव घिमिरेले पनि खनालले १५ दिनको विदा लिएको, तर राजीनामा नदिएको सञ्चारकर्मीलाई बताए।अर्थसचिव खनालले नक्कली भ्याट बिल प्रकरण, कर्मचारी सरुवा, पुरक बजेट र घरजग्गामा कर्जा रोक्का गरी ४ क्षेत्रबाट दबाब झेलिरहेका थिए। यिनै व्यावसायिक समूहले अर्थमन्त्रीलाई प्रभावमा पारी खनाललाई हटाउन उच्च राजनीतिक तहसम्म लबिङ गरेका हुन्। नक्कली भ्याट कारोबारबाट करिब १० अर्ब रुपैयाँ राजस्व छली भएको अर्थ मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यसमा ठूला व्यावसायिक घराना जोडिएका छन्। यही समूहले अघिल्लो सरकारको पालामा पनि खनाललाई हटाउन लबिङ गरेको थियो। त्यतिखेर अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर छल्ने व्यवसायीलाई जुनसुकै हालतमा कारबाही गरिछाड्ने अडान लिएपछि व्यवसायीको प्रयास सफल हुन सकेन। नयाँ सरकार गठनलगत्तै फेरि त्यही समूह अर्थसचिव खनाललाई हटाएर छानबीन प्रक्रिया बन्द गराउने अभियानमा छ। अर्थमन्त्री अधिकारी अडान लिन नसक्ने र व्यापारीको कुरा बढी सुन्ने प्रवृत्तिका भएकाले यो समूहका लागि खनाल... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 4 )
 
March 29, 2011 2:55 am
बूढा गोरुको लडाई किन ?

लडाई मुख्यत दुई प्रकारका मान्ने गरिन्छ । बौद्धिक लडाई र हतियारको लडाई । हतियारको लडाइृले केही समय क्षणिक रुपमा सफलता पाउँछ र निश्चित समयको लागि हतियारको लडाई मान्य हुँदै आएको छ । बिध्वंस र धनजनको क्षति हतियारको लडाईले गराउँछ तर बैौद्धिक त्यस्तो लडाई हो जुन कलमबाट र मस्तिष्क सोचाइको आधारमा जन्मन्छ । जसले जहिले पनि बिचारको राजनीति र स्वतन्त्रतालाई बढवा गरिहेको हुनछ । नेपाली राजनीति पनि बढी बिचारको राजनीतिले अन्तरसंघर्ष लिदै आएको छ । जसले राजनीतिक पार्टीहरुलाई समय समयमा विभाजित र टुक्रित बनाउने गरेको छ । हतियारको लडाईबाट शान्ति प्रक्रियाको राजनीतिक धारमा आएको एकीकृत माओवादी पार्टीभित्र अहिले चरम अन्तरसंघर्षको लडाई मौलाइरहेको छ । माओवादीमा अन्तरसंघर्ष बेला बेलामा छताछुलल हुने गरेर पोखिदै आएको छ । यो  अन्तरसंघर्षले पार्टीभित्र फुटको अवस्था आउन सक्ने राजनीतिक विश्लेषकहरुको ठम्याई छ । यस अवस्थाको निकास दिन अहिले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य र अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आ९आफ्नो पक्षमा छुट्टाछुट्टै बैठक गर्न थालेका छन् । पार्टीभित्रको चर्को विवादका कारण पार्टीले मन्त्री हुने व्यक्तिसमेत चयन गर्न सकेको छैन । उपाध्यक्ष भट्टराईले आफ्नो निवास सानेपामा गोप्य बैठक गरेको अर्को दिन सोमबार अध्यक्ष दाहाल र उपाध्यक्ष वैद्यको बैठक नयाँ बजारमा बसेको छ । बैठकमा भट्टराईलाई नबोलाएको स्रोतले जनाएको छ । बैठकमा भट्टराईले आइतबार आफूमाथि पार्टी फुटाउन लागेको आरोप लगाएर पार्टी कब्जा गर्न खोजेको भनेकोबारे छलफल भएको थियो ।चुनबाङ बैठकका बेला पार्टी फुट्योरफुट्यो जस्तो भएको थियो । राज्यले आफ्नै नेताको टाउकामा पेस्तोल तेस्र्याएको भनेर प्रचार गरेको थियो,अन्ततः एकता भयो र गणतन्त्र ल्याउन मद्दत गर्‍यो ।एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराईबीचको विवाद आन्तरिक रूपमा पुनः वाकयुद्धमा उत्रिएका छन्। दुवै पक्षले आ(आफ्ना निवासमा निकटस्थ नेताहरूसँगका भेटघाटबीच एकार्काबीच आरोप प्रत्यारोप गर्नेक्रम तीव्र भएको छ।पछिल्लोपल्ट मजदुर संगठनमार्फत छताछुल्ल हुँदै गए पनि दाहाल(भट्टराई सम्बन्ध ुसात बुँदेु प्रति भट्टराईसहितका नेताहरूको ुनोट अफ डिसेन्टु, उनी पक्षधर सांसदहरूको हस्ताक्षर प्रकरणदेखि चुलिूदै आएको हो।दाहालले पछिल्लोपल्ट सोमबार बिहान आफू निकट पार्टी पदाधिकारी र मन्त्रीसँगको अनौपचारिक छलफलमा भट्टराईले पार्टीमा ुगुटगत राजनीति गरेकोु आक्रोश पोखे।आन्तरिक विवादका कारण स्थायी समितिको बैठक समेत बस्न नसकेकाले आफूलाई गम्भीर बनाएको दाहालले बताएका थिए। अहिले सबैभन्दा समस्या मजदुरमा देखिएको स्वीकार्दै ुत्यसबारे बढी गम्भीर भएर जानेबारेु छलफल भएको... (more)

Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 3 )
 
March 28, 2011 1:22 am
बम आतंकमा तराइका जिल्लाहरु

शान्ति सुरक्षा खाई भन्ने अवस्थाको नेपालमा सिर्जना भएकेल । mनयाँ सरकारले शान्ति तथा संबिधान कार्यलाई बलियो बनाउने जनउदै आए पनि तराईका जिल्लहरुमा केही दिन यतादेखि बम आतंक फैलिएको छ । तराईका जिल्लाहरूमा जनजीवन आतंकित बनाउने गरी सार्वजनिक यातायातहरूमा एकाएक शृंखलाबद्ध विस्फोट भएका छन् । पछिल्ला तीन दिनमा भएका विस्फोटहरूमा मात्रै कम्तीमा ४३ जना घाइते भएका छन् । यी घटनाले तराईको जनजीवन आतंकति बनाउदै लगेको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेका बताए पनि भनेजति सरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले दिन सकिरहेको छैन । मधेसी तीन दलका नेताहरूको भारत भ्रमणपछि तराईका जिल्लाहरुमा यो घटना बृद्धि भएको हो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीको महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा, बारा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके र बर्दियामा प्रभाव छ । भगतले नेपाल(भारत सीमा क्षेत्रमा रहेर मुलुकमा हिंसात्मक गतिविधि चलाउँदै आएको प्रहरीले जनाएको छ । काठमाडौंको सुरक्षा स्थिति तत्काल मजबुत पार्न कम्तीमा दुई सय जनशक्ति र डेढ सय मोटरसाइकल चाहिने प्रहरीको दाबी छ । विभिन्न स्थानमा यात्रुबाहक बसम श्रृखंलावद्ध ढंगले बम विस्फोटका घटना भइरहेको बेला काभ्रेमा पनि आइतबार राति एक यात्रु वाहक बसमा विस्फोट गराइएको छ । बसमा कुनै यात्रु नरहेकाले मानवीय क्षति भएको छैन । कोसी पारीको सानोवाङथली(२ लाहुरे देउराली भन्ने स्थानमा रोकि राखेको बा।२।ख ५७७१ नम्बरको बसमा राति २ बजे अज्ञात व्यक्तिले बम फालेका थिए । बम विस्फोटबाट बस क्षतिग्रस्त भएको छ । घटनास्थलमा संयुक्त राष्ट्रिय जातीय मुक्ति मोर्चाको पर्चा भेटिएको छ । पर्चामा जनविद्रोह अभियान लेखिएको छ । कोहलपुर सडक खण्डमा गुडिरहेको बस भित्र शनिबार बम बिष्फोट हुदा ६ जना यात्रु घाईते भए । शनिवार नै बांकेका तीन र बर्दिया जिल्लाका चार ठाउँमा बम फेला पर्‍यो । श्रृखंलाबद्ध ढंगले राखिएका यस्ता बम र बिष्फोटका घटनाले स्थानियवासी त्रसित भएका छन । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदैगरेको ना ४ ख १३३२ नम्बरको बसमा बम विस्फोट हुँदा शनिवार दिउसो ६ जना यात्रु घाईते भए । शुक्रवार राति नेपालगन्ज ( ५ देवाफुलबारी स्थित प्रेम थापाको घरमा बिष्फोट गराईयो । बिहीवार नेपालगन्ज( २ घरबारिटोलमा बम बिष्फोट भयो । उक्त बिष्फोटबाट स्टार लजका एक कर्मचारी घाईते भए । बिष्फोट बाहेक शनिबार एकै दिन बाके र बर्दियाका सात ठाउमा बम फेला परेको प्रहरीले जनाएको छ । श्रृखलावद्ध विस्फोटनका घटनाले स्थानिय त्रसित भएका छन । घटनाको जिम्मेवारी फोन मार्फत भुमिगत सशस्त्र समुहहरुले लिने गरेपनि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । जसले गर्दा असुरक्षा बढेको स्थानीय बताउँछन् । शनिवार... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 4 )
 
March 26, 2011 8:08 pm
गोर्खा बैंकप्रति जनविश्वास गुम्दै

बैंक र बित्तिय संस्थाहरुको कामकाज बुझिनसक्नुको छ । सञ्चालकहरु गैरजिम्मेवार हुन् की कर्मचारीहरु वापदाधिकारीहरु त ? यो कुराको गहिरिएर अध्ययन गर्ने हो भने सबैभन्दा बढी दोषी त सञ्चालकहरु नै हुन् । सर्वसाधारणको पैसामाथि कुदृष्टि सञ्चालकहरुको रहदा र आफूखुशी आफ्नो प्रयोजनमा ल्याउने काम गर्दा बैंकमा खराब अवस्था सिर्जना हुन्छ नै । अहिले नाम चलेको गोर्खा विकास बैंक खराब अवस्थामा रहेको राष्ट्र बैंकले घोषणा गरेको छ । बैंक समस्याग्रस्त घोषणापछि सर्वसाधारणहरु आफ्नो निक्षेप झिक्न ओइरिएका छन् र शुक्रबारमा मात्र गोर्खा डेभलपमेन्ट बैंकबाट निक्षेपकर्ताले २७ करोड रुपैयाँ निकालेका छन्। केन्द्रिय बैंकले बिहीबार बैंकलाई समस्याग्रस्त घोषणा गर्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ। केन्द्रिय बैंकले बैंकका कार्यकारी अध्यक्ष डिबी बम्जनलाई पाँच लाख रुपैयाँ जरिवाना गर्दै पदबाट निलम्वन गर्ने भएको छ। कार्यकारी अध्यक्ष डिबी बम्जनको अगुवाइमा अब्दुल कवाडीलाई दिएको १२ करोड ४१ लाख कर्जा दुरुपयोग भएको तथा कमलादीस्थित जग्गा खरिदका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड रुपैयाँ बैना दिएकाले उनलाई निलम्बन गर्न लागिएको राष्ट बैंकले जनाएको छ । आगामी १५ दिनपछि बैंकमा नयाँ सञ्चालक समिति बैंकमा ल्याउने तयारी पनि राष्ट बैंकले गरिहेको छ । बैंक डुब्ने र आफ्नो रकम हराउने डरले निक्षेपकर्ताको शुक्रबार बैंकमा निक्षेप झिक्नको लागि लाइन लागेपछि बैंकले वढीमा एक लाख रुपैयाँसम्मको मात्र निक्षेप फिर्ता गरिरहेको छ। बैंकले अन्तर शाखा कारोबार सेवामा समेत रोक लगाउँदै खाता खोलेकै शाखाबाट मात्र निक्षेप झिक्न पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकका अनुसार बैंकको पुँजी पर्याप्तता अनुपात २ प्रतिशतमा झरेको छ। जबकी यो १० प्रतिशतभन्दा माथि हुनु पर्छ। केन्द्रिय बैंकले यो अनुपात १० प्रतिशतभन्दा माथि पुर्‍याउनलाई संस्थापक सेयरधनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। बैंकको निस्किृय कर्जा पनि १७ दशमलव ५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले यो कर्जा ५ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ। डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष झपट वोहोराको नेतृत्वमा बैंक सञ्चालकको एक टोली राष्ट्र बैंकसँग गुनासो गर्न शुक्रवार गएको थियो। उनीहरुले डेपुटी गभर्नर गोपाल काफ्लेलाई भेटेका थिए। बैंकको आर्थिक अवस्था विग्रिनसकेकाले निक्षेपकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको राष्ट बैंकले बताएको छ। बैंक सञ्चालकले राष्ट्र बैंकसँग असल कर्जा तथा सम्पतिको धितोमा पैसा उपलब्ध गराउन आग्रह गरेको थियो। बैंक सञ्चालकका अनुसार बैंकसँग अहिले चारअर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। दश दिनअघि यो साढे पाँच अर्ब थियो।अहिले भएको निक्षेपमध्ये ५० प्रतिशत संस्थागत... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 3 )
 
March 25, 2011 9:22 pm
असहमतिको गाइजात्रे राजनीति

नेपाली राजनीतिको पाठ सिकिनसक्नुको छ । आ आफ्नै स्वार्थ र शक्ति हत्याउने राजनीति दाउपेचले नेपालको राजनीतिक छवी बिग्रदै गएको छ । शान्ति प्रक्रियाको ५ वर्षे राजनीतिक सहयात्राको कठिन मोड जहिले पनि असहमति बीच नै गुज्रने आएको छ । माओवादी राजनीतिक धारमा फर्केपछि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने राजनीतिक सहमतिको यात्रा कहिल्यै टुंगोमा पुग्न सकेको छैन । २ वर्षभित्र संबिधान निर्माण गर्ने सहमति राजनीतिक दलहरुमा जुट्न त सकेन नै र । थपिएको १ वर्षको समयावधि पनि सकिनै लागेको छ तर अझै राजनीतिक सहमति जुट्न सकेको छैन । तीन राजनीतिक दलहरुको मुख अहिले तीनतिरै फकिएको छ । काँग्रेस र लोकतान्त्रित धारका राजनीतिक दलहरु गणतान्त्रिक संबिधान बनाउन चाहिरहेका छैन भने माओवादी लोकतान्त्रिक संबिान बनाउन चाहिरहेको छैन । यस अवस्थामा कसरी राजनीतिक सहमति कायम हुन सक्ला र ? शंकाको घेराले नै नेपाली राजनीतिलाई अन्योयलमा पार्दै लगेको छ ।अहिले संविधानसभाका दुई ठूला दल माओवादी र कांग्रेसले जेठ १४ भित्र दलहरुबीच सहमति भई संविधान जारी गर्न सक्ने अवस्था क्षीण बन्दै गएको बताइरहेका छन् र यसबाट मुलुक गम्भीर दुर्घटनामा जाने निष्कर्षमा पुगेका छन्।एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएदेखि संबाद टुटेको दुई दलबीच शुक्रबार पहिलो पटक भएको औपचारिक वार्तामा तोकिएको समयमा संविधान जारी गर्न प्रमुख दलहरुबीच सहमति आवश्‍यक भएको निष्कर्ष निस्किएको छ। सबै नेताहरु सहमतिको विकल्प छैन भन्छन् तर बैठक बिना निष्कर्षमा पुगेको जानकारी गराउँछन् । अनि कहाँबाट होला त राजनीतिक सहमति । सेना समायोजन मोडालिटि र लोकतान्त्रिक संविधानमा सहमति भए जेठ १४ भित्रै संविधान जारी गर्न सकिने कांग्रेस दलको भनाई बाहिर आए पनि उ बामपन्थीहरुको सहमति चाहदैन । नेतृत्व कसले गर्ने र संबिधानको जस कुन पार्टीले लिने भन्ने कुराले राजनीतिक दलहरु एक आपसमा नै बाँझिरहेका छन् ।दलहरुको आ आफ्नै अडानले शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रिया समयमा नै बन्ने अवस्था देखिदैन ।जेठ १४ भित्र संविधान जारी गर्न नसके जनतामा नकरात्मक सन्देश जाने कुरा राजनीतिक दलहरुको नेताहरुलाई थाहा त छ त

(more)
Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 2 )
 
March 24, 2011 8:05 pm
ऊर्जा संकटकालले लोडसेडिङ घटला त?

नेपालमा सबैभन्दा ठूलो 'इस्यु' लोडसेडिङ भएको सर्वविदितै छ । उठ्ता बत्ती छैन, सुत्ता बत्ती छैन । उद्योगभन्दा कलकारखाना बिद्युत आपूर्ती नहुदा दशेकै अर्थतन्त्रको आधारहरु तहसनहस भएका छन् । नेपालका कुनै पनि सरकारले लोडसेडिङको विषयमा गम्भीर रुपमा हेरेनन् तर सकारात्मक पक्ष अहिलेको नयाँ बनेको एमाले माओवादीको सरकारले उर्जा क्षेत्रमा ४ वर्षिय योजना सहित उर्जा संकटकाल घोषणाले बिद्युत उत्पादनको दायरालाई बढवा दिनेप्रति यो नीति सकारात्मक रहेको उद्योग व्यवसायी र उर्जा विद्हरुको बताका छन् । उर्जा संकटकालसँगै सरकारले महसुल निर्धारण आयोग खारेज,प्राधिकरण कर्मचारीले पाइरहेको सित्तै बिजुली सुविधा कटौती, अर्को वर्ष १० घण्टा भन्दा बढी लोडसेडिङ नहुने,बिजुली चोरी गर्ने गाउँलाई कम्तिमा तीन महिनासम्म पुरै विद्युत सेवाबाट बंचित गर्ने कुरालाई कार्यान्वयनमा लैजाने घोषणा गरेको छ । सरकारले साढे चार वर्षभित्र साढे दुई हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ ऊर्जा संकटकाल घोष्णा गरेको हो। ऊर्जा संकटकालको अवधिमा विद्युत आयोजना निर्माणमा अवरोध गर्नेलाई पाँच वर्ष कैद सहित यस अवधिमा बिजुली उत्पादनमा लगानी गर्नेलाई कर छुट लगायतका सुविधा सरकारले घोषणा सर्हानीय छ।
२३ पृष्ठ लामो ऊर्जा संकट कार्ययोजनामा सरकारले एक वर्षभित्र मल्टिफ्यूल प्लान्टहरु सञ्चालन गरेर ५९ मेगावाट बिजुली उत्पादन गर्ने उल्लेख छ। आउँदो २०६८ फागुनमा सरकारले दैनिक १० घण्टा भन्दा बढी लोडसेडिङ नहुने गरी योजना ल्याएको छ। उत्पादिन बिजुलीमा २६ प्रतिशत चुहावट भैरहेकोमा त्यसलाई ६ महिनाभित्र २० प्रतिशतमा झार्ने योजना उपप्रधानमन्त्रीले पेश गरेका छन्। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले यो कार्ययोजना पारित गरेको हो। कार्ययोजना अनुसार विद्युत चुहावटको सूचना दिनेलाई त्यसबाट अशुली भएको जरिवानको २५ प्रतिशत पुरस्कार दिने उल्लेख छ। बिजुली चोरी गर्ने गाउँलाई कम्तिमा तीन महिनासम्म पुरै विद्युत सेवाबाट बंचित गर्ने प्रस्ताव समेत सरकारले गरेको छ।
सरकारले पेश गरेको कार्ययोजनामा सिएफएल चिमको भन्सार दर समेत घटाइएको छ। अहिले १५ प्रतिशतको भन्सारलाई १ प्रतिशतमा झार्ने प्रस्ताव सरकारको छ। सरकारी योजना अनुसार, विद्युत् गृहहरूको मर्मत र तिनको क्षमता अभिवृद्धि, चुहावट नियन्त्रण एवं मितव्ययी उपयोग गरेर तथा नयाँ जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेर आउँदो एक वर्षको अवधिमा करिव १ सय ५० देखि २ सय मेगावाटसम्म विद्युत् शक्ति थप गर्ने उल्लेख छ।निजी क्षेत्रबाट कोइला एवम् डिजेलका थर्मल प्लान्ट निर्माण गर्न सार्वजनिकरुपमा प्रस्ताव आह्वान गर्ने उल्लेख गर्दै अधिकारीले त्यस्तो बिजुली उचित मोलमा सरकार र प्राधिकरणले किन्ने प्रतिवद्धता जनाए। (more)

Filed under:  Constitution ( 34 ) -  NepalHorizons
Comments ( 3 )
 
March 23, 2011 10:05 pm
स्वास्थ्यका लागि हानिकारक हावा राजधानी काठमाडौंको

स्वस्थ रहनका लागि खानेपानी, हावा र खाद्यान्न स्वस्थ्यकर हुन जरुरी छ तर बढ्दो शहरकिरण र औद्योगिकीकरणले यी कुराहरुलाई बिस्थापित बनाउदै लगेको छ । बढ्दो जनसंख्याको चाप, कलकारखाना, सवारी साधन र फोहोरमैलाबाट निस्कने दुर्गन्धले नेपालको राजधानी सहर आफैंमा बिरामी छ ।राजधानी काठमाडौको हावा दिनानुदिन दुषित बन्दै गइरहेकोप्रति सचेत नागरिको हैसियतले कसैको ध्यान जान सकेको छैन । सस्थ्यको उचित नीति र प्रबन्ध सरकारको हो तापनि सरकार पनि यस विषयमा मौन नै देखिन्छ । राजधानी काठमाडौंकौको वायुमण्डलमा धुलोधुँवाका कण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा १५ गुना बढी रहेको तथ्य सार्वजनिक भएको छ जसलबाट श्वासप्रश्वासको संक्रमण गराउने किटाणुका बीज ५ गुना बढी राजधानीको वायुमण्डलको हावामा छरिएर रहेको अनुमान छ ।श्वासप्रश्वासका रोग बढाउने सुक्ष्मजीवका बिज काठमाडौंको वायुमण्डलमा यही मात्रामा रहिरहे सन् २०२० सम्ममा यो दमरोगको मुख्य थलो नै बन्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। तसर्थ अब राजधानी काठमाडौंको हावा मानव स्वास्थ्यका लागि हानिकारक बन्दै छ  भन्दा अत्युक्ति नहोला ।
हावामा सुक्ष्म जीवका बिज १२ सय क्लोनिफर्मिङ युनिट ९सिएफयु० सम्म हुनु सामान्य मानिन्छ। काठमाडौंका मुख्य सडकको वायुमण्डलमा ६ हजार ४ सय सिएफयु सुक्ष्म जीवका बिज भेटिएको अनुसन्धानले बताइसकेकोछ ।
  अमृत साइन्स क्याम्पसबाट माइक्रोबायोलोजीमा मास्टर्स गरेका चार अनुसन्धानकर्ताहरूका अनुसार काठमाडौंका सडकमा थुपारिएका फोहोर सुक्ष्मजीवका बिज बढाउने मुख्य कारण हो। अनुसन्धानकर्ताले काठमाडौंको बढी चाप हुने असन, भोटाहिटी, ठमेल र क्षेत्रपाटीमा एक वर्षसम्म हावामा हुने सुक्ष्मजीवका बीजबारे अध्ययन गरेका थिए। जसबाट यो तथ्य सार्वजनिक भएको हो । कुनै स्थानमा १० मिनेटसम्म राखिएको प्लेट तत्काल प्रयोगशालामा लगेर ुइन्क्युभेटरुको २८ डिग्री तापक्रममा ४ देखि १५ दिनसम्म अध्ययन गर्दा सुक्ष्मजीवका बिज बढी रहेको देखिएको थियो। अमृत क्याम्पसमा प्राध्यापनरत अर्यालका अनुसार अध्ययनमा सहरी वायुमा पेनिसिलियम, एस्परेजिलस, कल्डोस्पोरियम र फ्याजारियम प्रजातिका सुक्ष्म जीवका बिज बढी भेटिएका छन्। ओसिलो ठाउँमा चाँडै फैलिने यस्ता सुक्ष्मजीव जस्तोसुकै जैविक र अजैविक वस्तुको संसर्गमा बाँच्ने र हावामा चाँडै फैलिने प्रकृतिका छन्।सुक्ष्म जीवका यी बिजले श्वासप्रश्वाससँगै छालाका रोग बढाइरहेका छन्। फोक्सोद्वारा सजिलै मानव कोषिकामा पुग्नसक्ने यी सुक्ष्म जीवले रोगप्रतिरोधात्मक क्षमता घटाउनुसाथै ुसाइड इफेक्टु देखिएर उपचारमा समेत कठिनाइ उत्पन्न गराउँछन्। अनुसन्धानकर्ताहरूले सुक्ष्म जीव फैलन नदिन फोहोर जथाभावी नफाल्न, जैविक फोहोर प्रसोधन गर्न, फोहोरको... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 5 )
 
March 22, 2011 8:35 pm
धौ-धौ मा प्रचण्ड

समिति बैठक डाकिएको थियो, २ चैत अपराह्नका लागि। बैठकको कार्यसूची थियो, मन्त्रिपरष्िाद्मा सहभागी हुनेहरूको चयन। तर, बैठक अकस्मात् स्थगित गरी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' एकाएक सिंगापुर उडिदिए।

२० फागुनमा माओवादीले आफ्नातर्फबाट चार नेतालाई मन्त्रिपरष्िाद्मा सहभागी गराएको भए पनि बाँकी सातवटा मन्त्रालयमा पठाउने मन्त्रीहरूको छनोट गर्न अझै सकेको छैन। बरु समस्याको सुर्केनो झन्झन् कसिँदो छ र मन्त्री बन्ने आकांक्षीहरू एकपछि अर्को गरी बढिरहेका छन्।

१८-२० फागुनमा लगातार मन्त्री छान्न स्थायी समिति सदस्य बैठक बस्दासमेत नामहरूमा टुंगो लाग्न सकेन। विवादकै कारण पाँच जनाको नाम छनोट गरेर पनि अन्तिम समयमा त्यसलाई हेरफेर गर्नुपर्‍यो। ३० फागुनमा पनि मन्त्रीहरूको नाम तय गर्न पदाधिकारी बैठक बसेको थियो। त्यो पनि निर्णयहीन भयो।



२४ फागुनमा प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालबीच फागुनभित्रै सरकारलाई पूर्णता दिने सहमति भएको थियो। त्यो बिहान ९ बजे नै अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको निवास बालुवाटार पुगेका थिए, सरकार गठनकै विषयमा छलफल गर्न। तर, त्यो सहमति केवल सहमतिमै मात्र थान्को लाग्यो। किनभने, माओवादीभित्रको उल्झन बढेर तत्काल सरकारले पूर्णता पाउन नसक्ने भएपछि सहमतिविपरीत २८ फागुनमा प्रधानमन्त्रीले प्रचण्डकै सल्लाहमा माओवादी मन्त्रीहरूलाई रत्ति छवटा मन्त्रालयको जिम्मेवारी थपे। उनीहरूलाई 'केही दिनका लागि' थप मन्त्रालयको जिम्मेवारी तोकिनुको सोझो अर्थ हो, माओवादीलाई मन्त्रीहरूको चयन गर्नु फलामको च्यूरा चपाउनुसरह भइरहेको छ। नयाँबजारनिकट स्रोतका अनुसार, अध्यक्ष प्रचण्ड सरकारमा जाने मन्त्रीहरूको सूची तत्काल पठाउन चाहन्छन्। तर, उपाध्यक्षहरू मोहन वैद्य र बाबुराम भट्टराई पक्षलाई समेत चित्त बुझाउनुपर्ने बाध्यताले उनी अघि बढ्न सकिरहेका छैनन्।

तीन शीर्ष नेताहरूबीच मन्त्रिपरष्िाद्मा सहभागी हुने सदस्यहरूको भागबन्डा भइसकेको छ। जस अनुसार, प्रचण्ड र वैद्य पक्षबाट चार-चार जना र भट्टराई पक्षबाट तीन जना मन्त्री हुनेछन्। तर, पछिल्लो समय प्रचण्ड त्यो 'बटमलाइन'लाई मिचेर वैद्य पक्षलाई तीन र भट्टराई पक्षलाई दुई मन्त्री दिने सोचमा रहेको स्रोतको दाबी छ।

खनाल प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट अर्थात् २१ माघको साँझ उपाध्यक्ष भट्टराईलाई आफ्नै निवासमा बोलाएर अध्यक्ष प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री बन्न आग्रह गरे। २ फागुनमा भने उनी भट्टराईनिवास सानेपा नै पुगे, त्यहीँ कुरा गर्न। दुवै भेटमा भट्टराईले आफू सरकारमा जान तयार नभएको बताए। प्रचण्डले गरेको आग्रहबारे जानकारी पाएपछि भट्टराई समूहका नेताहरूले उनलाई कुनै पनि हालतमा सरकारमा नजान भनेका थिए।

... (more)

Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 4 )
 
March 21, 2011 11:22 pm
पारस र रुवेलको एकैयात्रा

राज खान्दानका पारस पूर्व युवराजधिराज मानिन्नछन् । शाही शासनकालमा पारसको चरित्रको बारेमा कसैलाई भनीराख्नु नपर्ला । दादागिरीका नाइके नै हुन् । पारस भनेपछि उनको ग्याङस्टारको उतिबेला निकै चर्चा थियो । हुन युवराज भएका बेला पनि पारसले आफ्नो वर्चश्व नदेखाएका भने होइनन् । पारसको दादागिरीको धङधङी अझै उस्तै छ भनिन्छ । पारसको पछिल्लो चर्तिकला हो चितवन निकुञ्ज भित्रको टाइगरटप्स होटल गोलीकाण्ड घटना । पारसले सुजाताको ज्वाई रुवेल चौधरीमाथि गोली र्तर्साएका आरोप छ । अब कुरा आयो रुवेल चौधरी । रुवेल बंगलादेशी नागरिक हुन् । उनी पारसभन्दा चौगुणा दादागिरी र अवैध कारोवारका नाइकेको रुपमा चित्रित भएका छन् । जब चितवनको टाइगरटप गोलीकाण्ड घट्यो । नेपालमा अवैधानिक भिओआइपी भित्र्याउनेको अवैधी व्यापारी हुन् रुवेल । राजनीतिक छज्ञछायामा कारोवार चलाएको आरोप मात्र होइन, यथार्थ नै भने हुन्छ । चितवन टाइगरटपमा गोली चलाए पारसले १ पटक तारेख लिइसकेका छन् र दोस्रोपटकको तारेक वकिललाई सुम्पेका थिए, आफू अस्वस्थ भएको कारण देखाएर । फेरि अर्को तारेख नजिकिएको छ ।यो तारीखमा भने पूर्वयुवराज पारस शाह र रुवेल चौधरी मंगलबार सँगैजिल्ला प्रशासन उपस्थित हुने भएका छन् । यस अघिको वकपत्रका बेला अनुपस्थित रुवेल मंगलबार बयान दिन सोमबार साँझै यहाँ आइपुगेका छन् । साँझ आएका चौधरी ग्लोबल होटलमा बसेका छन् । उनले एक दिन अघिनै होटलका ७ वटा कोठा वुकिड गरेका थिए । मंगलबार उनले प्रजिअ समक्ष सरकारका तर्फवाट वकपत्र गर्ने छन् । सरकारवादी मुद्दा भएकले चैत्र २ गते प्रजिअ गौतमको एकल इजलासले छिनोफानोका लागि मुद्दाका वादी चौधरीलाई झिकाउन जिल्ला प्रहरीलाई आदेश गरेको थियो । मंसिर २५ गते चितवनको मेघौलीस्थित टाइगरटप्स होटलमा रुवेललाई लक्षित गरेर गोली पडकाएको र सार्वजनिक स्थानमा होहल्ला गरेको अभियोगमा पक्राउ परेका पूर्वयुवराज शाहलाई केहि सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाइको थियो । मुद्दाको विषयलाई लिएर प्रजिअले मंसिर २९ गते रुवेललाई झिकाउन आदेश दिएका थिए । त्यसबेला अनुपस्थित भएपछि शाहालाई पौस १ गते तारेखमा १० हजार धरौटीमा रिहा गरिएको थियो । चौधरीले मंगलबार सरकारको साक्षीका रुपमा वकपत्र गर्ने छन् । यो पटकको सँगैको आमने समने देखभेट कस्तो हुने हो पूर्व युवराज पारश शाह र रुवेल चौधरीको त्यो भने प्रतिक्षाको विषय छ र चासोको विषय पनि छ ।

(more)
Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 3 )
 
March 20, 2011 7:28 pm
अब बन्ने संबिधानमा पत्रकारको मर्यादा स्थापित हुनुपर्दछ

भनिन्छ पत्रकार राज्यको चौथो अंग हो । जनता र देशलाई सूसुचित  गराउने काममा पत्रकारहरुको भूमिका सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । पत्रकारीतालाई देश र जनताको हित अनुकुल प्रयोग गर्दै लैजानु पत्रकार र सञ्चार गृहको दायित्व हो तर नेपालमा पत्रकारीता क्षेत्रलाई उचित रुपमा राज्यले हेरेको छैन भने पत्रकारहरु आफ्नो पेशाप्रति सुरक्षित बन्न नुक्दा जिम्मेवार पनि बन्न सकिरहेका छैनन् । पत्रकारलाई अगाडी बढाउने स्पष्ट नीति नेपालमा छैन । त्यसैले कुनै न कुनै कारणबाट पत्रकारहरु पत्रकारीता पेशाबाट बिस्थापित बन्दै गएका छन् र केही तत्वहरुले आफू अनुकुल पत्रकारीता नभए पत्रकारलाई सिध्याउने र बिस्थापित गराउने खेल खेलिरहेका छन् । यो अत्यन्तै दुःखद कुरा हो । देशमा नयाँ संबिधान बन्ने प्रक्रियाको अन्तिम चरणमा छ ।त्यसैले अब बन्ने नयाँ संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्नेमा पत्रकारीता सम्बद्ध विज्ञ र सञ्चार गृहहरुको माग छ । अधिकारका नाममा लगाइएका बन्देजकै कारण विगतमा सञ्चार माध्यमलाई लगाइदै आइएको अंकुशलाई तुरुन्त हटाउनुपर्नेछ । छापाखाना तथा प्रकाशन सम्बन्धी ऐनमा ब्यवस्था भएका बुँदाहरु अधिकांश छापा मिडियालाई हुनेगरि बनाइएको भएपनि विद्युतीय मिडियाका सम्बन्धमा उल्लेख गरिएको छैन । यो विषयको स्पष्ट उल्लेख अब बन्ने स.बिधानमा हुनुपर्दछ ।संविधानमा विद्युतिय मिडियाका बारेमा समेत उल्लेख हुनुपर्नेछ । भावी संविधानमा प्रेस स्वतन्त्रता र छापाखाना प्रकाशन ऐनले थोरै दिएका अधिकार बन्देजहरुलाई हटाइनुपर्दछ ।पत्रकारको मर्यादा र इज्जत रहनेगरि भावी संविधान नलेखिए स्वतन्त्र बिचार सूचनाको हकले प्राथमिाकता पाउने भने छैन । पत्रकारको पेशा मर्यादित बनाउनको लागि उचित कानुन बनाउनैपर्दछ । हाल नेपालले विद्युतीय संचारमाध्यमका  सम्बन्धमा राष्ट्रिय प्रशारण ऐनमा ब्यवस्था भएपनि अनलाइन मिडियाका सम्बन्धमा उल्लेख गरेको छैन भने श्रमजीवी पत्रकार ऐनले श्रमजीवी पत्रकारहरुको न्यूनतम मासिक तलब निर्धारण गरेको भएपनि श्रमजीवीलाई कसरी पारिश्रमिक दिने भन्ने कुरामा ऐन अझै मौन छ ।पत्रकारहरुको सहज पिोटिगका लागि अव ल्यापटप र इन्टरनेट सेवा सुबिधाको ग्यारेन्टी नेपाल सरकारले गर्नुपनेर््छ ।अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको लागि सबैको जोड रहनुर्छ । आजको एक्काइसौं शताब्दीमा पनि पत्रकार, पत्रकारीता र मिडिया हाउसहरुलाई स्वतन्त्र, पारदर्शी, व्यवस्थित र साधन सम्मपन्न जवादेहीता बनाउने अधिकार राज्यले दिन सकेन भने सिंगो मुलुककै विकासले गति पाउन सक्तैन । पत्रकार र पत्रकारीता देश विकासका संवाहक र सचेतक हुन् । त्यसैले पत्रकारहरुको स्वतन्त्रता र मिडिया स्थायित्व र अधिकारको बारेमा सरकारले अब बन्ने संबिधानमा... (more)

Filed under:  Journalism ( 62 ) -  NepalHorizons
Comments ( 2 )
 
March 20, 2011 4:32 am
प्रेमपछिको यौन संसार

मानिसका चाहना अनेक हुन्छन् ।पैसा कमाउने, राम्रो घर बनाउने र सुखसयलमा मग्न रहने तर यतिले मानिसको इच्छा र चाहनालाई पूरा गदैृन । मानिस नितान्त प्रेमको भोको हुन्छ । हरेक मानिसले प्रेममय जीवनको कल्पना गरेको छ । प्रेमसागै यौनको चाहना मानिसको महत्वपूर्ण ईच्छा हो । मानिस भोकको भन्दा कैयौं गुणा बढी यौनमा भोको हुन्छ । अझ पैसावालहरुमा यो ईच्छा र चाहना सामान्य मानिसमा भन्दा तेब्बर रहने गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ । सायदैअकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाई कम गर्दैन, बरू अझ बढाउँछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाई प्राथमिकता दिन्छन् । तर जब पैसाको वर्षा हुन थाल्छ अनि उनीहरूलाई मायाको कमीले पिरोल्न थाल्छ भन्ने कुरा एउटा अध्ययनले के खुलासा गरेको हो । विश्वका धनाढ्य व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस्, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन् । खुसी एवं धनका द्विविधाहरू शीर्षकमा जारी यो अध्ययन बोस्टन कलेजको वेल्थ एन्ड फिलान्थ्रोपी सेन्टरले गरेको हो । सेन्टरका अनुसार बढी पैसा भएकाहरू बढी बेचैन छन् । उनीहरूलाई काम गर्न मन लाग्दैन । प्रेम पाउने चक्करमा उनीहरूको घरसमेत प्रभावित हुन्छ । यौनलाई लिएर पैसावालहरुमा मरिहत्ते गर्ने बानी छ, यौनेच्छा सामान्यभन्दा धेरै बढी छ भने यसलाई मनोविकारको श्रेणीमा सामेल गरिनेछ । अमेरिकी मनोविज्ञान संघका तर्फबाट प्रकाशित पुस्तिकामा योसँग सम्बन्धित चर्चा प्रकाशित गरिएको छ । अत्यधिक यौनेच्छाको विषय त्यो समय सबैभन्दा बढी चर्चामा आयो, जब टाईगर उड्स र रसेल ब्रान्डले यो स्थितिका लागि उपचारको माग गरेका थिए । उड्सले आपmनी श्रीमती रसेललाई धोका दिएको र धेरै युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेपछि सन् २०१० मा उड्सले ६ महिनासम्म अति यौनेच्छा हटाउन उपचार गराएका थिए ।ब्रिटेनको स्वास्थ्य सेवा अन्तर्गत पनि यौनेच्छासँग सम्बन्धित विकारका लागि एउटा प्रारम्भिक परियोजना सुरु गर्न थालिएको छ । प्रेम र यौन बिना जीवनको कल्पना वेकार छ । यो चीज हरेक प्राणीहरुमा हुने गर्दछ । मानिस समाजिक र चेतनशील प्राणी भएकोले मानिसको यौनसम्बन्धी सोच र चाहना अत्यधिक नै रहने गरेको छ । कोही कोही यौनलाई वेकार घृणाको रुपमा हेर्छन् तर यो यौनप्रतिको अज्ञानता हो भन्न सकिन्छ । यौन बिनाको जीवन त अधुरो र अपुरो नै हुनछ । त्यसैले वास्तविक जीवनको संसार खोज्ने हो भने प्रममय यौनलाई अँगाल्नेतर्फ अग्रसर रहनुहोस ।

(more)
Filed under:  Fun ( 32 ) -  NepalHorizons
Comments ( 4 )
 
March 18, 2011 9:19 pm
सम्बन्ध बढाउने पर्ब होली

      परम्परा अनुसार होली सुरु हुनुभन्दा दुइतीन हप्ता अघिबाट नेवारहरुको घरघरका भm्‍यालहरुमा होलीको आगमनको संकेत गर्न सागका मालाहरु भुन्ड्‍याउने गरिएका छन्‍ । मुल त तरुणी र हुकर्ेकी चेली, जो असस पुरुष साथीको खोजीमा रहेका हुन्छे उनैले यसरी मालाहरुले घर सजाउने गर्दछे ।      होली खेल्न टोल टोलमा पुग्ने टोलीले बिपरीलिङगीसंग सम्बन्ध अघि बढाउने परम्परागत लोक गीतहरु गाउने गर्दछन्‍। नेवार युवाहरुले होलीलार्इ पिरती गाँस्ने पर्बको रुपमा लिने गरेका छन्‍ । ३० बर्ष अघिको होलीको दिनमा यसरी पिरती गाँसेका रामचन्द्र लवजू अहिले सुखमय दाम्पत्य जीबन बिताइरहेको बताउछन्‍ ।  होलीका दिनमा युवाहरु रंग र अबिर लिएर सहर बजार डुल्छन्‍ । युवतीहरु भने यसरी घुम्ने युवाहरुल्ाार्इ पानी छ्‍यापेर होली मनाउने गर्दछन्‍ । टोलहरुको बिष्ोशता र युवतीको पारिवारीका पेसा अनुसार पानीमा बिबिध सुगन्धित बस्तुहरु मिसाइने गरिने स्थानीयबासी केशब सुवालले बताए । यो चलनले अहिले निरन्तरा नपाएको देख्दा जेष्ठ नागरीकहरु दुखी छन्‍ ।       त्यतिबेला मको गल्लीका लवजूहरुको आँगनमा पुग्ने युवाहरुलार्इ दुध मिसाइएको पानी छ्‍यापेर स्वागत गरिन्थ्यो । लवजू समूदायले भैसी पाल्ने गरेका छन्‍ । अहिले यो चलन भने लोप भएको छ । जेलँाका सायजूहरु धौ अथवा दही बनाउनको नामुद छन्‍ । त्यस पुग्ने होलीका यात्रीहरुलार्इ दहीको टिका लगाइदिने गरिन्थ्यो । यसरी लोप भएको संस्कार बिक ृत भएर फोहर पानी हाल्ने परम्पार बस्न थालेको छ ।    साकोलानमा रक्सी मिसिएको पानी, गोमारीमा पानको पात भिजाइएको पानी, चोछेमा साग पखालिएको हरियो पानी छर्कने दिन अव इतिहासमा मात्र सिमित छ । अन्य स्थानमा पनि स्थानीय बासिन्दासंग बढी उत्पादन भएको बस्तुहरु पानीमा प्रयोग गरिन्थ्यो । अहिलेका युवाहरु भने लोलाको चलन चले पछि परम्परालार्इ नमान्ने भएका छन्‍ । साथी बनाउने पर्बमा शत्रु बढाउने गतिबिधि बढ्‍न थालेका छन्‍ । छत छतमा बसेर अरुलार्इ लोला हानेर रमाइलो मान्ने तर आफुलार्इ हानिएमा रिसाउने गरिदा होली पर्बको बास्तबिक आैचित्य ओभmेलमा परेको छ ।     लुकेर लोला हिर्काउने गरिदा चोट लाग्ने र दुर्घटनाहरु घटिरहेका छन्‍ । लोला हानेर भाग्ने र लखेट्‍ने प्रब ृतिको कारण्ा यस पर्बलार्इ श्रीराम दुवालले लुकामारीको नाम दिएका छन्‍ । यो खेलले नयाँ सम्बन्ध बिकास हुनु त कता हो कता, पहिले स्थापित भैसकेका नाताहरु समेत टोडिने गरेको दुवालको भनार्इ छ ।     होलीको बिकृतिलार्इ छोडेर यसलार्इ नयाँ साथीहरुसंग भाइचाराको सम्बन्ध कायम गनर्े र सामाजिक गतिबिधिमा भिज्ने अवसरको रुपमा लिनु पर्दछ । रंगहरुको पर्बले सम्बन्धहरुमा कालो दाग लगाउन नहुने शिक्ष्ाक सुरेश शाक्यको मत छ । होली बिगतका मित्रहरुसंगको पुर्नमिलन गनर्े पर्ब हो । यो नयाँ सम्बन्धहरु... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 4 )
 
March 17, 2011 9:43 pm
विकिरणको हल्ला

विकिरण त्यस्तो किसिमको वैजनी तरंग हो । जसले मानव शरीरका हरेक अंगलाई प्रत्यक्ष असर पुर्याउछ । अहिले चासोको विषय बनेको छ । विकिरणको त्रास । भूकम्प र सुनामीपछि जापानमा विस्फोट भएको न्युक्लियर प्लान्टबाट निस्केको विकिरण हावाको माध्यमबाट सबैतिर फैलने आशंका बढेको छ । नेपालमा पनि विकिरण आउने हल्ला फैलिएको छ तर विकिरण नेपालसम्म नआउने विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका न्युक्लियर फिजिक्स, न्युक्लियर केमिस्ट्रीका प्राध्यापक, रेडियोलोजिस्टलगायतका विशेषज्ञहरूसितको छलफलपछि विकिरण आइपुग्ने कुनै सम्भावना नरहेको निष्कर्ष निस्केको मन्त्रालयका सचिव डा। रामहरि अर्यालले जनाए पनि विकिरणको त्राु नेपालमा पनि फैलिएको छ । प्राकृतिक विपत्तिमा परेको जापानमा ठूलो संकट परेको छ । ३ पटक परमाणु तथा उर्जा प्लान्टमा भएको विष्फोटले जापानमा विकिरण उत्पन्नले जापानीहरुमा त्रासदी फैलिएको छ ।तर विकिरणको हल्लाले हङकङमा ठूलो खैलाबैला मश्च्चिएको छ ।हङकङमा जापानमा हालै आएको भुकम्प र सुनामी सँगै परमाणु भट्टी विस्फोटनबाट निस्किएको विकिरण फैलिएको प्रमाणित भएपछि एकाएक नुनको अभाव भएको हो । नुनमा रहेको आयोडिनले हानिकारक विकिरणबाट जोगाउने हल्लाले सामान्यभन्दा अत्यधिक भण्डारण गर्न थालिएपछि हङकङ बजारमा आपुर्ति कम भएकोछ । विकिरण समुद्रको पानीमा समेत फैलिएकाले अब उत्पादन हुने नुनले स्वास्थ्य विग्राने कुराले समेत अधिकांश त्रसित छन् । यसलै पनि महिनौ दिनलाई पुग्ने नुन एकैपटक खरीद गरिएको हो । अहिले तीन हङकङ डलर ९करिब तीस रुपैयाँ० पर्ने आधा किलोग्राम नुन बीस डलरसम्ममा विक्री भइरहेका छन् । जबकी उत्तिकै तौलको चिनीको मुल्य सात डलर मात्र छ । वेलकम, पार्क एण्ड सप जस्ता जहिलेसुकै उपलब्ध हुने चल्तीका सुपरमार्केटमा महंगो मुल्य तिर्न तयार रहेपनि नुन छैन ।
बजारमा नुनको अभाव भएपछि स्थानीय सरकारका तर्फबाट स्वास्थ्य विभागले विहिबार साँझ एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभाग प्रमुख डाक्टर योर्क चाउले नुनमा रहेको आयोडिनले विकिरण रोक्ने कुरा भ्रम मात्र भएको उल्लेख गरेका छन् । विकिरणबाट जोगिनु त पर्दछ नै तर यसबारेको जानकारी नलिई बजार हल्लाको भरमा कुद्नुभने राम्रो पक्कै होइन ।

(more)
Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 4 )
 
March 16, 2011 9:47 pm
मन लागेको निर्णय गर्ने अधिकार कसैलार्इ पनि छैन

कानूनमा सबै समान हुन्छन्‍ र कानूनले तोकेको मात्र गर्ने अधिकार हुन्छ । मै ठूलो भनी गरिएको निर्णय अब टिक्दैन किनकी यो २१ अ‍ै शताब्दी हो । पुराना पालाका आफूखुशी निर्णय कसैलार्इ पनि मान्य छैन । देशको मुख्य अर्थतन्त्र र सरकारको सल्लाहकार मानिने नेपाल राष्ट्र बैंकले गरेको निर्णय बद्‍नियतपूर्ण देखिएको छ । वित्तिय तरलतालार्इ रोक्न, हराएको पूँजी फर्काउन र पुराना नोटको संरक्षण गर्ने तर्क दिएर राष्ट्र बैंकले पूर्व राजाको तस्बिर अंकित नोट विस्थापित गराउने जुन निर्णय गर्‍यो । त्यो केही हदसम्म ठीक भए पनि यसभित्र कमिसन र भष्टाचारको गन्ध लुकेको तब थाहा भयो की राष्ट्र बैंकले बुधबार एकाएक उल्ट्याएको निर्णयले । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै रोक्न निर्देशन दिएपछि बुधबार राष्ट्र बैंकले नोट चल्ने निर्णय गरेको हो।नोट फिर्ता गर्न लगाएर नयाँ छाप्दा कमिसन खान लागेको भन्दै नारायण दाहाल दिएको उजुरी आधारमा बुधबार अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। आखिर एकाएक निर्णय बदल्नु थियो त केन्द्रिय बैंकका वर्षौसम्म काम गरेकाहरुलार्इ किन थाहा भएन त कानूनको बारेमा र  सर्वसाधारणलाई सास्ती निर्णय गरे त  अनि अख्तियारको निर्देशन आउनेबित्तिकै निर्णय उल्टाए । यसभित्र गम्भीरुता लुकेको छ नै । बाहिर देख्दा राम्रो काम गरेजस्तो देखाउने र भित्र भुँडीको थैलो भर्ने दाउ नेपाल राष्ट बै।कमा रहेको यो तथ्यले सबै नेपालीलार्इ एकपटक भmस्काइदिएको छ । संक्रमणकालको फाइदा लुट्‍ने त कर्मचारीहरु नै रहेछन् नी ? पूर्वराजा अंकित नोटहरु सट्टाभर्ना गर्न सर्वसधारलाई कठिनाइ परेको व्यहोरा बैंकको जानकारीमा आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलनचल्तिमा रहने व्यवस्था गरेको छ। राष्ट्र बैंकको जारी सूचनामा भनिएको छ तर आफ्‍नो हर्कत छोप्न नसकेपछिको सूचना हो यो राष्ट बैंकभित्रको मतियारहको चरित्रको पर्दाफास । आखिर सर्वसाधारणको सवाल र भष्टाचारको ठूलो जालसाँचीलार्इ रोक्न अख्तियारले दिएको यो आदेश नेपाली जनताको पक्षमा छ र यस्तो बिसंगतीको पर्दाफासका लागि नारायण दाहाल दिएको उजुरी देश र जनताको हित बमोजिम छ । यसैले अख्तियारले पनि कानून सम्वत निर्णय गरेर राष्ट बैंक भित्र हुन लागेको नोटको ठूलो कमिसन र भष्टाचारलार्इ रोकिदिएको छ । हामीकहाँ कानून छ तर कानूनलार्इ कसले कसरी प्रयोग गरिरहेको छ भन्ने हामी सर्वसाधारण नेपालीहरुलार्इ थाहा छैन । त्यसैले बेला बेलामा हुने यूस्ता देश र जनता घात निर्णयलार्इ रोक्ने चेचनाको साथ आँट र हिम्मत नारायण दाहाल जस्तै सबे नेपालीमा हुनु आवश्यक छ । अनिमात्र कानूनी राज्यको स्थापित हुन्छ र... (more)

Filed under:  Society ( 189 ) -  NepalHorizons
Comments ( 6 )
 
March 16, 2011 12:11 am
स्वंसेवक युवा दस्ता कसका लागि ?

युवाहरुको माग स्वदेशमा छ नी ? छैन र । युवाहरु बिना कसैले केही गर्न सक्तैनन् । युवा देशका धरोहर हुन, विकासका आधार हुन तर पनि युवाहरुलाई श्रृजनशील काममा किन लगाइदैन त ? यो प्रश्न आम जनमानसमा उब्जिरहेको छ । नत्र किनकी त दैनिक सयौ. युवाहरु अवसरको खोजीमा विदेशिन्छन् त । आखिर जे भए पनि नेपालका लागि युवाहरु राजनीतिक घोडा बनाइएका छन् । हामी विकास र सम्पन्न राष्टको कुरा गर्छौं तर युवाहरुको नेतृत्व कहिल्यै चाहदैनौं किन होला । सहज उत्तर छ र आफ्नो स्वार्थ र उद्देश्य पूरा गर्नका लागि युवाहरुलाई नेपालमा राजनीतिक दलहरुले वलीको बोको बनाउदै आएका छन् । नेपाली राजनीतिकमा ३ दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी चर्चित रुपमा छन् भने यी तीनै दलका भातृ संगठनहरु युवाको आड पार्टी पंक्तिमा रहने गरेको mलछ । सबैभन्दा बढी एकीकृत नेकपा माओवादी राजनीतिक मूल धारमा आएपछि पार्टीले भातृ संगठनको रुपमा गठन गरेको योङ कम्युनिष्ट लिग अर्थात वाइसीएल निकै चर्चामा आयो । वाइसीलले सामाजिक परिवेशका लागि केही सकारात्मक कामहरु गरे पनि आखिर यो राजनीतिक पाटीको दस्ताकै रुपमा चित्रित रह्यो । यतिमात्र होइन वाइसीएललाई अर्धसैनिक संरचना भनेर समेत राष्टि“य तथा अन्तराष्ट्रिय दृष्टिकोणबाट हेरिन थालियो । यसबाट माओवादी पार्टीलाई निकै धक्का पुर्यायो । एकीकृत नेृकपा माओवादीले वाइसीएलको क्रियाकलापबाट धेरै आरोप र दो षहरु खेप्नुपर्यो र राजनीत तहबाटै वाइसीएल माओवादी भातृ संगठन बिघटन गर्नुपर्ने दबाबहरु पनि आयो । यसो हुदै जाँदा एकीकृत नेकपा माओवादी केही संकुचनमा पर्न बाध्य भए पनि उसले वाइसीएल संरचना अर्धसैनिक संरचना नभएको दाबी र पुष्ट्याई गर्दै कुनै पनि हालतमा वाइसीएल बिघटन नहुने बतायो । राजनीतिक चालले कोल्टे फेर्ने क्रमसँगै माओवादीले अहिले अर्को सोचको कार्यान्वयन अगाडी बढायो । जुन हो । जसको रुप हो जनस्वयं सेवक परिचालन ब्युरो दस्ता । जनविद्रोहलाई मुख्य कार्यदिशा मान्ने गरी गठन भएको जनस्वयं सेवक परिचालन ब्युरो ले जनपक्षीय सामाजिक उत्तरदायित्व निर्वाह गर्ने माओवादीको ठहर छ ।जनस्वयं सेवक परिचालन ब्युरो का लिडर स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई बनाइएको तर ब्युरो घोषणा नहुँदै अन्य दलहरूले यसको विरोध गरिसकेका छन् । जनतामा पनि एक किसिमको त्रास फैलिएको छ । वाइसीएलको क्रियाकलापबाट दिक्क भएकाहरु जनस्वयं सेवक परिचालन ब्युरोबाट फेरि सताइने त हैन भन्ने आशंकामा छन् । माओवादीले जनब्रिदोहलाई मुख्य कार्यदिशा सम्पिएको जनस्वयं सेवक परिचालन ब्युरोले कसरी जनताको मन जित्ने हो त्यो भने हेर्न बाँकी नै छ । मुखय कुरा किन र कसका लागि जनस्वयं सेवक परिचालन ब्युरो गठन गरिएको हो । सामान्य बुझाईमा एउटा पार्टीको भातृ संगठनले उसकै माओ पार्टीको हकहितका लागि... (more)

Filed under:  politics ( 173 ) -  NepalHorizons
Comments ( 3 )
 
March 15, 2011 12:08 am
राजाका नोट,यता नी उता नी चोट

बजारमा राजाका तस्वीर भएका नोटहरु अब चल्दैनन् भन्ने समाचारले सबैको कान ठाडो गरायो नै । त्यसैले सहरमा रहेका जानेबुझेका र पढेलेखेकाहरु आफन्तहरुलाई व्हीप गर्न थाले । पुराना पैसा कति छ हँ, अब त राजाका तस्वीर भएका नोट चल्दैनन् है । बैकले त लिने छोड्यो फसाद पर्ला नी । अनि सबै जना सन्दुस कन्तुरमा भएको पुराना राजाका तस्वीर अंकित नोटहरु जम्मा पार्न थाले र कहाँ साटिन्छ भनेर भौतारिन थाले । बैंक र बित्तीय संस्थाहरुमा पुरानो नोट साट्ने घुइचो नै थियो । फाल्गुन ३० सम्म । चैत्र १ बाट । बैंकले पनि नसाट्ने निर्देशन राष्ट बैंकले दिएपछि पुराना नोट हुनेहरु यताउता खल्तीमा नोट र मनमा चोट बोकेर भौतारिरहेका छन् । फेरि राष्ट बैकलेपुराना नोट साटन राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको सर्वसाधारणमा केही खुशी छाएको छ । नत्र त पुराना नोट माटो सरह हुनेभो न त गाँठे,भक्तपुरका एक स्थानीय बासिन्द साधुराम महर्जनले भने । खै के हो चाला कहिले के कहिले के हो ? हामी बुझ्दैनौ यस्ता सरकारका कुरा महर्जनको स्वर थियो ।
राष्ट्र बैंकसहित सरकारी बैंक र नोट कोषको कारोबार गर्ने निजी बैंकमा त्यस्ता नोट साट्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले बताएका छन् । नोट राजधानीको थापाथलीस्थित राष्ट्र बैंक, बैंकिङ कार्यालयमा साट्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको छ । नेपाल बैंकका देशभरका ४० भन्दा बढी शाखामा पूर्वराजाका फोटो भएका नोट दिएर सगरमाथा अंकित नोट लिन सकिन्छ । यसरी साट्दा कुनै शुल्क नलाग्ने उनले जनाए । त्यस्तै, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल बैंकमा गएर पनि नोट साट्न सकिन्छ । एभरेस्ट बैंकको नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज शाखाबाट यस्ता नोट साट्न सकिने छ । बंगलादेश र ग्लोबल बैंकका  केही शाखाबाट पनि साट्न सकिने जनाइएको छ ।
राष्ट्र बैंकले नयाँ नोट साटिसक्नुपर्ने मिति भने तोकिसकेको छैन । नयाँ नोट तत्कालै साट्नुपर्छ भन्ने छैन,काफ्लेले भने, तैपनि सकेसम्म छिटो साट्न राष्ट्र बैंकको आग्रह छ ।
आखिर जे होस् नयाँ व्यवस्था, नयाँ तरीका नयाँ नेपाल । तर नयाँ व्यवस्थाका कारण सर्वसाधारणलाई त्रास र सास्ती दिने काम भने हुनु भएन है सरकारको जिममेवार निकाय राष्ट बैक ज्यू ।

(more)
Filed under:  Fun ( 32 ) -  NepalHorizons
Comments ( 5 )
 
1  |  2  |  3  |  4  |  5  |  6  |  7  |  8  |  9  |  10 [ Next ] [ Last ]

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More