|
|
Loading....
March 29, 2011 11:31 pm
अर्थमन्त्री अधिकारी र अर्थसचिव खनालको जुधाई
देशको अर्थतन्त्रको मेरुदण्ड अर्थमन्त्रालय भित्र मन्त्री र सचीवको वैचारिक लडाइले अन्ततः अर्थसचीव रामेश्वर खनाल राजीनामा दिन बाध्य भएको सार्वजनिक भएको ।नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यावसायिक घरानालाई कारबाही गरेर दबाब झेलिरहेका अर्थ सचिव रामेश्वर खनालले अर्थमन्त्रीसँगको मतभेदपछि मंगलबार राजीनामा दिएका हुन्। अर्थमन्त्री भरतमोहन अधिकारीले एमाले र माओवादीका उच्च नेतासमक्ष आफूलाई सरकारविरोधी र काम गर्न नदिनेु रूपमा प्रस्तुत गरेको थाहा पाएपछि खनालले राजीनामा स्रोतले बताएको छ ।नयाँ सरकार गठन भएदेखि नै नक्कली भ्याट बिल प्रकरण, कर्मचारी सरुवा र पुरक बजेटलाई लिएर दुईबीच मतभेद थियो। खनाल निकट स्रोत अनुसार अधिकारी आफूलाई सरुवा गराउन उच्च राजनीतिक लबिङमा लागेको जानकारी पाएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन्। पुरक बजेटका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित प्रधानमन्त्री निवासमा बिहान उच्चस्तरीय बैठक राखिएको थियो। तर, खनाल त्यसमा भाग नलिई मंगलबार बिहान घरमै टाइप गरेको राजीनामा बोकेर सोझै मुख्य सचिव माधबप्रसाद घिमिरेकहाँ पुगे। घिमिरेले तत्काल राजिनामा नदिन र केही दिनका लागि विदामा बस्न सल्लाह दिएको स्रोतले बतायो। घिमिरेले नमानेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गराई उनी अर्थ मन्त्रालय गएका थिए। त्यहाँ पुगेर उनले कार्यालयको नाममा रहेको आफ्नो इमेल बन्द गराए। वेबसाइटबाट आफ्नो फोटो हटाए। त्यसपछि केही उच्च कर्मचारीलाई अहिलेसम्म सहयोग गरेकोमा धन्यवाद दिँदै आफू १५ दिनको विदामा बसेको र त्यसपछि पनि अर्थ मन्त्रालय नआउने जानकारी दिए। राजीनामा दिएको भने खुलाएनन्। मुख्य सचिव घिमिरेले पनि खनालले १५ दिनको विदा लिएको, तर राजीनामा नदिएको सञ्चारकर्मीलाई बताए।अर्थसचिव खनालले नक्कली भ्याट बिल प्रकरण, कर्मचारी सरुवा, पुरक बजेट र घरजग्गामा कर्जा रोक्का गरी ४ क्षेत्रबाट दबाब झेलिरहेका थिए। यिनै व्यावसायिक समूहले अर्थमन्त्रीलाई प्रभावमा पारी खनाललाई हटाउन उच्च राजनीतिक तहसम्म लबिङ गरेका हुन्। नक्कली भ्याट कारोबारबाट करिब १० अर्ब रुपैयाँ राजस्व छली भएको अर्थ मन्त्रालयको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यसमा ठूला व्यावसायिक घराना जोडिएका छन्। यही समूहले अघिल्लो सरकारको पालामा पनि खनाललाई हटाउन लबिङ गरेको थियो। त्यतिखेर अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर छल्ने व्यवसायीलाई जुनसुकै हालतमा कारबाही गरिछाड्ने अडान लिएपछि व्यवसायीको प्रयास सफल हुन सकेन। नयाँ सरकार गठनलगत्तै फेरि त्यही समूह अर्थसचिव खनाललाई हटाएर छानबीन प्रक्रिया बन्द गराउने अभियानमा छ। अर्थमन्त्री अधिकारी अडान लिन नसक्ने र व्यापारीको कुरा बढी सुन्ने प्रवृत्तिका भएकाले यो समूहका लागि खनाल...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
March 28, 2011 1:22 am
बम आतंकमा तराइका जिल्लाहरु
शान्ति सुरक्षा खाई भन्ने अवस्थाको नेपालमा सिर्जना भएकेल । mनयाँ सरकारले शान्ति तथा संबिधान कार्यलाई बलियो बनाउने जनउदै आए पनि तराईका जिल्लहरुमा केही दिन यतादेखि बम आतंक फैलिएको छ । तराईका जिल्लाहरूमा जनजीवन आतंकित बनाउने गरी सार्वजनिक यातायातहरूमा एकाएक शृंखलाबद्ध विस्फोट भएका छन् । पछिल्ला तीन दिनमा भएका विस्फोटहरूमा मात्रै कम्तीमा ४३ जना घाइते भएका छन् । यी घटनाले तराईको जनजीवन आतंकति बनाउदै लगेको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेका बताए पनि भनेजति सरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले दिन सकिरहेको छैन । मधेसी तीन दलका नेताहरूको भारत भ्रमणपछि तराईका जिल्लाहरुमा यो घटना बृद्धि भएको हो । जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीको महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा, बारा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके र बर्दियामा प्रभाव छ । भगतले नेपाल(भारत सीमा क्षेत्रमा रहेर मुलुकमा हिंसात्मक गतिविधि चलाउँदै आएको प्रहरीले जनाएको छ । काठमाडौंको सुरक्षा स्थिति तत्काल मजबुत पार्न कम्तीमा दुई सय जनशक्ति र डेढ सय मोटरसाइकल चाहिने प्रहरीको दाबी छ । विभिन्न स्थानमा यात्रुबाहक बसम श्रृखंलावद्ध ढंगले बम विस्फोटका घटना भइरहेको बेला काभ्रेमा पनि आइतबार राति एक यात्रु वाहक बसमा विस्फोट गराइएको छ । बसमा कुनै यात्रु नरहेकाले मानवीय क्षति भएको छैन । कोसी पारीको सानोवाङथली(२ लाहुरे देउराली भन्ने स्थानमा रोकि राखेको बा।२।ख ५७७१ नम्बरको बसमा राति २ बजे अज्ञात व्यक्तिले बम फालेका थिए । बम विस्फोटबाट बस क्षतिग्रस्त भएको छ । घटनास्थलमा संयुक्त राष्ट्रिय जातीय मुक्ति मोर्चाको पर्चा भेटिएको छ । पर्चामा जनविद्रोह अभियान लेखिएको छ । कोहलपुर सडक खण्डमा गुडिरहेको बस भित्र शनिबार बम बिष्फोट हुदा ६ जना यात्रु घाईते भए । शनिवार नै बांकेका तीन र बर्दिया जिल्लाका चार ठाउँमा बम फेला पर्यो । श्रृखंलाबद्ध ढंगले राखिएका यस्ता बम र बिष्फोटका घटनाले स्थानियवासी त्रसित भएका छन । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदैगरेको ना ४ ख १३३२ नम्बरको बसमा बम विस्फोट हुँदा शनिवार दिउसो ६ जना यात्रु घाईते भए । शुक्रवार राति नेपालगन्ज ( ५ देवाफुलबारी स्थित प्रेम थापाको घरमा बिष्फोट गराईयो । बिहीवार नेपालगन्ज( २ घरबारिटोलमा बम बिष्फोट भयो । उक्त बिष्फोटबाट स्टार लजका एक कर्मचारी घाईते भए । बिष्फोट बाहेक शनिबार एकै दिन बाके र बर्दियाका सात ठाउमा बम फेला परेको प्रहरीले जनाएको छ । श्रृखलावद्ध विस्फोटनका घटनाले स्थानिय त्रसित भएका छन । घटनाको जिम्मेवारी फोन मार्फत भुमिगत सशस्त्र समुहहरुले लिने गरेपनि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । जसले गर्दा असुरक्षा बढेको स्थानीय बताउँछन् । शनिवार...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
March 26, 2011 8:08 pm
गोर्खा बैंकप्रति जनविश्वास गुम्दै
बैंक र बित्तिय संस्थाहरुको कामकाज बुझिनसक्नुको छ । सञ्चालकहरु गैरजिम्मेवार हुन् की कर्मचारीहरु वापदाधिकारीहरु त ? यो कुराको गहिरिएर अध्ययन गर्ने हो भने सबैभन्दा बढी दोषी त सञ्चालकहरु नै हुन् । सर्वसाधारणको पैसामाथि कुदृष्टि सञ्चालकहरुको रहदा र आफूखुशी आफ्नो प्रयोजनमा ल्याउने काम गर्दा बैंकमा खराब अवस्था सिर्जना हुन्छ नै । अहिले नाम चलेको गोर्खा विकास बैंक खराब अवस्थामा रहेको राष्ट्र बैंकले घोषणा गरेको छ । बैंक समस्याग्रस्त घोषणापछि सर्वसाधारणहरु आफ्नो निक्षेप झिक्न ओइरिएका छन् र शुक्रबारमा मात्र गोर्खा डेभलपमेन्ट बैंकबाट निक्षेपकर्ताले २७ करोड रुपैयाँ निकालेका छन्। केन्द्रिय बैंकले बिहीबार बैंकलाई समस्याग्रस्त घोषणा गर्दै निक्षेप लिन र कर्जा दिन रोक लगाएको छ। केन्द्रिय बैंकले बैंकका कार्यकारी अध्यक्ष डिबी बम्जनलाई पाँच लाख रुपैयाँ जरिवाना गर्दै पदबाट निलम्वन गर्ने भएको छ। कार्यकारी अध्यक्ष डिबी बम्जनको अगुवाइमा अब्दुल कवाडीलाई दिएको १२ करोड ४१ लाख कर्जा दुरुपयोग भएको तथा कमलादीस्थित जग्गा खरिदका लागि निक्षेपकर्ताको खाताबाट ३० करोड रुपैयाँ बैना दिएकाले उनलाई निलम्बन गर्न लागिएको राष्ट बैंकले जनाएको छ । आगामी १५ दिनपछि बैंकमा नयाँ सञ्चालक समिति बैंकमा ल्याउने तयारी पनि राष्ट बैंकले गरिहेको छ । बैंक डुब्ने र आफ्नो रकम हराउने डरले निक्षेपकर्ताको शुक्रबार बैंकमा निक्षेप झिक्नको लागि लाइन लागेपछि बैंकले वढीमा एक लाख रुपैयाँसम्मको मात्र निक्षेप फिर्ता गरिरहेको छ। बैंकले अन्तर शाखा कारोबार सेवामा समेत रोक लगाउँदै खाता खोलेकै शाखाबाट मात्र निक्षेप झिक्न पाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकका अनुसार बैंकको पुँजी पर्याप्तता अनुपात २ प्रतिशतमा झरेको छ। जबकी यो १० प्रतिशतभन्दा माथि हुनु पर्छ। केन्द्रिय बैंकले यो अनुपात १० प्रतिशतभन्दा माथि पुर्याउनलाई संस्थापक सेयरधनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएको छ। बैंकको निस्किृय कर्जा पनि १७ दशमलव ५ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले यो कर्जा ५ प्रतिशतभन्दा कम हुनु पर्ने व्यवस्था गरेको छ। डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष झपट वोहोराको नेतृत्वमा बैंक सञ्चालकको एक टोली राष्ट्र बैंकसँग गुनासो गर्न शुक्रवार गएको थियो। उनीहरुले डेपुटी गभर्नर गोपाल काफ्लेलाई भेटेका थिए। बैंकको आर्थिक अवस्था विग्रिनसकेकाले निक्षेपकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको राष्ट बैंकले बताएको छ। बैंक सञ्चालकले राष्ट्र बैंकसँग असल कर्जा तथा सम्पतिको धितोमा पैसा उपलब्ध गराउन आग्रह गरेको थियो। बैंक सञ्चालकका अनुसार बैंकसँग अहिले चारअर्ब ३३ करोड रुपैयाँ निक्षेप छ। दश दिनअघि यो साढे पाँच अर्ब थियो।अहिले भएको निक्षेपमध्ये ५० प्रतिशत संस्थागत...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 3 )
March 23, 2011 10:05 pm
स्वास्थ्यका लागि हानिकारक हावा राजधानी काठमाडौंको
स्वस्थ रहनका लागि खानेपानी, हावा र खाद्यान्न स्वस्थ्यकर हुन जरुरी छ तर बढ्दो शहरकिरण र औद्योगिकीकरणले यी कुराहरुलाई बिस्थापित बनाउदै लगेको छ । बढ्दो जनसंख्याको चाप, कलकारखाना, सवारी साधन र फोहोरमैलाबाट निस्कने दुर्गन्धले नेपालको राजधानी सहर आफैंमा बिरामी छ ।राजधानी काठमाडौको हावा दिनानुदिन दुषित बन्दै गइरहेकोप्रति सचेत नागरिको हैसियतले कसैको ध्यान जान सकेको छैन । सस्थ्यको उचित नीति र प्रबन्ध सरकारको हो तापनि सरकार पनि यस विषयमा मौन नै देखिन्छ । राजधानी काठमाडौंकौको वायुमण्डलमा धुलोधुँवाका कण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा १५ गुना बढी रहेको तथ्य सार्वजनिक भएको छ जसलबाट श्वासप्रश्वासको संक्रमण गराउने किटाणुका बीज ५ गुना बढी राजधानीको वायुमण्डलको हावामा छरिएर रहेको अनुमान छ ।श्वासप्रश्वासका रोग बढाउने सुक्ष्मजीवका बिज काठमाडौंको वायुमण्डलमा यही मात्रामा रहिरहे सन् २०२० सम्ममा यो दमरोगको मुख्य थलो नै बन्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। तसर्थ अब राजधानी काठमाडौंको हावा मानव स्वास्थ्यका लागि हानिकारक बन्दै छ भन्दा अत्युक्ति नहोला । हावामा सुक्ष्म जीवका बिज १२ सय क्लोनिफर्मिङ युनिट ९सिएफयु० सम्म हुनु सामान्य मानिन्छ। काठमाडौंका मुख्य सडकको वायुमण्डलमा ६ हजार ४ सय सिएफयु सुक्ष्म जीवका बिज भेटिएको अनुसन्धानले बताइसकेकोछ । अमृत साइन्स क्याम्पसबाट माइक्रोबायोलोजीमा मास्टर्स गरेका चार अनुसन्धानकर्ताहरूका अनुसार काठमाडौंका सडकमा थुपारिएका फोहोर सुक्ष्मजीवका बिज बढाउने मुख्य कारण हो। अनुसन्धानकर्ताले काठमाडौंको बढी चाप हुने असन, भोटाहिटी, ठमेल र क्षेत्रपाटीमा एक वर्षसम्म हावामा हुने सुक्ष्मजीवका बीजबारे अध्ययन गरेका थिए। जसबाट यो तथ्य सार्वजनिक भएको हो । कुनै स्थानमा १० मिनेटसम्म राखिएको प्लेट तत्काल प्रयोगशालामा लगेर ुइन्क्युभेटरुको २८ डिग्री तापक्रममा ४ देखि १५ दिनसम्म अध्ययन गर्दा सुक्ष्मजीवका बिज बढी रहेको देखिएको थियो। अमृत क्याम्पसमा प्राध्यापनरत अर्यालका अनुसार अध्ययनमा सहरी वायुमा पेनिसिलियम, एस्परेजिलस, कल्डोस्पोरियम र फ्याजारियम प्रजातिका सुक्ष्म जीवका बिज बढी भेटिएका छन्। ओसिलो ठाउँमा चाँडै फैलिने यस्ता सुक्ष्मजीव जस्तोसुकै जैविक र अजैविक वस्तुको संसर्गमा बाँच्ने र हावामा चाँडै फैलिने प्रकृतिका छन्।सुक्ष्म जीवका यी बिजले श्वासप्रश्वाससँगै छालाका रोग बढाइरहेका छन्। फोक्सोद्वारा सजिलै मानव कोषिकामा पुग्नसक्ने यी सुक्ष्म जीवले रोगप्रतिरोधात्मक क्षमता घटाउनुसाथै ुसाइड इफेक्टु देखिएर उपचारमा समेत कठिनाइ उत्पन्न गराउँछन्। अनुसन्धानकर्ताहरूले सुक्ष्म जीव फैलन नदिन फोहोर जथाभावी नफाल्न, जैविक फोहोर प्रसोधन गर्न, फोहोरको...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 5 )
March 18, 2011 9:19 pm
सम्बन्ध बढाउने पर्ब होली
परम्परा अनुसार होली सुरु हुनुभन्दा दुइतीन हप्ता अघिबाट नेवारहरुको घरघरका भm्यालहरुमा होलीको आगमनको संकेत गर्न सागका मालाहरु भुन्ड्याउने गरिएका छन् । मुल त तरुणी र हुकर्ेकी चेली, जो असस पुरुष साथीको खोजीमा रहेका हुन्छे उनैले यसरी मालाहरुले घर सजाउने गर्दछे । होली खेल्न टोल टोलमा पुग्ने टोलीले बिपरीलिङगीसंग सम्बन्ध अघि बढाउने परम्परागत लोक गीतहरु गाउने गर्दछन्। नेवार युवाहरुले होलीलार्इ पिरती गाँस्ने पर्बको रुपमा लिने गरेका छन् । ३० बर्ष अघिको होलीको दिनमा यसरी पिरती गाँसेका रामचन्द्र लवजू अहिले सुखमय दाम्पत्य जीबन बिताइरहेको बताउछन् । होलीका दिनमा युवाहरु रंग र अबिर लिएर सहर बजार डुल्छन् । युवतीहरु भने यसरी घुम्ने युवाहरुल्ाार्इ पानी छ्यापेर होली मनाउने गर्दछन् । टोलहरुको बिष्ोशता र युवतीको पारिवारीका पेसा अनुसार पानीमा बिबिध सुगन्धित बस्तुहरु मिसाइने गरिने स्थानीयबासी केशब सुवालले बताए । यो चलनले अहिले निरन्तरा नपाएको देख्दा जेष्ठ नागरीकहरु दुखी छन् । त्यतिबेला मको गल्लीका लवजूहरुको आँगनमा पुग्ने युवाहरुलार्इ दुध मिसाइएको पानी छ्यापेर स्वागत गरिन्थ्यो । लवजू समूदायले भैसी पाल्ने गरेका छन् । अहिले यो चलन भने लोप भएको छ । जेलँाका सायजूहरु धौ अथवा दही बनाउनको नामुद छन् । त्यस पुग्ने होलीका यात्रीहरुलार्इ दहीको टिका लगाइदिने गरिन्थ्यो । यसरी लोप भएको संस्कार बिक ृत भएर फोहर पानी हाल्ने परम्पार बस्न थालेको छ । साकोलानमा रक्सी मिसिएको पानी, गोमारीमा पानको पात भिजाइएको पानी, चोछेमा साग पखालिएको हरियो पानी छर्कने दिन अव इतिहासमा मात्र सिमित छ । अन्य स्थानमा पनि स्थानीय बासिन्दासंग बढी उत्पादन भएको बस्तुहरु पानीमा प्रयोग गरिन्थ्यो । अहिलेका युवाहरु भने लोलाको चलन चले पछि परम्परालार्इ नमान्ने भएका छन् । साथी बनाउने पर्बमा शत्रु बढाउने गतिबिधि बढ्न थालेका छन् । छत छतमा बसेर अरुलार्इ लोला हानेर रमाइलो मान्ने तर आफुलार्इ हानिएमा रिसाउने गरिदा होली पर्बको बास्तबिक आैचित्य ओभmेलमा परेको छ । लुकेर लोला हिर्काउने गरिदा चोट लाग्ने र दुर्घटनाहरु घटिरहेका छन् । लोला हानेर भाग्ने र लखेट्ने प्रब ृतिको कारण्ा यस पर्बलार्इ श्रीराम दुवालले लुकामारीको नाम दिएका छन् । यो खेलले नयाँ सम्बन्ध बिकास हुनु त कता हो कता, पहिले स्थापित भैसकेका नाताहरु समेत टोडिने गरेको दुवालको भनार्इ छ । होलीको बिकृतिलार्इ छोडेर यसलार्इ नयाँ साथीहरुसंग भाइचाराको सम्बन्ध कायम गनर्े र सामाजिक गतिबिधिमा भिज्ने अवसरको रुपमा लिनु पर्दछ । रंगहरुको पर्बले सम्बन्धहरुमा कालो दाग लगाउन नहुने शिक्ष्ाक सुरेश शाक्यको मत छ । होली बिगतका मित्रहरुसंगको पुर्नमिलन गनर्े पर्ब हो । यो नयाँ सम्बन्धहरु...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
March 17, 2011 9:43 pm
विकिरणको हल्ला
विकिरण त्यस्तो किसिमको वैजनी तरंग हो । जसले मानव शरीरका हरेक अंगलाई प्रत्यक्ष असर पुर्याउछ । अहिले चासोको विषय बनेको छ । विकिरणको त्रास । भूकम्प र सुनामीपछि जापानमा विस्फोट भएको न्युक्लियर प्लान्टबाट निस्केको विकिरण हावाको माध्यमबाट सबैतिर फैलने आशंका बढेको छ । नेपालमा पनि विकिरण आउने हल्ला फैलिएको छ तर विकिरण नेपालसम्म नआउने विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीले बताएका छन् । त्रिभुवन विश्वविद्यालयका न्युक्लियर फिजिक्स, न्युक्लियर केमिस्ट्रीका प्राध्यापक, रेडियोलोजिस्टलगायतका विशेषज्ञहरूसितको छलफलपछि विकिरण आइपुग्ने कुनै सम्भावना नरहेको निष्कर्ष निस्केको मन्त्रालयका सचिव डा। रामहरि अर्यालले जनाए पनि विकिरणको त्राु नेपालमा पनि फैलिएको छ । प्राकृतिक विपत्तिमा परेको जापानमा ठूलो संकट परेको छ । ३ पटक परमाणु तथा उर्जा प्लान्टमा भएको विष्फोटले जापानमा विकिरण उत्पन्नले जापानीहरुमा त्रासदी फैलिएको छ ।तर विकिरणको हल्लाले हङकङमा ठूलो खैलाबैला मश्च्चिएको छ ।हङकङमा जापानमा हालै आएको भुकम्प र सुनामी सँगै परमाणु भट्टी विस्फोटनबाट निस्किएको विकिरण फैलिएको प्रमाणित भएपछि एकाएक नुनको अभाव भएको हो । नुनमा रहेको आयोडिनले हानिकारक विकिरणबाट जोगाउने हल्लाले सामान्यभन्दा अत्यधिक भण्डारण गर्न थालिएपछि हङकङ बजारमा आपुर्ति कम भएकोछ । विकिरण समुद्रको पानीमा समेत फैलिएकाले अब उत्पादन हुने नुनले स्वास्थ्य विग्राने कुराले समेत अधिकांश त्रसित छन् । यसलै पनि महिनौ दिनलाई पुग्ने नुन एकैपटक खरीद गरिएको हो । अहिले तीन हङकङ डलर ९करिब तीस रुपैयाँ० पर्ने आधा किलोग्राम नुन बीस डलरसम्ममा विक्री भइरहेका छन् । जबकी उत्तिकै तौलको चिनीको मुल्य सात डलर मात्र छ । वेलकम, पार्क एण्ड सप जस्ता जहिलेसुकै उपलब्ध हुने चल्तीका सुपरमार्केटमा महंगो मुल्य तिर्न तयार रहेपनि नुन छैन । बजारमा नुनको अभाव भएपछि स्थानीय सरकारका तर्फबाट स्वास्थ्य विभागले विहिबार साँझ एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभाग प्रमुख डाक्टर योर्क चाउले नुनमा रहेको आयोडिनले विकिरण रोक्ने कुरा भ्रम मात्र भएको उल्लेख गरेका छन् । विकिरणबाट जोगिनु त पर्दछ नै तर यसबारेको जानकारी नलिई बजार हल्लाको भरमा कुद्नुभने राम्रो पक्कै होइन ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
March 16, 2011 9:47 pm
मन लागेको निर्णय गर्ने अधिकार कसैलार्इ पनि छैन
कानूनमा सबै समान हुन्छन् र कानूनले तोकेको मात्र गर्ने अधिकार हुन्छ । मै ठूलो भनी गरिएको निर्णय अब टिक्दैन किनकी यो २१ अै शताब्दी हो । पुराना पालाका आफूखुशी निर्णय कसैलार्इ पनि मान्य छैन । देशको मुख्य अर्थतन्त्र र सरकारको सल्लाहकार मानिने नेपाल राष्ट्र बैंकले गरेको निर्णय बद्नियतपूर्ण देखिएको छ । वित्तिय तरलतालार्इ रोक्न, हराएको पूँजी फर्काउन र पुराना नोटको संरक्षण गर्ने तर्क दिएर राष्ट्र बैंकले पूर्व राजाको तस्बिर अंकित नोट विस्थापित गराउने जुन निर्णय गर्यो । त्यो केही हदसम्म ठीक भए पनि यसभित्र कमिसन र भष्टाचारको गन्ध लुकेको तब थाहा भयो की राष्ट्र बैंकले बुधबार एकाएक उल्ट्याएको निर्णयले । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजाको फोटो अंकित नोट नचल्ने व्यवस्था कानुन संगत नभएको भन्दै रोक्न निर्देशन दिएपछि बुधबार राष्ट्र बैंकले नोट चल्ने निर्णय गरेको हो।नोट फिर्ता गर्न लगाएर नयाँ छाप्दा कमिसन खान लागेको भन्दै नारायण दाहाल दिएको उजुरी आधारमा बुधबार अख्तियारले बुधबार राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। आखिर एकाएक निर्णय बदल्नु थियो त केन्द्रिय बैंकका वर्षौसम्म काम गरेकाहरुलार्इ किन थाहा भएन त कानूनको बारेमा र सर्वसाधारणलाई सास्ती निर्णय गरे त अनि अख्तियारको निर्देशन आउनेबित्तिकै निर्णय उल्टाए । यसभित्र गम्भीरुता लुकेको छ नै । बाहिर देख्दा राम्रो काम गरेजस्तो देखाउने र भित्र भुँडीको थैलो भर्ने दाउ नेपाल राष्ट बै।कमा रहेको यो तथ्यले सबै नेपालीलार्इ एकपटक भmस्काइदिएको छ । संक्रमणकालको फाइदा लुट्ने त कर्मचारीहरु नै रहेछन् नी ? पूर्वराजा अंकित नोटहरु सट्टाभर्ना गर्न सर्वसधारलाई कठिनाइ परेको व्यहोरा बैंकको जानकारीमा आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलनचल्तिमा रहने व्यवस्था गरेको छ। राष्ट्र बैंकको जारी सूचनामा भनिएको छ तर आफ्नो हर्कत छोप्न नसकेपछिको सूचना हो यो राष्ट बैंकभित्रको मतियारहको चरित्रको पर्दाफास । आखिर सर्वसाधारणको सवाल र भष्टाचारको ठूलो जालसाँचीलार्इ रोक्न अख्तियारले दिएको यो आदेश नेपाली जनताको पक्षमा छ र यस्तो बिसंगतीको पर्दाफासका लागि नारायण दाहाल दिएको उजुरी देश र जनताको हित बमोजिम छ । यसैले अख्तियारले पनि कानून सम्वत निर्णय गरेर राष्ट बैंक भित्र हुन लागेको नोटको ठूलो कमिसन र भष्टाचारलार्इ रोकिदिएको छ । हामीकहाँ कानून छ तर कानूनलार्इ कसले कसरी प्रयोग गरिरहेको छ भन्ने हामी सर्वसाधारण नेपालीहरुलार्इ थाहा छैन । त्यसैले बेला बेलामा हुने यूस्ता देश र जनता घात निर्णयलार्इ रोक्ने चेचनाको साथ आँट र हिम्मत नारायण दाहाल जस्तै सबे नेपालीमा हुनु आवश्यक छ । अनिमात्र कानूनी राज्यको स्थापित हुन्छ र...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 6 )
March 09, 2011 10:28 pm
छुटतन्त्रको राजनीतीकरण मौलाउदो
राजनीतिबिना अबको नेपालको नयाँ विषय हुन नसक्ला । यतिसमम की श्रीमान श्रीमतीको बीचमा केही चित्त नबुझ्दा समेत राजनीतिले महतव पाउँछ । को ठूलो को सानो, कसको पहुँच कहाँसम्म सबै कुराको निर्धारण राजनीतिले गरिदिएको छ । फुटपाथमा नाङलो पसल थाप्नेदेखि शपिङ कम्प्लेक्स सम्म राजनीतिक जोडिएको छ । यो राजनीतिमा हिड्न र भिज्न सकेन भने मानिसको रोजीरोटी नै खोसिन्छ भन्ने मान्यता नेपाली राजनीतिकले सिकाउदै गएको छ । यो कतिसमम सही होला त ? अब सोच्नुपर्ने विषय आएको छ । नेताहरुको मनपरीतन्त्र र आफ्नो खेमा अगाडी बढाउन यस्तो अश्लील राजनीतिकको बिकृती फैलाएर स्वच्छ राजनीतिकको बद्नाम गरिरहेका छन् नेपालमा ।नेपालको सबैभन्दा गम्भीर प्रहार भएको क्षेत्र हो अर्थतन्त्र र शिक्षा । यी दुई क्षेत्रमा विभिन्न नाममा राजनीतिक घुसाइदा अहिले नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको छ । राजनीतिक कर्ताहरुलाई यसको कुनै मतलव छैन । आफ्ना कार्यकर्ता र आफ्नो पहुँचमासत्ता आउँछ की आउदैन भन्ने सोचले मात्र पिरोलिइरहेको छ । जसको फलस्वरुप अर्थ र शिक्षा क्षेत्र राजनीतिकले तहसनहस बनाइदिएको छ m। सरोकारहरुहरु पनि यस विषयमा अझ जिम्मेवार बन्न नसक्दा अबको नेपालको भविष्य कता भन्ने अन्योल कायम छ । राजनीतिकका कारण औद्योगिक क्षेत्रमा सुरु भएको छ( मजदुर हडतालका । मजदुर र मालिक एउटै सिक्काका दुई पाटा हुन् र यी दुईबीचको सुमधुर सम्बन्धबिना कुनै पनि उद्योग चल्न सक्दैन भन्ने मान्यता त छदैछ तर नेपालका सन्दर्भमा यो यथार्थलाई राजनीतीकरण गरिएको छ । हेटौंडाऔद्योगिक क्षेत्रमा गरिएको अनिश्चितकालीन हडताललाई यसैको प्रतिबिम्बका रूपमा लिन सकिन्छ । उद्योग वाणिज्य महासंघमा वार्ता चलिरहेका बेला अनायास सबै उद्योग बन्द गरिनु, अन्यत्र पनि बन्द गर्ने धम्कीको अर्थ यही हो । सामूहिक सौदाबाजी गर्ने र न्यूनतम तलब पुनरावलोकनको कानुनी व्यवस्था हुँदाहुँदै धमाधम उद्योग बन्द गरिनु कुनै पनि कोणबाट उचित मान्न सकिँदैन । माओवादी मजदुर युनियनभित्रको गुटबन्दीले सिंगो औद्योगिक क्षेत्रलाई गाँजेको छ । माओवादी युनियनबीचको झगडा आफ्नै नेताहरू अपहरण गर्ने हदसम्म पुगिसकेको छ । त्यसकारण युनियनभित्रको चर्को विवादबाट ध्यान अन्यत्रै मोड्न र आफू लोकप्रिय बन्ने चालका रूपमा यसलाई बुझ्न गाह्रो छैन । सातवटा राजनीतिक दलनिकट मजदुर संगठनहरूको प्रतिनिधिमूलक संयुक्त संस्था गठन भएपछि(न्छ । लामो र कठिन प्रयासपछि बनेको सरकारको सूत्रधार माओवादीसम्बद्ध मजदुरले अन्यत्र पनि उद्योग बन्द गराउने धम्कीलाई स्वाभाविक मान्न सकिँदैन । सरकारमा बसेपछि त्यहीँबाट विधिसम्मत ढंगले समाधान खोज्ने प्रयास गर्नुपर्नेमा मजदुरलाई सडकमा उतार्नु गैरजिम्मेवार क्रियाकलाप हो । पार्टी नेतृत्व जिम्मेवार...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
March 08, 2011 10:37 pm
हड्ताल र आन्दोलनले समस्या समाधान गर्छ र?
आफुले चाहेको र भने बमोजिमको कुरा नभए दबाबको रुप बनिहाल्छ आन्दोलन र हड्ताल । कसैलाई केही मनपरेन त शुरु हुन्छ । सडकका रेलिग भाँच्न र टायर बाल्न । आन्दोलन त हुनुपर्छ । अधिकार र स्वतन्त्रताका लागि । तर नेपालमा अहिले अधिकारको नाममा बिकृति र बिसंगतीले मौलाउने अवसर मात्र पाएको छ । मानिसहरु नजान्ने पनि होइनन र पूर्ण जान्ने पनि भएनन् । जसको प्रतिफलको रुपमा हरेक क्षेत्रमा हड्ताल र आन्दोलन आफ्नो माग पूरा गराउने कडी बन्दै जान थाले । अनि सरकार पनि लाचार निरर्य बनेको छ । कमसेकम जनताको सानोभन्दा सानो मौलिक हक र अधिकारको सुनिश्चितता राज्यले दिन सकिरहेको छैन । बेरोजगारीको समस्या त छदैछ । दक्ष जनशक्तिको अभाव अर्को समस्या बन्दै छ नेपालमा । उत्पादन र निर्यातको अवस्था शून्य नै छ । आयात र सहयोगको रुपमा हात र झोला फैलाउने आदात बाहेक यहाँको अर्को उपलब्धि नै छैन । राजनीतिक खिचातानीको मूखय परिणम नै आन्दोलन र हडताल बन्ने गरेको छ । आजैको दिनमा देशका निजी शैक्षिक संस्थाहरु र औद्योगिक क्षेत्रहरुम आन्दोलन र हड्ताल शुरु गरिएको छ । मजदुरले काम गरे अनुसारको पारिश्रमिक पाउनुपर्दछ अनि रोजीरोटीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्दछ । यो जायज माग हो तर यही मागलाई लिएर हजारको भीडमा करोडौंलाई असर पुग्ने काम त गर्नुभएन नी । दबाबका लागि हड्ताल र आन्दोलनकै रुप ठीक हुन त होइनन् नी किनकी यसबाट न त आन्दोलनकर्तालाई फाइदा पुग्छ न त औद्योगिक क्षेत्रलाई न त राज्यलाई नै । अब पनि हामी यो कुरामा जिम्मेवार बनेनौ भने हाम्रो दिनचर्या हड्ताल र आन्द्योलन गर्ने आदातमा नै बित्छ । उपलब्धि हात लाग्यो शून्य मात्र ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 5 )
March 07, 2011 9:38 pm
डिजिटल प्रचार प्रसार आधुनिक विज्ञापन शैली
कुनै पनि वस्तु, उत्पादन तथा सेवाको प्रचार प्रसार कसरी गर्ने भनेर चिन्तित हुनुहुन्छ भने अहिलेको विज्ञापनिक शैली फेरिएको छ । पत्रपत्रिका, रेडियो टेलिभिजनबाट प्रचार प्रसार गरिदै आएको शैलीलाई प्रविधिले एक फड्को अगाडी बढाइदिएको छ । नेपालमा अहिले डिजिटल विज्ञापन शैली भित्रिएको छ ।नेपालमा नै पहिलो पटक डिजिटल प्रविधिमा आधारित ई पोस्टरमार्फत गरिने विज्ञापनको नयाँ प्रविधि आएको छ । मिडिया स्पेस सोलुसनले एमएसएसले उच्चस्तरीय डिजिटल डिस्प्ले स्क्रिनसहितको ई पोस्टर नेपालमै पहिलो पटक भित्राएको हो । कम्पनीले यस्ता स्क्रिनहरूको प्रयोगबाट निर्मित ईपीओपीएम अर्थात् इलोक्ट्रोनिक प्वान्ट अफ पर्चेज मिडिया नामको सञ्जाल निर्माण गरी यो प्रविधिमा विज्ञापन गर्न सुरु गरेको छ । यो कार्य अब नेपाली कम्पनीहरुको वस्तु उत्पादन तथा सेवाहरुको व्यापार प्रबद्र्धनका लागि राम्रो प्रचार शैली हो । ईपीओपीएम सञ्जालअन्तर्गत उपभोक्ताको धेरै आवत–जावत हुने स्थानमा डिजिटल डिस्प्लेमार्फत विभिन्न उत्पादन, कम्पनी, सेवा र सुविधाका बारेमा विज्ञापन गरिन्छ । यस्तो सञ्जालमार्फत देशका मुख्य बजारहरूमा उत्पादक कम्पनीहरूले आफ्ना ब्रान्ड एवं वस्तुका बारेमा लक्षित ग्राहकहरूसमक्ष प्रभावकारी रूपमा प्रवद्र्धन गर्नसकिने यसका जानकारहरु बताउछन् ।आमसञ्चार माध्यमहरूबाट प्रसारण तथा प्रकाशन हुने विज्ञापनहरूबाट सिर्जित ब्रान्ड इमेजलाई वास्तविक रूपमा ग्राहकसमक्ष प्रस्तुत गर्नु डिजिटल सञ्चारको मुख्य उद्देश्य मानिन्छ। यो प्रविधिको विज्ञापन प्रचार कम्प्लेक्स र ठूला महलहरुका लागि बहुउपयोगी मानिन्छ । नेपालमा एक वर्ष भित्र यो विज्ञापन शैलीलले बजारको मुख्य हिस्सा ओगट्ने निश्चित छ ।देशका प्रमुख व्यापारिक प्रतिष्ठान र सुपरमार्केटमा यो विज्ञापन प्रविधि प्रचारका लागि व्यवसायिक प्रबद्र्धक बन्नेछ । लोडसेडिङको अभावमा ठूला होर्डिङ बोर्ड र डिस्प्ले स्क्रिनको प्रयोग प्रभावहीन बन्दै गएको अवस्थामा ग्राहक र उपभोक्ताको आवत–जावत हुने व्यस्त स्थानमा न्यून विद्युत् खपत गर्ने डिजिटल पोस्टर ज्यादै प्रभावकारी बन्नसक्छ। यसबाट विज्ञापन एजेन्सी, सबै उत्पादक कम्पनीहरू र अन्य विज्ञापनकर्ताहरूले फाइदा फाइदा उठाउन सक्छन्। अब तपाई हामी हाम्रो व्यवसायलाई डिजिटल पोस्टराइज गर्नेतर्फ सोच अगाडी बढाउने हो की ?डिजिटल प्रचार प्रसार आधुनिक विज्ञापन शैली कुनै पनि वस्तु, उत्पादन तथा सेवाको प्रचार प्रसार कसरी गर्ने भनेर चिन्तित हुनुहुन्छ भने अहिलेको विज्ञापनिक शैली फेरिएको छ । पत्रपत्रिका, रेडियो टेलिभिजनबाट प्रचार प्रसार गरिदै आएको शैलीलाई प्रविधिले एक फड्को अगाडी बढाइदिएको छ । नेपालमा अहिले डिजिटल विज्ञापन शैली भित्रिएको छ ।नेपालमा नै पहिलो पटक...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 3 )
March 01, 2011 10:12 am
अमेरिकामा नेपाली चेलीहरुले हाक्दैछन येल्लो क्याब

सात समुन्द्र पारी अमेरिकामा आइपुगेका नेपाली महिलाहरु पुरुष सरहनै टेक्सी कुदाउछन भन्दा कमैलाई पत्यार लाग्न सक्छ । व्यस्त सडकमा गुडने हजारौ सवारीको माझ उनीहरु अहिले पुरुषले जतिकै तिब्र गतिमा येल्लो क्याब -टेक्सी) चलाउछीन । अमेरिकाको न्युर्योक र क्यालिफोर्नियामा बडदैछन नेपाली चेली चालकहरु । अवसर पाएको खण्डमा पुरुषले जतिकै शाहसीक कार्य गर्न सकिन्छ भन्ने उदाहरणीय बनेकी छिन यी नेपाली चेलीहरु । यस सम्बन्धमा क्यालिफोनियाबाट जाङबु शेर्पा र न्युयोर्कबाट आङछिरिङ शेर्पाको रिपोट,
...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 7 )
February 24, 2011 8:30 pm
युनिटीको राहत सरकारले ग्यारेन्टी दिनुपर्दछ
युनिटीको एन्स्युरेन्ट योजनाबाट स्वदेश तथा विदेशमा रहेका हजारौ नेपालीहरु पीडित बनेका छन् । युनिटीको कार्ययोजना आफैमा नराम्रो भने थिएन । नेपालीहरुलार्इ आर्थिक जीवनशैलीमा आबद्ध गनर्े एउटा शैली थियो युनिटी नेटवर्किग योजना । यो नेटवर्किग योजनाको पार ३ वर्षमा ५ लाख सदस्यहरु आबद्ध भैसकेका थिए । थोरै पुँजी लगानी र त्यसको भविष्य जीवनका लागि धेरै सुबिधा र नेपाली कम्पनीको विश्वासबाट नेपालीहरुले यस योजनलार्इ मन पराएका थिए । २ लाखभन्दा बढी युनिटीका सदस्यहरु विदेशमा रहेका नेपालीहरु रहेको बुभिmएको छ । १० अरबको रकम उठाउन सफल युनिटी जनशक्ति पुँजी आज कता छ भनेर प्रश्न उठिरहेको छ । युनिटीका प्रमुख सञ्चालक प्रसाद गुरुग भन्ने काशी प्रसाद कहाँ छन् पत्तो छैन । २०६७ जेष्ठ ३ गतेदेखि नेपाल सरकारले युनिटीको कारोबार बन्द गरेपछि युनिटीमा ख१३ हजार राखेका ६ लाख नेपालीहरुको लगानी जोखिममा परेको हो । सरकारले कारवाही प्रकि्रया गरेपनि लाखौं नेपालीको पैसा कसले फिर्ता दिने भन्ने अन्योलमा नै सरकार भन्छ, यनिटी सञ्चालकहरुले जनताको पैसाफिर्ता गनर्ुपर्दछ तर युनिटी सञ्चालकहरु अहिले फरार छन् कारण सरकारले युनिटीका सञ्चालकहरुलार्इ मस्ट वान्टेडको सूचीमा राखेको छ । एक वर्ष पुग्न लाग्दा समम पनि युनिटी प्रकरणले निकासा पाउन सकेका छैनन्। जनही १३ हजारका दरले युनिटीमा पैसा राखेको ६ लाख नेपालीहरु आज युनिटीको पैसा फिर्ता नआउने भो डुब्यो भन्ने अवस्थामा मात्र छन् । बेला बेलामा युनिटीका सञ्चालकहले जनताको लगानी सुरक्षित रहेको बताउदै आएका छन् र सदस्यहरुलार्इ सरकारको बिरुद्धमा उत्रन भनेका छन् र सञ्चालकहरु अज्ञात स्थानबाटै सरकारलार्इ कारोबार गर्न दिन दबाबा दिदै आएका छन् । यता सरकार कारवाही गनर्े मात्र भन्छ, ६ लाख नेपालीको यति ठूलो पुँजीको न त सरकार ग्यारेन्टी लिन नै सक्छ न त युनिटीलार्इ कानूनी दायरामा ल्यार्इ कारोबार गर्न दिने वातावरण नै बनाउन सक्छ । १० आै आर्थिक वर्षमा पनि सरकारले १० आै अरब नेपाली जनताका लागि ल्याउन नसक्ने योजना युनिटीले ल्याउदा पनि यसलार्इ व्यवस्थित बनाउन सरकार लागि परेको छैन । खाली प्रतिशोधको भावनामा राजनीतिक कदम चारिहेको छ सरकार युनिटी वित्त प्रकरणमा । भर्खरै युनटीले ललितपुरको सैंबुमा उक कार्यक्रम गरी ऐसुरेन्स युनिटी लाईभ कम्पनीको पुनः सचालनको माग सरकारसमक्ष राखेको छ ।
...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 5 )
February 23, 2011 10:09 pm
अरब आन्दोलनको जड निंकुशता र शोषण
अरब देशका नागरिकहरुमा अहिले चेतना भरिएको छ । जसको कारण यनीहरु आफ्नो अधिकार खोज्न सडकमा उत्रन सक्ने भएका छन् । एजिप्टको ४० वर्ष लामो होस्नी मुबारकको एकल शासनले जनतामाझ घुँडा टेक्नुपर्यो । त्यस्तै ट्युनेसिया र वहराइनमा पनि आन्दोलनले निर्णायक मोड लिएको छ । भने पछिल्लो समय आन्दो लहर लिबियामा सरेको छ । २ हप्ता अघि शुरु भएको लिबिया जनप्रदर्शनमा लिबियाको सरकारले दमनको नीति लिएको छ । भनिन्नछ लिबियामा नरसंहार नैै भएको छ । आन्दोलनको क्रममा २०० भन्दा बढीको ज्यान गइसकेको छ भने सडकमा जनप्रदर्शनको चाप बढ्दै गएको छ । लिबिया आन्दोलनले विदेशी नागरिक र कामदारहरु बन्ध बनिरहेको र आन्दोलनमा फसिरहेको अन्तराष्ट्रियउ न्युज एजेन्सीहरुले बताइरहेका छन् । लिबिया आन्दोलन क्रममा सबैभन्दा बढी नेपाली नागरिकहरु फसिरहेको समाचारहरुले बताएका छन् । आन्दोलनमा फसेकाहरुलाई इजिप्ट लैजाने उद्धार कार्य इजिप्टको नेपाली दुतावासले गरिरहेको छ । लिबियामा तत्काल सरकारले सत्ता छोड्ने संकेत कमै देखिएको छ तर जनताहरु भने आन्दोलनले उपलब्धि हासिल नगरेसम्म सडकमै बसेर मर्न तयार भएको बताइरहेका छन् । आन्दोलनमा दिनप्रतिदिन जनसहभागीता बढिरहेको छ । यसरी हेर्दा अरबी जनतामा छाएको चेतनाले त्यहाँको निरंकुशता शासनलाइृ हटाइछाड्ने पक्का छ भने शोषणबाट जनतालाई यस्ता चेतनामुलम आन्दोलनले मुक्ति समेत दिनेछ ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
February 12, 2011 4:15 am
सहरमा बाँच्नै गार्हो भो
सहरी विकासँगै बदलिदो नयाँ र फेसेनेवल जीवनशैलीमा निम्नस्तरीय वर्गलार्इ सास्ती बढ्दै गएको छ । जसको मुख्य कारण बढ्दो महंगी नै हो । खाद्यान्न, शिक्ष्ा, लत्ताकपडा लगायत उपभोग्य वस्तुहरुमा आकाशिदो महंगी बढ्दै गएका कारण सर्वसाधारणहरु आफ्नो रोजीरोटीमा नै संघर्ष गरिरहेका छन् । हुनत सहरमा के के न पाइन्छ भनेर सबै सहरतिरै ओइरिदा पनि यो समस्या चुलिदै गएको हो । उच्च वर्गका लागि महंगी कुनै नौलो होइन तर पनि सर्वसाधारणका लागि भने ढाड सेकिदो महंगी बाँच्नै नसक्ने अवस्था भएको छ ।
अहिले उपत्यकामा सबैलाई डर, त्रास, भय, अभाव र महँगीले आक्रान्त पारेको छ । यति मात्र होइन, उपत्यका अव्यवस्थित मानव वस्तीको सागर बनिरहेको छ । यसो हुनुमा शासकहरूको अदूरदर्शिता अकर्मण्यता र दण्डहीनता नै हो ।
नेपालको विद्यमान नियम कानुनले जनतालाई स्वदेशभित्र आवतजावत तथा बन्द व्यापार गर्न कुनै रोक लगाएको छैन । तथापि यसलाई व्यवस्थित गर्न राज्यले कुनै विधि र नीति अपनाएको छैन । यसैले उपत्यका लगायतका ठाउँका कृषिजन्य भूमिहरू अव्यवस्थित कङ्क्रिटको जङ्गलले भरिएका छन् । उपत्यकावासीहरू आजभन्दा १८ वर्ष पहिलेसम्म कृषिजन्य व्यवसायमा ९० प्रतिशत आत्मनिर्भर रहेको अवस्था थियो, आज १५ प्रतिशत भेटिन मुस्किल छ । उपत्यकाको जनसङ्ख्या कुनै बेला १५ लाखको हाराहारी थियो । अहिले ५० लाखभन्दा बढी पुगेको छ । यसै कारणले पनि उपत्यकाका खेतीयोग्य जमिनमा महल उमि्रएका हुन् ।सरकारले देशको हरेक क्षेत्रमा शान्ति सुरक्षा, विकास निर्माण, स्रोत साधनको कार्ययोजना नगरिनुबाट मानिसहरू सुरक्षित हुने, आय आर्जन गर्ने सुविधाजन्य क्षेत्रमा आएर बस्नखोज्नु स्वाभाविकै हो । यस्तो अवस्था देशको सबै क्षेत्रमा हुनुपथ्र्यो तर विडम्बना हाम्रो मुलुकको विकट र दुर्गम क्षेत्रको विकास प्राथमिकतामा कहिल्यै पर्दैन । विदेशी राष्ट्रको सहयोग र ऋण रकमको ४० प्रतिशत रकम मात्र विषयगत कार्यमा खर्चिने परिपाटीले देश र जनताको विकास प्रगति कसरी हुनसक्छ सहरी व्यवस्थापन विषयमा तत्कालै बहस चलाई कार्यान्वयन अगाडि बढाएमा समाजमा नैतिकवान, सदाचारी र प्रतिभावान्हरूको मर्यादा बढ्छ । आˆनो थातथलोलाई छाडी सहरबजारमा जान खोज्नेहरू आˆनो गाउँ क्षेत्रकै विकास निर्माणमा लाग्नेछन् । साथै अवैध रूपले सम्पत्ति जोड्न खोज्नेहरूको मानसिकतामा परिवर्तन हुन्छ । यसो भयो भने मात्र राजधानी तथा उपत्यका सुरक्षित, सुन्दर र भ्रमणयोग्य स्थल बन्न सक्दछ । भने नेपालको कृष्ि क्षोत्रलार्इ बढवा गर्दै कृष् आैद्योगिक उत्पादनतफ सरकारको नीति आए बढ्दो महंगी रोकिने थियो की ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 3 )
February 10, 2011 10:08 pm
इनोभेसन ‘कुशल सोलार कार पछि कुशल एयर कार
नयाँ आविष्कारका लागि सोच नयाँ र लगनशीलता र साहससँगै धैर्यता आवश्यक हुन्छ । नेपालमा पनि प्रतिभाका धनी प्राविधिकहरु छन् । जसलार्इ राज्यले चिन्न सकिरहेको छैन । १ वर्षअघि बाग्लुगमा सोलार कार बनाएर चर्चा कमाएका कुशल के.सी.को त्यो सहासिक यात्रा रोकएको छैन । सरकारले फूलमाला लगाएर सम्मान मात्र गरे पनि उनको आविष्कारलार्इ प्रयोगमा ल्याउन चासो नदिएकोमा भने कुशलको दुखेसो छ । हुन पनि राज्य प्रविधि इनोभेसनका नयाँ कार्यलार्इ भाषणमा मात्र राम्रो र सर्हानीय भन्छ तर व्यवहारमा प्रयोगमा ल्याउन आवश्यक ठान्दैन । जसको कारण प्रतिभा पलायनको पीडा नेपालले भोगिरहनुपरको छ भने नयाँ आविष्कारहरु चौर र करेसाका थन्किएर अलपत्र बस्ने गरेका छन् । डाँफे बिमानकै कुरा गरौ त्यो बिमान परीक्ष्ण गर्न सरकारको परीक्ष्ण नीतिका लागि विकास पराजुली र गणोश सिन्केमानले लगभग २ वर्ष कुनर्ुपर्यो। त्यसपछि पोखराको आकाशमा सफल उडान परीक्ष्ण गरिएको डाफे विमान अहिले विकास पराजुलीकै करेसामा थन्किएर बसेको छ भने पराजुली अध्ययनका लागि अमेरिका गएका छन् । यसअघि चन्द्रकान्त नेपालीको इनोभेसन कदर नहुदा चन्द्रकान्त नेपाली अमेरिका वैज्ञानिकको रुपमा आफ्नो श्रम र पसिना बेचिरहेका छन् । यी सब कुरालार्इ कुशल नेपाली थाहा पाए वा नपाए पनि के.सी. आफ्नो दोस्रो इनोभेसन हावाबाट चल्ने कार बनाउने तयारी जुटेका छन् । काठमाडौंको नासा इन्टरनेसनल कलेज कक्षा ११ मा अध्ययनरत केसीले हावाकै चापले गुड्ने नमुना कार बनाएर अर्को नयाँ प्रयोग गरेको दाबी गरेका छन् । हावाबाट गुड्ने कारमा टिन, बल्व बेरिङ, तार, प्लास्टिकको प्रयोग गरिएको छ । हावाको सिलिन्डरले टर्वाइनमा प्रेसर दिएपछि कार गुड्ने केसीले बताए । एयर टाईड एयर टरवाईन प्रविधिले चल्ने भएकाले यो प्रयास पहिलो भएको बताए । हावाको सिलिन्डरले टर्वाइन प्रेसर दिएपछि कार गुड्छ, परीक्षणका रूपमा यो नमुना बनाएको छु अब चाँडै परिमार्जन गरेर ठूलो आकारमा बनाइ यात्रु सवार बनाउनेछु उनी भन्छन्, कुशलले आफ्नो कारको नाम ‘कुशल सोलार कार सेभ द वल्र्ड’ राखेका थिए भने अहिले कुशल एयर कारको नाम दिएका छन् ।
...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 2 )
February 09, 2011 9:10 pm
साइवर टेन्सन, अपरिचितसँग च्याट,टाउको दुखार्इ मात्र
साइवरमा गएर चिनेजानेसग च्याट गनर्े दैनिकी हरेक युवा युवतीहरुमा बढ्दो छ । हुनपनि सूचना प्रविधिको आजको यो युगमा इन्टरनेट विश्व सञ्जालमा छिर्न कसलार्इ मन नहोला । अनि सूचना प्रविधिलार्इ जीवन प्रयोगमा ल्याउन पनि त सिक्नुपर्यो नी त । यसोभन्दा अहिलेको युवायुवती संस्कार अनलाइन च्याट संस्कार र सामाजिक सञ्जालहरुमा साथी बनाउने रहेको छ । इन्टरनेटबाट स्वदेश विदेशका नयाँ व्यक्तिसँग परिचय गर्दै साथी बनाउनु नराम्रो भने होइन तर समय र प्रविधिलार्इ अवस्था र समयअनुकुल प्रयोगमा ल्याउन सकेन भने पछि त्यो नै जीवनको घाडो बन्न सक्छ । यस बारेमा बेलैमा कसैले सोच्ने गरेका छैनन्। अहिले दिनहुँजसो साइबरमा च्याट गर्दागर्दै अनभिज्ञ व्यक्तिसँग सम्बन्ध जो जोड्नेहरु धेरै छन्। सम्बन्ध जोड्दै जादा सुरुमा त उनीहरूका कुराकानी च्याटमा मात्र सीमित र सामान्य मित्रवत् हुन्छन् तर त्यसको केही समय नबित्दै उनीहरूबीचको साक्षात्कार भयो र सामिप्यताको सम्बन्ध कहिल्यै नजोडिने गरी फुट्न बेर लाग्दैन कारण यौन दुर्व्यहारको शिकार हो । अनलाइन च्याटमा भेट भएका युवकहररुले कपिय युवतीहरुसँग शुरुमा सौहाद्र तवरले नजिक हुन्छन् र पछि यौनजन्य तस्वीर, फाइल, भिडिया र कुराकानी गरेर आफा्नो अभिष्ट पूरा गनर्े गर्छन् हुनत युवतीहरु पनि यस्ता कामकाजमा सकि्रय नहुने गरेका भने होइनन् । आजकल साइवर च्याटमा वाल यौनदूराचारका सवालहरु बढेर गएका छन्। सामाजिक सञ्जालहरुको साथी बनाउने फेसनले साइवर अपराधलार्इ बढाइरहेको छ । यसको कारक हो इन्टरनेट मनोरञ्जनका लागि चलाउने प्रबृीत्त र लत । अनलाइन च्याट गर्दागर्दै हेर्नै नसकिने तस्बिरहरू आउने घटना अहिले नौला होइनन् । इन्टरनेटले बालबालिकालाई समेत आफ्नो पहुँच बढाउनमा असीमित सम्भावनाहरू प्रदान गरेको छ । तर सँगसँगै बालमस्तिष्कले पचाउन नसक्ने अश्लील सामग्रीहरूमा समेत पहुँच बढाइ असीमित चुनौतीहरू थपिदिएको छ ।
...
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 2 )
January 29, 2011 7:03 am
जुवा खेलेको कुरा शीर्ष नेतालाई लाजमर्दो

एउटै प्रांगणमा दुइथरी दृश्य कस्तो अचम्म हुने रहेछ । अचम्म मान्यो भने । होइन भने यो केही झैं पनि भएन । होटल र्याडिसनको भवनमा शीर्ष तीन दलका नेताहरु देशको भविष्यबारे गहन छलफलमा जुटिरहेका बेलामा सोही प्रांगणमा भने जुवाको खाल जमिरहेको थियो । त्यही भएर क्यासिनो र्याडबाट पाँच जना नेपालीलाई जुवा खेलिरहेको अबस्थामा पक्राउ गरेको छ । धन्य प्रहरी जुवा घरमा जानुको सट्टा तीन दलका नेताहरु बसिरहेको तिर गएनछ । सधैं राति अबेरसम्म छलफलमा बस्ने नेताहरु यही कारणले त होइन ? त्यति दिउँसै छलफल सकाएर निस्केका ? भन्न गाह्रो छ तर शंका गर्ने पर्याप्त आधार भने छन् है । किनभने जुवाघर चलाएर कार्यकर्तालाई जागिर खुवाउने नेताहरुमध्ये त्यो वार्तामा सहभागी पनि केही थिए होला । त्यही भएर त्यत्रो डर । रमेश खरेल प्रहरीप्रमुख रहेको बेलामा डरैडरले भएपनि जुवाघरमा नेपालीहरु कमै जान्थे भने जुवाघर चलउनेहरुले पनि डर मानेर नेपालीहरुलाई छिराउने आँट गर्न सक्दैनथे । नयाँ एसपी जिम्मेवारी लिएर के आएका थिए हाड हाँसे गैरकानूनी काम गर्नेहरुका । नपत्याएको बाघले सिध्याउन सक्छ भन्ने पनि हुनसक्छ । एसपी पुष्कर कार्कीले समातिहाले पाँचजनालाई । बरु क्यासिनो सञ्चालकलाई पनि ठेगान लगाए भने मान्नैपर्छ । कानुनले नेपाली नागरिकलाई क्यासिनोमा गई जुवा खेल्न रोक लगाएको छ । आफुहरु बैठकमा भएका बेलामा यस्तो हुनुले त नेताहरुको सातो गएको होला । लामो छलफलका क्रममा धन्य तास समातिएनछ भन्ने पनि भएन होला, यदि पहिले त्यसो गरिन्थ्यो भने । त्यसैले छलफल गर्न मन लागेन भने किताब पढ्नु वेश हो नि । के गर्नु जुवा खेल्ने लत लागेकालाई तँजत्रो सुन दिन्छु भने पनि मान्ने होइनन् । कम्तीमा यस्तो घटनालाई आफ्नै आँखाले देख्नुपरेपछि अब त नेताहरुले कानुनमा भएको कुरा लागु गराउन दबाब दिनुपर्छ । न कि नयाँ नयाँ जुवाघरको उदघाटन गर्दै हिंड्ने । सरकार बनेर कडा मन्त्री नआएसम्म प्रहरीको एक्लो प्रयासले पनि केही हुनेवाला छैन । साधन स्रोत भएपनि कानुनको कार्यान्वयन गराउने इच्छाशक्ति छैन भने कहिलेसम्म यसरी पक्राउ गरिरहने नि । समय र पैसाको बर्बादी मात्रै । - महेन्द्र ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 4 )
January 28, 2011 6:58 am
छुवाछुतविरुद्ध भएका काम नारामै सीमित

दक्षिण एसियाकै पुराना सभ्यता भएका देशहरु भारत लगायतका नेपालमा पनि जातीय छुवाछुतले जरा गाडेको मात्र नभई जराले झनै पछाडि धकेलिरहेको छ । तर्क दिने बेलामा भनिन्छ होला, अमेरिकामा पनि काला जातिमाथि अहिले पनि भेदभावका घटना हुन्छन् भने भारत नेपाली समाजमा त्यसको के कुरा । तर कुरा यस्तो होइन, आफुलाई कसरी सुधारेर जाने भन्ने महत्वपूर्ण कुरा हो । नुवाकोटकोे खड्गभञ्याङ गाउँ विकास समिति आलमडाँडाँकी सुनिता विश्वकर्मालाई धाराको पानी छोएको निहुंमा कुटपिट भएको छ । प्रकृतिले दिएको उपहार पानी, सबैको जीवनको आधार पानी, त्यही पनि कसैले छोएमा बिटुलिन्छ भन्ने मान्यता कहिलेसम्म अँगालेर लडाइँ झगडामा बसिरहने नेपाली समाज । लडाइँ झगडा अन्तरराष्ट्रिय र राष्ट्रिय स्तरमा बेइज्जतीको विषय बनेको छ । व्यक्तिगत मात्र होइन आलमडाँडाँमा बसोवास गर्ने विश्वकर्मा र नेपाली थरका समूदायलाई धारा ब्यवस्थापन उपभोक्ता समितिले धाराको पानी प्रयोग गर्न रोक लगाएको दाबी गरिएको छ । यदि यस्तो हो भने समाज, बुद्धिजीवी कस्ता हुन् भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । यो राज्यले तोकेको कानुनको उपहास मात्र होइन, यो त समाजमा मानवअधिकारको पनि गम्भीर हनन नै हो । आखिर छुवाछुतविरुद्ध बनेका कानुन लागु गराएर जान कस्ले रोकेको छ ? जनचेतना जगाउने काममा करोडौं रकम खर्च भएपनि त्यसको उपलब्धि कहाँ देखिएको छ ? कम्तीमा प्राथमिक तहसम्मका भएपनि खुलेका विद्यालयमा विद्यार्थीले शिक्षा लिने कुरा कुन चरीको कथा भएको छ ? प्रश्नै प्रश्न छन् तर तिनको उत्तर शताब्दीले पनि दिन सकेको छैन । आखिर यस्तै कारणहरुले गर्दा नै पछाडि धकेलिनुपरेको छ । यस्तो बेलामा कहिलेकांही काम गर्ने एनजीओहरु पनि आक्रोशको निशाना बने भने आपत्ति नमान्नु नै उचित हुन्छ । किनभने उनीहरुले जति यस विषयमा पैसा खर्च कसैले गरेको छैन भनिन्छ । तर यसलाई कमाउने भाँडो मात्र बनाइएको छ । ठुला ठुला मानवअधिकारवादी भन्नेहरु पनि बोल्ने बेलामा छुवाछुतकै भाषामा बोेलेको पाइन्छ यदाकदा । त्यस्तो अवस्थामा उनीहरुले के गर्ने होलान् सोच्नैपर्ने बेला भएको छ । - महेन्द्र ।
(more)
- Filed under:
Society ( 189 ) -
NepalHorizons
- Comments ( 2 )
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|