|
|
Loading....
April 02, 2011 10:15 pm
निर्दयी पि्रयसी

मेरो हजुर तपाईं मात्र हो यदि तपाईंकी जीवन साथी हुन सकिनँ भने यो संसारमा अरू कसैकी हुने छैन । तपाईंका लागि एक वर्ष त होइन, दसौं वर्षसम्म पनि अलिकति अभाव महसुस नगरी बसिरहनेछु- भन्ने तिम्रा शब्दहरू अझै मेरो कानमा गुन्जिरहेका छन् ।
तिम्रो नक्कली मायालाई सक्कली माया दिएर ठूलो गल्ती गरेछु । म त खाडी मुलुकमा चर्को घाम धूलो धुवाँसँग मिसिएर पसिनाको पर्वाह नगरी रुपैयाँको बिट्टो पठाउथें । त्यसबेला लाग्थ्यो, म तिम्रा लागि जति पनि दुःख उठाउन सक्छु ।
तिम्रा लागि खाडीको बगरमा पल-पल मर्दै भए पनि पसिनाले पैसा साट्न सधैं तल्लीन रहेँ । एक पटक थोरै याद गर, तिमीले मलाई पठाएको पत्रमा भनेकी थियौं- यो पत्र होइन, यो मुटुको जलन अनि ढुकढुकी हो । प्राणभन्दा पनि प्यारो मुटुमा हृदयभरिको माया अनि अविरल सम्झना एवं अगाढ प्रेम केवल मेरो मुटुका लागि केवल मेरो मनको राजाका लागि ।' तिमीले पत्रमा लेखेकी थियौं, 'शारीरिक रूपले स्वास्थ्य रहे पनि म मानसिक रूपले अस्वस्थ्य छु । किनभने मेरो माया कतै टाढा छ, तर पनि म हजुरसमक्ष आउने प्रयास गरिरहेकी छु ।
मैले भगवान्सँग कहिल्यै केही मागिनँ, भगवान् आफैं खुसी भएर दिनुहुनेछ ।' तिम्रा ती शब्दहरू नक्कली होलान् भनेर म कसरी अविश्वास गर्न सक्थें ? मलाई तिम्रो पत्रका शब्द-शब्दले घोचिरहेका छन् । पत्रमा तिमीले लेखेकी थियौं, 'आज हजुरको सुस्वास्थ्य, दीघार् यु तथा उत्तरोत्तर प्रगतिका लागि भगवान्समक्ष यो मुख खोलें । म केवल हजुरकी हुँ, तसर्थ हजुरकै भएर बाँच्न पाउ“m, मात्र हजुरकै ।
आज मलाई लाग्छ, शब्दहरूले यसरी धोका दिन सक्छ ? अथवा मनमा कालो हुँदाहुँदै पनि यस्ता शब्द कसरी निस्किएर सफा कागजलाई धमिल्याउन सक्छन् ?
यस्तो पत्र आउँदा मेरो जीवनमा कति खुसी छायो ? म मरुस्थलमा एक्लै रोएको थिएँ ती पत्र पढ्दा । मलाई लाग्थ्यो, म संसारको सबैभन्दा भाग्यमानी मानिस हुँ, किनभने मलाई माया गर्नेले जीवन पखालेर माया गर्छे ।
दुई वर्षसम्म कतारको चर्कोघाम अनि तातोहावासँग पौठेजोरी खेल्दै जीवनको अमूल्य समय बिताएर म त्रिभुवन अन्तर्राष्ट्रि्रय बिमान स्थलमा आवतरण गरेँ । सायद त्यो दिन मेरो जीवनको ठूलो उपलब्धिको दिन थियो । चैत्र महिनाको उजाड पाखामा लालीगुराँस ढकमक्क फूलेर वनै उज्यालो भएजस्तै थियो मेरो मन । मेरा लागि तिमी हातमा फूलको गुच्छा लिएर स्वागत गर्न आएकी हुनुपर्छ भन्ने सोच्दा मेरा आँखामा आँसु छछल्किन्थे, तर त्यहाँ कोही थिएन । पछि थाहा भयो, मेरो संसार लुटिसकेको छ । पैसा पठाउन्जेल मात्र उनी मेरी थिइन् । उनीजस्तै युवतीका कारण माया बद्नाम भएको छ ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 6 )
March 30, 2011 11:14 pm
महिला दूध आइसक्रिममा छड्के
लन्डनमा हालै सञ्चालनमा आएको महिलाको दूधद्वारा निर्मित आइसक्रिमको बिक्री-वितरणमा स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । बेबी गागा नामको उक्त आइसक्रिम वितरणमा आएपछि प्रशासनले त्यसको गुणस्तरप्रति चासो देखाउँदै बिक्रीमा उक्त प्रतिबन्ध लगाएको हो । मानिसको दूधबाट विभिन्न किसिमका भाइरस र हेपाटाइटिसजस्ता रोग सर्न सक्ने देखिएपछि प्रशासनले त्यसको गुणस्तर परिक्षण गर्न बिक्रीमा प्रतिबन्ध लगाएको बताइन्छ । विक्रेता आइरक्रिमिस्टले भने दूधको परीक्षण गरेर मात्र आइसक्रिम बनाउने गरेको बताएका छन् । उक्त कम्पनीले निर्धारण गरेको भाडामा महिलाले आफ्नो दूध जम्मा गरेर कम्पनीलाई बुझाउनुपर्छ । कम्पनीले प्रतिबोतल १ हजार ६ सय रुपैयाँभन्दा बढीमा दूध खरिद गर्दै आएको छ । बेलायतको कानुनअनुसार मानिसको दूधबाट बनेको परिकार बिक्री गर्नुलाई गैरकानुनी नमानिने हुँदा यसको बिक्रीलाई कुनै किसिमको रोक नलाग्ने कम्पनीले जनाएको छ । अहिले यो कम्पनीलाई भिक्टोरिया हिलीले दूध आपूर्ति गर्दै आएकी छिन् । दैनिक ३० बोतल दूध आपूर्ति गर्दै आएकी भिक्टोरियाको दूधबाट ५० जनालाई पुग्ने आइसक्रिम उत्पादन हुने गरेको छ । कम्पनीले अनलाइनमार्फत पनि महिला दूधको माग गरिरहेको छ । आइसक्रिम पार्लरले अहिले बेबी गागा आइसक्रिमका साथमा दूध पनि बिक्री गर्न थालेको छ ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 8 )
March 20, 2011 4:32 am
प्रेमपछिको यौन संसार
मानिसका चाहना अनेक हुन्छन् ।पैसा कमाउने, राम्रो घर बनाउने र सुखसयलमा मग्न रहने तर यतिले मानिसको इच्छा र चाहनालाई पूरा गदैृन । मानिस नितान्त प्रेमको भोको हुन्छ । हरेक मानिसले प्रेममय जीवनको कल्पना गरेको छ । प्रेमसागै यौनको चाहना मानिसको महत्वपूर्ण ईच्छा हो । मानिस भोकको भन्दा कैयौं गुणा बढी यौनमा भोको हुन्छ । अझ पैसावालहरुमा यो ईच्छा र चाहना सामान्य मानिसमा भन्दा तेब्बर रहने गरेको एक अनुसन्धानले सार्वजनिक गरेको छ । सायदैअकुत धनसम्पत्ति र इज्जतले पनि मायाको चाहनालाई कम गर्दैन, बरू अझ बढाउँछ । धनी बन्ने चक्करमा व्यक्तिविशेष पहिले पैसालाई प्राथमिकता दिन्छन् । तर जब पैसाको वर्षा हुन थाल्छ अनि उनीहरूलाई मायाको कमीले पिरोल्न थाल्छ भन्ने कुरा एउटा अध्ययनले के खुलासा गरेको हो । विश्वका धनाढ्य व्यक्तिहरूमा रहेको पीडा भलै नदेखियोस्, तर वास्तविकता के हो भने अत्यधिक धनसम्पत्ति भए पनि उनीहरू मनले खुसी छैनन् । खुसी एवं धनका द्विविधाहरू शीर्षकमा जारी यो अध्ययन बोस्टन कलेजको वेल्थ एन्ड फिलान्थ्रोपी सेन्टरले गरेको हो । सेन्टरका अनुसार बढी पैसा भएकाहरू बढी बेचैन छन् । उनीहरूलाई काम गर्न मन लाग्दैन । प्रेम पाउने चक्करमा उनीहरूको घरसमेत प्रभावित हुन्छ । यौनलाई लिएर पैसावालहरुमा मरिहत्ते गर्ने बानी छ, यौनेच्छा सामान्यभन्दा धेरै बढी छ भने यसलाई मनोविकारको श्रेणीमा सामेल गरिनेछ । अमेरिकी मनोविज्ञान संघका तर्फबाट प्रकाशित पुस्तिकामा योसँग सम्बन्धित चर्चा प्रकाशित गरिएको छ । अत्यधिक यौनेच्छाको विषय त्यो समय सबैभन्दा बढी चर्चामा आयो, जब टाईगर उड्स र रसेल ब्रान्डले यो स्थितिका लागि उपचारको माग गरेका थिए । उड्सले आपmनी श्रीमती रसेललाई धोका दिएको र धेरै युवतीसँग सम्बन्ध राखेको स्वीकार गरेपछि सन् २०१० मा उड्सले ६ महिनासम्म अति यौनेच्छा हटाउन उपचार गराएका थिए ।ब्रिटेनको स्वास्थ्य सेवा अन्तर्गत पनि यौनेच्छासँग सम्बन्धित विकारका लागि एउटा प्रारम्भिक परियोजना सुरु गर्न थालिएको छ । प्रेम र यौन बिना जीवनको कल्पना वेकार छ । यो चीज हरेक प्राणीहरुमा हुने गर्दछ । मानिस समाजिक र चेतनशील प्राणी भएकोले मानिसको यौनसम्बन्धी सोच र चाहना अत्यधिक नै रहने गरेको छ । कोही कोही यौनलाई वेकार घृणाको रुपमा हेर्छन् तर यो यौनप्रतिको अज्ञानता हो भन्न सकिन्छ । यौन बिनाको जीवन त अधुरो र अपुरो नै हुनछ । त्यसैले वास्तविक जीवनको संसार खोज्ने हो भने प्रममय यौनलाई अँगाल्नेतर्फ अग्रसर रहनुहोस ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 7 )
March 15, 2011 12:08 am
राजाका नोट,यता नी उता नी चोट
बजारमा राजाका तस्वीर भएका नोटहरु अब चल्दैनन् भन्ने समाचारले सबैको कान ठाडो गरायो नै । त्यसैले सहरमा रहेका जानेबुझेका र पढेलेखेकाहरु आफन्तहरुलाई व्हीप गर्न थाले । पुराना पैसा कति छ हँ, अब त राजाका तस्वीर भएका नोट चल्दैनन् है । बैकले त लिने छोड्यो फसाद पर्ला नी । अनि सबै जना सन्दुस कन्तुरमा भएको पुराना राजाका तस्वीर अंकित नोटहरु जम्मा पार्न थाले र कहाँ साटिन्छ भनेर भौतारिन थाले । बैंक र बित्तीय संस्थाहरुमा पुरानो नोट साट्ने घुइचो नै थियो । फाल्गुन ३० सम्म । चैत्र १ बाट । बैंकले पनि नसाट्ने निर्देशन राष्ट बैंकले दिएपछि पुराना नोट हुनेहरु यताउता खल्तीमा नोट र मनमा चोट बोकेर भौतारिरहेका छन् । फेरि राष्ट बैकलेपुराना नोट साटन राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको सर्वसाधारणमा केही खुशी छाएको छ । नत्र त पुराना नोट माटो सरह हुनेभो न त गाँठे,भक्तपुरका एक स्थानीय बासिन्द साधुराम महर्जनले भने । खै के हो चाला कहिले के कहिले के हो ? हामी बुझ्दैनौ यस्ता सरकारका कुरा महर्जनको स्वर थियो । राष्ट्र बैंकसहित सरकारी बैंक र नोट कोषको कारोबार गर्ने निजी बैंकमा त्यस्ता नोट साट्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले बताएका छन् । नोट राजधानीको थापाथलीस्थित राष्ट्र बैंक, बैंकिङ कार्यालयमा साट्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको छ । नेपाल बैंकका देशभरका ४० भन्दा बढी शाखामा पूर्वराजाका फोटो भएका नोट दिएर सगरमाथा अंकित नोट लिन सकिन्छ । यसरी साट्दा कुनै शुल्क नलाग्ने उनले जनाए । त्यस्तै, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल बैंकमा गएर पनि नोट साट्न सकिन्छ । एभरेस्ट बैंकको नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज शाखाबाट यस्ता नोट साट्न सकिने छ । बंगलादेश र ग्लोबल बैंकका केही शाखाबाट पनि साट्न सकिने जनाइएको छ । राष्ट्र बैंकले नयाँ नोट साटिसक्नुपर्ने मिति भने तोकिसकेको छैन । नयाँ नोट तत्कालै साट्नुपर्छ भन्ने छैन,काफ्लेले भने, तैपनि सकेसम्म छिटो साट्न राष्ट्र बैंकको आग्रह छ । आखिर जे होस् नयाँ व्यवस्था, नयाँ तरीका नयाँ नेपाल । तर नयाँ व्यवस्थाका कारण सर्वसाधारणलाई त्रास र सास्ती दिने काम भने हुनु भएन है सरकारको जिममेवार निकाय राष्ट बैक ज्यू ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 6 )
March 11, 2011 8:19 pm
राजनीतिक छम्मछम्ममा ओलीको वर्चश्व
एमाले पार्टीभित्रको राजनीतिको अगुवार्इ के.पी. ओलीको छम्मछमीमा नाचिरहेको आभास हुन्छ । गृह मन्त्रालय दिनुहुन्न, माओवादीसँगको सातबुँदे निरन्तरताको पालना हुनुपर्छ भन्ने आफ्नो एकल मान्यतालार्इ गुट बनाएर अगाडी लैजान के.पी. ओलीले जुनसुकै हतकण्डा अपनाउन पछि परेका छैनन । दक्षिणपन्थी ध्रुवीकरणमा जोड दिने ओलीको गुटबन्दीले नै नेपालको पछिल्लो राजनीति तताएको छ । हुनत एमालेका नेता खनालसँग सातबुँदे सहमति गरेर माओवादी अध्यक्ष दाहालले राजनीतिको नयाँ इतिहास रच्ने प्रयास त गरेकै हुन् तर पनि ओलीको राजनीतिले दाहालको राजनीतिलार्इ छायाँमा पारिदिएको छ । हिजोआज खै कुन्नि, नेकपा एमालेका नेता केपी शर्मा ओली जता जाँदा पनि छमछमी राजनीति तालमा कम्मर मर्का नाचीरहेको देख्न पाइन्छ । के गर्नु हरे, तपार्इको पनि इच्छा ओली नेताज्यू सँग कम्मर मर्काउने धोको छ भने ओली ज्यू जाने कार्यक्रममा जानुहोस् होइन भने बल्खु दरबारमा नै छमछमी रात्री भोजको आयोजना गर्नतफ लाग्नुहोस् अनि पाइन्छ मज्जा ओलीसँगको कम्मरे दौतरी नाच्दाको अनुभव । आजकल खै के हो कुन्नि काठमाडौ.को निर्जीव धरहराले पनि ओलीसँग नाच्ने र्इच्छा व्यक्त गरेको नेपाल समाचारपत्रको धरहराबाट भन्ने स्तम्भ लेखले उजागार गरिदिएको छ । बिचरा धरहरा एक ठाउँबाट अर्को ठाउँमा जान नसक्ने अवस्थामा छ । त्यसैले यसैलार्इ निम्तो मानी कमरेड ओली ज्यू को सवारी धरहरातिरै हुने हो कमी ? अर्कौ कुरा नाच्नमा माहीर प्रचण्डलार्इ ओलीको समीपमा पुर्याउन पाए पनि हुने हो । दुर्इ जनाको कम्मरे जोडीको ताल कति हल्लने थियो होला । प्रचण्डको कम्मरे ताल साँच्चै अभिनेत रेखा थापाको कम्मरलार्इ धौ धौ परेको थियो । तालमा ताल मिलाउन । दक्षिपन्थी कम्मरको ताल बामपन्थी कम्मरमा नमिल्ने होला, नत्र त यो पनि कमरेड केपीसँग गएर छमछमी नाचिसक्थ्यो। हुनत :एनेकपा माओवादी का अध्यक्ष प्रचण्ड एकपटक रेखा थापासँग नाच्दा कमरेड ओलीले तीखो व्यङ्ग्य गर्नुभएको याद कायमै होला नी। तर अहिले त कमरेड ओली नै प्रचण्ड एकपटक नाच्छन् भने म दुईपटक वा सोभन्दा बढी पटक किन नाच्न नसक्ने (भन्दै जता जाँदा पनि नाचेको देख्न थालेको छ।आफू पनि नाच्ने अरुलाई पनि नचाउने कमरेड ओलीको शैली देखेर अब केही हुन्छ कि रु भन्ने आशामा परेको छ।केही हुने आँट देखेर नै होला ओली कमरेड महिला तथा सज्जनवृन्द देख्नासाथै हात समातेर नाच्न पल्कनुभएको। नाच्नको सामीप्यताको अर्थ खोज्दा गहिरार्इ भेटिन्छ । त्यसैले ओली कमरेडको राजनीतिक नचार्इ यात्रा अगाडी बढेको अनुमान लगाउनमै वेश होला ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
February 13, 2011 11:03 pm
गुलाफको फूल भित्र लुकेको भ्यालेन्टाइन
विश्वभर १४ फेब्रुअरीको दिनलार्इ प्रेमी प्रेमीकाको स्पेसल दिन मानिन्छ । प्रेमी प्रेमीका भइसकेका लागि यो दिन प्रेम सम्बन्धलार्इ सुमधुर र प्रगाढ बनाउने दिन हो नयाँ प्रेम जोडी कस्नेहरुका लागि यो दिन प्रेम अवसरको प्रतीक हो । सन् २०११ को भ्यालेन्टाइन डे पनि आजै हो । विश्वभर प्रेमीजोडीहरुले सुखद जीवनका लागि यो दिन प्रेममय भावनाहरु साटासाट गरिरहेका छन्।
...
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
February 13, 2011 3:33 am
सौराह भ्यालेन्टाइन गन्तव्य
प्रेम जोडी रम्ने दिन अर्थात १४ फेब्रुअरी भोलिको दिन हो । आफ्नो प्रेमजोडीलार्इ थप प्रेममय बनाउन प्रेमजोडीहरु रमाइलो र एकान्त ठाउँ रोज्ने गर्दछन् तर आजभोलि बढ्दो प्रेम जोडीहरु कारण्ाले उपयुक्त पार्कस्थल वा डेटिगस्थलको खोजीमा नै भौतारिनुपनर्े भएको छ, प्रेमजोडीहरुका लागि गार्हो त नयाँ प्रेमजोडीहरुका लागि हो, भ्यालेन्टाइन डे मा कुन एकान्तमा गएर आफ्नो प्रेमको खुलासा गर्नै भनेर, नेपालका लागि प्रेमजोडीहरु रम्ने थुप्रै स्थलहरु छन् । जसमा चितवनको सौराह अहिले प्रेमजोडीको आकर्ष्क स्थल बन्दै गइरहेको छ । भ्यालेन्टाईन जोडीलाई केही नयाँ दिने सोचमा हुनुहुन्छ भने सौराहा तपाँईका लागि कुरिरहेको छ। १४ फेबु्रअरी अर्थात भ्यालेन्टाईन डे—का दिन सौराहा आउने जोडीले लभ गिफ्ट पाउनेछन्। आफ्नो मायालु र आफु समेत लभगिफ्टको भागिदार हुने मौका जोडीहरुले पाउनेछन् सौराहामा। त्यसैले कहाँ जाने भनेर नअल्मिलिई मायालुसँग सुटुक्क सौराहा नै आईहाल्नुस र पाउनुस उत्कृष्ट जोडीको उपाधी सहित लभ गिफ्ट। उक्त दिन सौराहा रहने जोडीहरुको मूल्यांकन गर्न पर्यटन व्यवसायिहरुले गोप्य समिती नै परिचालित हुँदैछन्। जोडीहरु कसरी आउछन् ,एकअर्काप्रति कत्तिको विश्वस्त छन् ,बिबाह गरेको भए सम्बन्ध कस्तो छ ,आफ्नो जोडीसँग कतिको समय विताउछन् र उसका लागि कत्तिको खर्च गर्छन लगायतका विषयमा समितीले गोप्य मूल्याकंन गर्नेछन्। सौराहामा विताएका उनीहरुको क्षणहरुको गोप्य विष्लेषण गरि उत्कृष्ट जोडी घोषणा गरिने क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष शंकर शैंजुले भने। देशकै तेस्रो पर्यटकिय गन्तब्य सौराहामा पर्यटन वर्षको शुरुवातसँगै पर्यटक पनि बढ्दो छ। 'केहीसमय अघिसम्म आन्तरिक पर्यटक बढी थिए अहिले दुबै बराबरजस्तै छ' ,उनले थपे। सौराहा आउने भ्यालेन्टाईन जोडीहरुले हत्ती सफरी,डुंगा सफारी,बीच सफारी र सूर्यास्तको अद्यावधिक प्याकेजमा पनि सहभागीता जनाउन पाउनेछन्।भ्यालेन्टाईन डे—मा सौराहा आउने प्रेमी जोडीहरुले रमाइलो मात्र होईन खानाको विशेष मजा लिन पाउनेछन्। सौराहामा हुने वृहत सडक फुडफेस्टीवलमा उनीहरुले चौरासी व्यञ्जन पचासी स्वाद चाख्ने अवसर पाउने भएका हुन्।भ्यालेन्टाईन डे—को अवसरमा फुड फेस्टीवलमा स्वदेशी विदेशी पर्यटकलाई सौराहा आउन पर्यटन व्यवसायिहरुले चुले निम्तो दिएको छ । फुडफेस्टीवलसँगै पर्यटकका लागि सौराहाका होटलहरु आकर्षक रुपले सजिसजाउ बनाइएको छ। त्यस्तै पाँच दर्जन बढी रेष्टुरेन्ट र बारहरुले पनि पर्यटकलाई सेवा दिइरहेका छन्। सौराह पर्यटकीय स्थलसँगै यो क्षोत्रमा रहेका व्यवसायीहरुको भ्यालेन्टाइन डे स्पेसल प्याकेज प्रेमजोडीहरका लागि प्रेममय भावना बाँड्ने, साट्ने र रम्ने अवसरको रुपमा...
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
January 11, 2011 11:34 am
लोडसेडिङको उपलब्धि महिमा

शहरमा अहिले केहीको चर्चा छ भने लोडसेडिङको चर्चा अग्रपंक्तिमा छ । विद्यार्थी भेट भए लोडसेडिङको चर्चा, पढ्न खोजेपनि लोडसेडिङले पढ्न नपाएको गुनासो । सरकारी क्याम्पसमा गयो, पढ्न कक्षामा बस्यो, बत्ती छैन, चिया खाएर गफ गर्न बस्यो । फोटोकपी गर्न गयो लाइन छैन भनेर घाम ताप्दै पर्खेर बस्यो ।
कार्यालयमा गयो, जेनेरेटर बिग्रेर विद्युत आउने समय पर्खेर बस्यो । घरमा टिभी हेर्छु भन्यो, मनै नपर्ने कार्यक्रम हेर्ने समयमा पर्नु, रेडियोमा कसैले कुरा गर्यो कि, लोडसेडिङ भएको हुनाले केही गर्न नपाएको कुरा । जहाँभएपनि जसरी भएपनि उही अँध्यारो । कहिल्यै कुरा उठ्न नचाहने अरुण तेस्रो आयोजनाका कुरा यहीबेला उठ्छन् ।
वैकल्पिक ऊर्जाका गफ यही बेला हुन्छन् । वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्ने भनेर यही बेलामा गफ हुन्छन् धेरै । मन्त्रीहरुदेखि लिएर एनजीओहरुले यहीबेला कुरा गर्छन् धेरै । काम गर्नुपर्ने बेला त यही सुख्खा याममै हो नि । तर के गर्नु लोडसेडिङको चर्चा बाहेक केही पनि छैन । केवल सरकार र नेताहरुलाई सराप्ने । विद्युत प्राधिकरणले भन्छ योजनाअनुसार काम भएमा ६ वर्षमा विद्युत समस्या हट्छ, तर यस्ता केही आविष्कारक भेटिएका छन्, जस्ले यो विद्युत समस्या छिटै हटाउने दाबी गर्छन् । साना जलविद्युत आयोजनाको लागि अनुमति पाउने हो भने भनेर शर्त खोज्छन् ।
बिचरा विद्युत प्राधिकरण लाइसेन्स दिंदा दिंदा हैरानमा परेर बिजोगमा परेको छ । किनभने लाइसेन्स लिनेको भीड मारामार छ भने विद्युत समस्या नै हटाउने गरेर काम गर्नको लागि लागिपरेर काम गर्ने कोही छैन । लाइसेन्स ओगटेका छन् बसेका छन् । यसरी हेर्दा काम गरेर खाने, पैसा कमाउने उद्देश्य राख्नेहरुका लागि विद्युत निकै टाउको दुखाई भएको छ, अथवा उद्यम गरेर परिवार पाल्नेहरुका लागि निकै समस्या भएको छ ।
तर काम गर्न नपर्ने भनेर ठगेर बस्ने समुदायका लागि भने यो वरदान जस्तै भएको छ । पढ्न अल्छी गर्नेहरुका लागि पनि यो आनन्दकै विषय बनेको छ । बिचरा राज्य भने आम्दानीविहिन अवस्थामा अर्थात आगामी भावी सन्तति पनि बिचराको अवस्थामा रहनुपरेको अवस्था छ । पर्यटन वर्ष मनाउने भनेर तयार परेर बस्ने समुदाय, व्यावसायी, अन्य सरोकारवाला भने जिल्ल । इमान्दारिताका साथ भन्ने हो भने सबैजना जिल्ल ।
कम्तीमा भएको सुविधालाई गुमाउनुपर्दा कति झमेला हुन्छ भनेर बहस त भएको छ । धन्य, कैयौं ग्रामीण क्ष्ाेत्र छन् जस्ले मट्टीतेल बाहेक ऊर्जाको विकसित रुप देख्नुपरेको छैन, उनीहरुका लागि भने हाइसन्चोकै अवस्था होला कि । कम्तीमा यो बहसमा उत्रेर समय खेर फाल्नु त परेन । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
January 02, 2011 5:03 am
शान्तिमा सञ्चो तर तरिका उही

चर्चित हाँस्य कलाकार दीपक गिरीले एउटा कार्यक्रममा भन्दै थिए, 'मेरा केही साथीहरुका कारण मैले हवाइजहाजको उडान पनि छुटाउनुपरेको छ, त्यो पनि अन्तरराष्ट्रिय उडान नै ।' उनको भनाइअनुसार अमेरिकाबाट नेपाल आउँदा दीपाश्री निरौलाले मेकअप गर्न ढिलाई गर्दा नेपाल आउने हवाइजहाज नै छुट्यो रे । उनले हँसाउन भनेका हुन् कि, साँच्चै भनेका हुन्, त्यो त फेरि सोध्नुपर्ने हुन्छ । तर यो घटनाले थुप्रै कुरा इंगित गरेको छ ।
पुस महिनामा काठमाण्डौं लगायत देशका प्रमुख शहरहरुमा अनि गाउँहरुमा वनभोज कार्यक्रम चल्छ । वनभोज कार्यक्रम हेरेर भन्न सकिन्छ, कुन ठुलो, कुन सानो अथवा कस्तो कस्तो भनेर । तर धेरै सार्वजनिक समारोहजस्तै वनभोज कार्यक्रममा समानता भने धेरै एउटै छन् । त्यसमध्येमा सबैभन्दा ठुलो समानता भनेको भनेको समयमा जम्मा नहुने अनि ढिला भयो भनेर हतपत गर्ने । त्यस्तै भयो स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थी वनभोज जान भनेर तोकिएको समयभन्दा करीब तीनघण्टा बढी ढिला गरे । केही विद्धानहरुले नेपाली विश्वविद्यालयमा पढ्ने तर व्यावसायिक ज्ञान आर्जन गर्न नसकेका ती विद्यार्थीलाई साँढे भनेझैं उनीहरु घुरघुर गर्दै सुतिरहे । बिचरा केही सहपाठीहरु जो समयमै काम गर्न खोज्छन् उनीहरु पनि अर्कोपटकदेखि समयमा काम गर्न हिच्किचाउँछन् ।
तर रमाइलो गर्न र बाँकी रहेको समयमा मस्ती गर्न भने कोही कम छैनन् । नुवाकोटमा पाइने स्ट्रबेरी रक्सी एउटा हातमा अर्को हातमा तरुनो/तरुनी समाएर बिस्तारै हल्लिएर नाच्न नेपाली विद्यार्थीहरु पनि कम छैनन् भन्ने कुरा यो महिनाका थानकोट, गोदावरी, ककनी, जस्ता ठाउँ मात्रै हेरे पुग्छ । जे भएपनि रमाइलो गर्न चाहिं गरेकै छन् । आखिर नयाँ वर्ष, पर्यटन वर्षलाई पर्खिनुपर्ने पनि त होइन नि ।
ओठमा ओठ नजोडेपनि आँखामा आँखा जुधाएर हातमा हात समाएर ती ठाउँका पार्कमा टहलिन कस्ले पो रोक्ने अब ती जोडीहरुलाई । चाहे विवाहित, चाहे अविवाहित पाश्चात्य संस्कृतिको लर्कोले समाइरहेछ, पुर्वीय संस्कृतिको मुटु भनेपनि हुने नेपालमा । तर ती पहाडी भेगहरुमा आउने र जाने कुनै निश्चित नभएको बादलजस्तो सम्बन्ध पनि हुने भएकोले कतिपय भने त्यसै निराश पनि देखिन्थे ।
देशामा संकट लागेको बेला पनि पिकनिक र रमाइलो गर्ने केही घटेपनि रोकिएको त होइन नि । कम्तीमा ग्रामीण क्षेत्रमा वनभोज र गेट टगेदर गर्दा सुरक्षा र डरको झन्झटबाट मुक्त हुनु पनि अर्कै अनुभव हुने रहेछ । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 5 )
December 19, 2010 6:45 am
आफुले अरुलाई तुलना गर्दा

गाडीमा चढ्दा अरु यात्रुलाई नछोइकन चढ्ने, कसैलाई नधकेल्ने, वृद्धवृद्धा, महिला केटाकेटीलाई सिटमा बस्न दिनेसम्बन्धमा सरकारी स्तरमा दबाबस्वरुप केही नियम बनाइएपनि तिनको कार्यान्वयन भने निकै पछि परेको छ । साँच्चै भन्ने हो भने ती सम्बन्धित ठाउँमा नियम पालना गर्नुपर्छ भनेर भन्न खोजिएका कुराहरु केवल मान्छे हँसाउनका लागि राखिएका हुन् कि भन्ने अलमलमा पर्नु स्वभाविकै हो ।
किनभने सडकबाटै सुरु गर्नुपर्दा, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, अर्थात यात्रुको सुरक्षालाई लगभग ध्यानै नदिने जस्ता काम यातायात व्यावसायीहरुका लागि सामान्यजस्ता भइसकेका छन् । किनभने जिम्मेवारी वहन गर्ने भन्ने पनि छैन, नियम बनाइएपनि कार्यान्वयन गर्ने निकाय पनि मौनजस्तै छ । अझ भनौं भने मौन नबसेर कारबाहीमा उत्रे पनि कसैले टेर्नेवाला छैन ।
एशियाकै केही साना देशहरुले चालीस वर्ष अगाडि सिकेका यस्ता कुराहरु कहिलेदेखि लागु हुने होलान् खै, भन्न गाह्रो छ । अब नैतिकता र शिक्षाको कुरा गर्ने हो भने उच्च शिक्षा लिने थलो हरु नै दयनीय अवस्थामा छन् । कक्षाकोठामा विद्यार्थी जतिबेला आएर गएपनि भयो, समयको पत्तै छैन । शिक्षकहरु आए पनि भयो, नआएपनि भयो, जे गरेपनि भयो ।
आखिर कहाँ कस्ले नियमन गराउने हो कसैलाई थाहा छैन । राजनीति हो भनौं भने राजनीति गर्ने थलो आफैं कतिबेला रणमैदान बन्नेवाला हो थाहा हुन्न । विश्वविद्यालयबाट सिक्ने हो भनौं भने त्यहाँ राजनीतिले पनि बिगारेको छ भने सन्तति हरु सबै उस्तै । अभिभावकहरुले सिकाउने हो भनौं भने अभिभावकहरु नै अशिक्षाको घेरामा बाँच्न बाध्य छन् । अब कस्ले कस्लाई सिकाउने वा सिक्नेहरुले पनि कसरी सिक्ने । विकसित ठाउँमा घुमेका निश्चित मानिसहरुको घेरा निकै सानो छ ।
फेरि, विडम्वना के छ भने कुरा गर्नेले पनि विदेशकै गर्छन्, त्यो पनि त्यहाँका पृष्ठभुमिलाई उठाएर । आफ्नै परिवेशको कुरा गरेर त्यसलाई सुधार्ने उपाय पहिल्याए त राम्रै हुन्थ्यो नि । त्यो पनि सम्भव भएन । यो त सबै शुन्य शान्त जस्तै भयो, भाषा देखि लिएर सबै परिस्थिति नै । फ्रान्सेली विद्धान ज्याक्स डेरिडाले भनेजस्तै । त्यसो त समाधान नै नभएको पनि होइन होला नि, बरु आफैंबाट सुरु गर्नुपर्छ भन्ने स्वामी विकासानन्दको भनाई नै उत्तम छ कि जस्तो छ । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
December 12, 2010 5:53 am
पर्यटक बढ्दै जाँदा युवायुवतीको लश्कर घटेछ

काठमाण्डौंको वसन्तपुर लगायतका उपत्यकाका पाटन, भक्तपुर लगायत दरबार स्क्वायरमा हेर्न लायक भनेका विश्व सम्पदा सूचीमा रहेका कला र सभ्यताको जानकारी दिने संरचना नै हुन् । जे भएपनि ती स्थानमा पुग्दा के युरोप, के पुर्वी देशान्तर कोरिया, जापानबाट आएका होउन्, जहाँबाट आएपनि कला, संस्कृति रितिरिवाज हेरेपछि मख्खै पर्छन् ।
समयसमयमा यी स्थानलाई व्यवस्थित पनि पारिंदै लगिएको छ । धेरै सुधारका काम त छँदैछन् । उदाहरणका लागि फोहोरका थुप्रा नजिकै राखेर के गर्न खोजिएको होला । तिनलाई व्यवस्थापन नगर्ने हो भने त सालाखाला एक महिनापछि सुरु हुने पर्यटन वर्षले धोखा खाने पक्का पक्की छ । हुन त विश्वसम्पदा सूचीमा रहेका यस्ता महत्वपूर्ण ठाउँ नजिकको अवस्था सधैं नै राम्रो हुनुपर्ने हो । तर कम्तीमा यो अवधिलाई त धेरै ध्यान दिनुपर्यो नि ।
सरसफाइका लागि साधन स्रोत छैन भनौं भने राष्ट्रिय सभागृहमा चीनले दिएका आधुनिक मसिन अर्थात गाडीहरु छन् । तिनको इन्जिन नयाँ भएपनि नेपालको राजनीतिक मौसम अनि मोडरेट मौसममा आइसकेपछि खिया लाग्न थालिसकेको होला । भएका साधनस्रोतको सदुपयोग गर्न त सक्नुपर्छ नि । सडकका किनारमा प्लाष्टिकका डष्ट बिन फालेर जिम्मेवारी पुरा हुने हो भने त के नै भन्न सकिन्छ र ।
अब कुरा उही दरबार स्क्वायरको । दरबार स्क्वायहरुमा खासगरी पश्चिमेली र भारतीय पर्यटकहरुको संख्या बढेको छ । ट्राभल एजेन्सीमात्र होइन, गाइड, त्यहाँ क्युरियो पसल गर्ने अनि पस्मिनाको व्यापार अनि विभिन्न चित्रकलाको व्यापार गर्नेहरुको अनुहारमा कान्ति छाएको सजिलै महसुस गर्न सकिन्छ । तर कुनै समयमा युवायुवती टाँसिएर बसेको सही नसक्ने प्रहरी प्रशासनलाई भने हाइसन्चो भएको होला ।
हुन त अहिले पनि युवायुवती दरबार स्क्वायरका लुकेका कुनामा लट्पटिएर बसेका हुन्छन् । तर जाडोले भने यस प्रक्रियामा पनि असर गरेजस्तो छ । संख्या भने घटेको पाइन्छ । -यहाँ आपत्ति जनाउन खोजिएको होइन, यस्तो भएछ मात्र भन्न खोजेको) टाउको दुखाइ त जब साँझ परेपछि अहिले पनि हुँदो हो । दिनभरको तनावबाट मुक्त हुन मन्दिरका पेटीमा बसेर ध्यान गर्ने जति सबैजना प्रहरीको आँखामा ओठमा ओठ जोड्ने हुनसक्छन् भनेर एक पल पनि बस्न नदिने रहेछ । कम्तीमा जाडोको मौसममा प्रहरीलाई मन नपर्ने जोडीको संख्या घटेको बेलामा अरुलाई त बस्न दिनुपर्ने नि । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
November 28, 2010 6:31 am
कतै नभएको सकस नेपाली खेलाडीहरुलाई

आमसञ्चार माध्यमको अनावश्यक चेपुवामा परे भन्ने गुनासो आएको छ, खेलाडीहरु । त्यो पनि एशियाडमा गएका खेलाडीहरुको नचाहिंदो आलोचना गरे भनेर बौद्धिक क्षेत्र अर्थात दर्शक, श्रोता, पाठकहरुबाट गुनासो आएको आयै छ । एकजनाले त भने कि एशियाड सकिएकोमा बडो खुशी लागेको छ भनेर । किनभने नेपाली खेलाडीहरले हारेको मात्रै खबर थाहा पाउँदा पाउँदा उनलाई थकाई लागेको रहेछ ।
हुनपनि यसपालि त्यस्तो भएको स्वीकार्नैपर्छ आमसञ्चार माध्यमका सम्पादकहरुले । त्यो अधिकांश मिडियामा देखियो । यसअघि अन्तरराष्ट्रिय स्तरका खेल प्रतियोगिताहरुमा नेपाली आमसञ्चार माध्यमको पहुँच कम हुन्थ्यो । खेल भएको स्थलमा सीमित सख्यामा सीमित संचारमाध्यमका पत्रकार मात्रै जान्थे, त्यसकारण पनि सबै कुरा आउन्नथ्यो । वा ती पत्रकारहरुले आफैंले जानेर बुझेर असफलताको बारेमा कम चर्चा गर्न मन पराउँथे । तर अहिलेको अवस्था त्यस्तो रहेन ।
एशियाडको अहिलेको संस्करणमा स्थानीय सञ्चारमाध्यमलाई पनि अपडेट गर्न सजिलो भयो । एउटा इन्टरनेटका आधारमा सबै जानकारी पाएपछि केही न केही छाप्नैपर्यो, बजाउनैपर्यो । यसक्रममा नेपालका खेलाडीले थुप्रै स्वर्णपदक जित्लान् भन्ने आशा पनि त थिएन नि । आशा भएको भए माहौल नै अर्कै हुन्थ्यो । बिचरा खेलाडीहरु ग्वान्झाउ जान पनि भिजा नपाएर भौंंतारिनुपर्ने थिएन ।
गल्ती त्यहींबाट सुरु भयो कि, नेपालका खेलाडीहरुले स्वर्ण पदकहरु जित्नुपथ्र्यो भनेर सोच राख्नु गलत थियो । यो सोच राख्नु गलत थियो किनकि, राजनीतिले पुरै बिथोलेको थियो खेलकुद क्षेत्रलाई । राजनीतिक खिचातानीका कारण को खेलाडी जाने भन्नेमा विवाद थियो, खेलकुद परिषद र ओलम्पिक कमिटिका हाकिमहरुमा पनि विवादित थियो । जसका कारण चरम विवाद भयो अनि खेलाडीमा असर पर्यो ।
हो, खेल्न नसक्ने अनि पदाधिकारीहरुलाई दोष दिने भनेर प्रश्न पनि उठ्न सक्ला । तर कुरा त्यसो होइन । खेलाडीले सुनका पदक जित्नका लागि त देशभित्र त्यसअनुसार वातावरण हुनुपर्यो नि । देशमा हानथाप बाहेक केही छैन । खेलाडीलाई खाजा खान पैसा दिन्न सरकारले । अनि तन्दुरुस्ती त कता हो कता होटलमा बसेर खाना खाने व्यवस्था नहुँदा कसरी खेलून नि खेलाडीले । अनि पदक आएन भनेर चिच्याउनुको कुनै तुक छैन । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 2 )
October 13, 2010 7:39 am
जुवाको खालमा सबै बिर्सने

जुवा तास खेलेर रमाइलो गर्नका लागि अथवा व्यावसायिक रुपमै यसैलाई आफ्नै जीवनशैली बनाउनेका लागि निश्चित समयको याद हुन्न होला । उदाहरणका लागि व्यावसायिक रुपमा क्यासिनोमा समय बिताउनेहरुलाई के दशैं के तिहार अथवा अन्य खाली समय । त्यो बाहेक, हाल दशैंमा तास खेल्ने चलन पनि निकै बढेको छ ।
सामान्यतया तिहारमा लक्ष्मी देवीको पुजा गर्ने हुनाले त्यसबेला जुवा खेल्ने परम्परा छ । तर यो जुवा भन्ने चीज दशैंमा पनि भव्य खेलेर रमाइलो गर्ने संस्कृति परिवर्तन भएको छ । यो संस्कृति मन पराउने पनि होलान्, नपराउने पनि होलान् । जे भएपनि यो जुवाले चाडबाडको अर्कै रौनकलाई भने बिर्साइदिएको भान हुन थालेको छ । हुन त चाडबाडमा व्यक्तिपिच्छे आफ्नै प्राथमिकता हुन्छन् होला, तर त्यही भन्दैमा सबै दैनिक गतिविधिलाई बन्दै गर्न पनि त भएन नि ।
चाडबाडमा पनि बिदा नहुने क्षेत्रहरु सुरक्षा, सञ्चार मा काम गर्नेहरु यसको मजा मस्त भएका पाइन्छन् । दशैंतिहार आयो कि तास र जुवामा रमाइलो गर्ने एउटा माध्यम बनेको छ । यसको नशा बडो गजबको हुने त्यसमा संलग्नहरु बताउने गर्छन् । जब यो सिजन सुरु हुन्छ, कुन तास कस्को हातमा परेको अनि कस्ले कति जितेको भन्ने कुरा बाहेक अरु कुरै भएको पाइन्न ।
यस्तो अवस्थामा यसलाई रमाइलो भन्दा पनि समय कटाउने खेल बाहेक केही होइन भन्ने पनि छन् । किनभने तास खेल्नु जुवा नै हो, यसको नशाले अन्य समयमा पनि मानिसको ध्यान अन्यत्र लगिदिन सक्छ । यसैको कारण हुनसक्छ, विभिन्न महिला आन्दोलन, सामाजिक जनचेतनाका क्रममा पनि जुवातासले पुर्याएका सामाजिक बेथितिलाई बडो प्राथमिकताका साथ उठाइएको हुन्छ । वास्तवमा जति रमाइलो भनिए पनि यो अर्को नरमाइलो पक्ष हो ।
त्यसैले जुवा तासलाई एउटा बेथितितिर जाने उपायको रुपमा भन्दा पनि व्यवस्थित तरिकाले समाजमा बेथिति नल्याउने तरिकाले स्वस्थ मनोरञ्जनको माध्यमको रुपमा विकास गरिनु आवश्यक छ । कसैका लागि जुवा तास संस्कृति र रमाइलो पनि बन्न सक्छ भने कसैको घर न बास भएको पनि पाइन्छ नेपाली समाजमा । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
October 12, 2010 6:57 am
खसीको महिमा

यो दशैंमा दुर्गा देवीको भन्दा पनि खसीको महिमा बढी देखिएको छ । दुर्गा भवानीको पुजा गर्न, मान्यजनबाट टिका थाप्न राजधानी र देशका मुख्य शहरमा बस्दै आएका नेपालीजनहरु लर्को लागेर घरतिर हानिएका छन् । हवाइजहाज, सडक यातायातका साधनबाट गाउँ जान रमाइलो र साथसाथै भेटघाटका लागि पनि अवसर बनेको छ ।
कुरा छ खसीको । मान्छेजति शहरबाट घरतिर हानिएका छन् । गाउँमा खसीको र बोकाको महिमा नहुने कुरै भएन । किनभने खसी खानेजति त्यतै गएपछि भारतबाट झिकाएर पनि खान थालिएको छ । यतिमात्र नभएर चीनबाट पनि झिकाएर खसी खाने क्रम सुरु भएको खबर आइरहेका छन् । अझ भनौं भने खसीको अर्को स्वरुप च्यांग्रा । कृषिप्रधान देशमा खसीले नभ्याएपछि के गति होला ।
त्यसो त अन्य समयमा पनि खसी खाने क्रम अलि बढी नै हुन्छ । काठमाण्डौंको हकमा भन्ने हो भने अन्य समयमा बफेलोको मासु बढी खपत भएपनि दशैंतिहारम खसीले थेगिनसक्नु भएको छ । जति मान्छे गाउँमा गएपनि काठमाण्डौंमा बस्नेका लागि पनि खसीको खपत निकै भइसकेको व्यापारीहरु बताउँछन् । यसको उदाहरण अरु केही होइन, रातभरि भुस्याहा कुकुर भुक्ने राजधानीका सडकमा खसीको चिच्याएको सुन्न सकिन्छ, अलि ढिलासम्म घर नजाने सञ्चारकर्मी, प्रहरी लगायतका पेशाकर्मीहरुले ।
राति र बिहान खसी कराएको मात्र होइन, आमसञ्चार माध्यममा प्रस्तोता र श्रोताले पनि गर्ने कुरा दुर्गाभवानीको भन्दा पनि खसीको नै हुन्छ । यसलाई हेर्दा धर्मको कुरा भन्दा पनि खसी खाने संस्कृति विकास बडो नाटकीय तवरमा भएको छ । पछि पछि दशैंको सट्टा खसी पर्व पो हुने हो कि भन्ने चिन्ता छ । खसीको साथसाथै राँगाको पनि कम्ती महिमा छैन, तर अलि कम छ खसीको तुलनामा ।
यतिसम्म कि ठुला ठुला सेवाप्रदायकहरुले आफ्ना सामग्रीका विज्ञापन गर्न पनि खसीकै उपहार राखेर उपभोक्ताको चाहना बुझ्ने भरपुर प्रयत्न गरेका छन् । यसरी संस्कृति बन्दै खसीको महिमा त व्यावसायतिर पो पुगिसकेछ । तर मानिसले खसी खाने मात्र होइन, औकात नहुने अवस्थामा खसीले नै खाने सम्भावना पनि नकार्न सकिन्न । किनभने देखासिकी र तडकभडकले बिगारेको पत्तै हुन्न । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 4 )
September 18, 2010 6:43 am
बिजुक्छे असम्भव कुरा सुनाएर मख्ख पार्छन्

भन्नै परेन नारायणमान बिजुक्छे रोहित नेपालका पुराना नेता हुन् । यिनलाई नेपाली राजनीतिको उकाली ओराली धेरै थाहा छ । भलै उनको सक्रिय राजनीति भक्तपुरमा सीमित भएको किन नहोस् । तर उनका भनाईले पाउने महत्व र उनले बोल्ने बोलीले तरंग भने ल्याइहाल्छ । नल्याओस् पनि किन । किनभने उनले अधिनायकवादी शासनको कुरा गर्छन् ।
अनेक खालका अधिनायकवादलाई पछिल्लो चरणसम्म आउनु पनि छ । अनि भएका भनिएका उपलब्धिलाई जोगाउने मनोकांक्षा हुंदाहुंदै पनि गुमाउन जानाजान खोज्नु अचम्मको कुरा छ । अझ बिजुक्छेले त कार्ल माक्र्सले सोचेको वा परिकल्पना गरेको समाजको कुरा गर्छन् । कुनै बेला अन्तरवार्ता दिए भने भन्न बेर लाउन्नन् कि त्यो बिस्तारै नेपालमा पनि आउँछ भनेर ।
यसको मतलब बिजुक्छेलाई व्यवहार भन्दा किताबको कुरा अलि बढी थाहा छ । किनभने कोरा किताबको कुरालाई उनी विश्वास गरेर लागु पनि त्यसरी नै गर्न खोज्छन् । त्यसो त यो पाइला पछ्याउने अरु पनि छन् । तर बिजुक्छेले भने सबै कुरा खुलस्त पारिहाल्छन् । हो, अहिलेको अराजकताको स्थितिलाई नियन्त्रण गर्न कि त सक्रिय राजसंस्था वा राष्ट्रपतिको अधिनायकवादी शासन लगाउनुपर्छ भन्ने प्रशस्त भेटिन्छन् । तर त्यसो सोच्न खोज्नु चुनौतीदेखि भाग्नुबाहेक के होला र ।
उनले भनिपनि हालेका छन् । सैद्धान्तिक रुपमा आफू राष्ट्रपति शासनको पक्षमा रहेपनि राष्ट्रपति रामवरण यादवले त्यो आँट गर्न भने नसक्ने उनले आँककन गरे । लोकतान्त्रिक पद्दति भन्दै उनको पुरानो पार्टी महाधिवेशनमा लागिरहेका बेलामा प्रत्यक्ष शासनको कुरा पनि सुहाएन नि, बिजुक्छे कामरेड ।
राष्ट्रपति र सभामुखलाई अधिकारबिहीन बनाउँदाको परिणाम नकारात्मक बनेको बिजुक्छेको विचार छ । वास्तवमा रोहित कामरेडले भक्तपुरमा एकछत्र शासन गरेजस्तो सोच्न हुन्न । भक्तपुरमा पो सोझा नेवार समुदाय छन् र लामो समय सम्म पनि केही भन्न सक्दैनन् । देशका अन्य भागमा धेरै विचार भएका मानिस बस्छन् । प्रत्यक्ष शासन लादन खोज्ने हो भने मारिहाल्छन् नि, खै त बुझेको रोहित जी । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 3 )
September 14, 2010 6:40 am
विशेषण मात्रै भन्दा पनि काम चाहियो

कम्युनिष्ट पार्टीका नेताहरु खुबै पढ्छन् रे । त्यही भएर उनीहरुले जति विशेषण र व्यवहारको अनेक पक्षसँग तुलना कमैले गर्छन् । जान्नेले त्यही भन्छन् । यही क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको अर्को निर्वाचन अघिनै गतिरोध अन्त्य भई नयाँ प्रक्रियाको थालनी हुने बताउँदै अन्य राजनितिक दललाई कुखुराको सज्ञा दिएका छन् ।
त्यसो त कुखुराको अर्थ जे पनि हुन्छ । गन्हाउने विशेषता भएको, खासै उड्न नसक्ने । अझ ब्रोइलर कुखुरालाई सम्झने हो भने त त्यो मासु खान मात्रै हो । त्यो कुखुरा राम्ररी हिंड्न पनि सक्दैन । त्यो बाहेक पखेटा भएको उड्न सक्ने, दुई खुट्टा भएको अनि त्यो बाहेक कुखुरालाई फुल पार्ने विशेषता भएको रुपमा पनि लिन सकिन्छ । धन्न कुखुरासँग तुलना भएछ यसपालि । पटकपटक चुनावमा हार्दा पनि लाज नलागेको अवस्थामा दलका नेताहरुलाई कडा खालका विशेषता भएको भन्दै तुलना सुरु भइसकेको अवस्थामा कुखुरा त अलि नरम भएन र ।
जहाँसम्म कुखुराको विशेषण राजनीतिक दलको हकमा आएको छ, त्यसमा उडानको कुरा त राजनीतिक दलहरुले प्रधानमन्त्री निर्वाचन गर्न हुने सफलतामा निर्भर रहनेछ । पाङग्रो गुडाउने ढंग छैन हवाइजहाज उडान गर्छु भनेर पत्याउन पनि त पर्यो नि । जहाँसम्म प्रचण्डको हकमा उनले आफ्नै पार्टीमा र अन्य दलहरुमा समेत उत्साह ल्याउन खोजेको हो भने त्यसलाई नकारात्मक रुपमा लिनु नपर्ला ।
तर कसैले उड्छु नै भन्यो भने पनि पत्याइहाल्न सकिन्न । बरु उडेको देखेपछि मात्रै टिप्पणी गर्नु उपयुक्त होला । कम्तीमा प्रचण्डले आफुलाई चीलको संज्ञा दिएर जगाएको उत्साहलाई पुरा गर्नु भने अहिलेको आवश्यकता होला । अरु भन्दा पनि प्रधानमन्त्री निर्वाचनमा सहमति जुटाउन देखिएको असफलतालाई सफलताको सिंढी सम्झेर अघि बढे उपयुक्त हुने थियो । बरु अरु दललाई कुखुरा नै भनेर होच्याउने काम भने नगरेकै भए वेश हुन्थ्यो । किनभने कुखुरा पनि फुल पार्ने, चील पनि फुल पार्ने, गन्हाउन पनि दुवै गन्हाइहाल्छन् । भन्छन् नि राजनीति फोहोरी खेल हो ।
माओवादीको हकमा चील बनेर उडनको लागि चिनियाँको पैसाको सहायता लिइन्छ भने त्यो पनि बेइज्जत र बर्बादीको कारक बाहेक केही हुन्न । भाग खान मात्रै सरकारमा जाने हो भने कामै छैन । मन मिल्ने दलहरु एक ठाउँमा आएर काम गरे भने त्यो जत्तिको उपयुक्त केही हुन्न । सांसद किन्ने कुरा त अन्तरराष्ट्रिय पैसा लिएर त के राष्ट्रिय स्तरमा एक लाखमा किनेपनि त्यो लज्जाजनक नै हुन्छ । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 2 )
August 25, 2010 8:31 am
गाइजात्राको पात्र दलका नेता

त्यसो त विवाद नभएको दल कुन होला र । अझ सत्ताको भर्याङ ठाडो हुने बेलामा कुरै नगरौं, त्यतिबेला चीलजत्तिकै हुन्छ विवाद दलका नेताहरुबीच । त्यसरी चील नै भनिहाल्दा नराम्रो सन्देश जान्छ भन्ने तर्क पनि आउला तर यो प्रवृत्तिले निम्त्याएको विशेषण हो । सत्ताका लागि केही चुइँक्क बोल्दैनौं भन्ने नेताहरुले सत्ताका लागि मरिहत्ते गरेको देख्दा पो मानिसहरुलाई चित्त बुझेको छैन ।
सबैभन्दा सजिलो मान्छन् कलाकारहरु पनि नेताहरुलाई उडाउन । त्यतिमात्र होइन, पाए भने गाइजात्रामा मात्र होइन वर्षभरी गरिने टेलिभिजन कार्यक्रममा पनि विषयवस्तु बनाउन पछि पर्दैनन् । अहिले आएर त भन्न थालिएको छ कि, दलहरु आफैं गाइजात्राका पात्र बनिसकेका छन् कति पात्र बनाइरहनु रङगमञ्चमा पनि । यो स्वभाविक पनि हो ।
अहिले यही देखिएको छ, खुबै क्रान्तिकारी भन्ने पार्टी माओवादीभित्र पनि प्रधानमन्त्रीको चुनाव, पार्टीको कार्यदिशालगायत विषयमा छलफल गर्न बसेको केन्द्रीय समिति बैठकमा शीर्ष नेताहरुबीच नै मतभेद देखिएको छ । सिद्धान्तका कहिल्यै नथाक्ने भनिएझैं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनप्रति असहमति जनाउँदै उपाध्यक्षद्वय मोहन बैद्य र डाक्टर बाबुराम भट्टराईले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
आफु सरकारमा जाने बाटो अस्पष्ट भएपछि प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा सडक, सदन र सरकार तीनवटै ठाउँबाट दबाब सृजना गर्नुपर्ने उल्लेख छ । यतिमात्र होइन, नाच्न नजानेको झैं पाँचौ पटकसम्म पनि प्रधानमन्त्री चयन हुन नसक्नु संसदीय व्यवस्थाकै असफता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैद्यको प्रतिवेदनमा अरु दलसमक्ष घुँडा नटेकी जनविद्रोहको अन्तिम तयारीमा जुट्नुपर्ने आशय व्यक्त गरिएको छ । के कम, उनी पनि माक्र्सवाद पढेका मान्छे ।
प्रधानमन्त्री बन्ने ग्रीन सिग्नल पाइरहेका अर्का उपाध्यक्ष डा. भट्टराईले भने अहिलेको सन्दर्भमा जनविद्रोह त्यति उपयुक्त नभएको भन्दै शान्ति र संविधानलाई सुनिश्चित गराउने दिशामा नै पार्टीको ध्यान जानुपर्ने आशयसहितको प्रतिवेदन पेश गरेको बताइन्छ । सबैभन्दा ठुलाबाटै सुरु भएको छ विवाद । अनि कसरी विवादमुक्त होलान्, काँग्रेस, एमाले । काँग्रेस त बरु गाउँमा अधिवेशनका क्रममा देखिएको उत्साहले मख्ख भएर हुनसक्छ, विवाद कम छ, तर कम्युनिष्ट पार्टीहरु भने लडेरै देशलाई पछाडि धकेल्ने भए । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 4 )
August 19, 2010 7:20 am
संस्कृतिको धनी भन्दाभन्दै गरिब

आफ्नो संस्कृति धनी भएको विषयलाई लिएर संस्कृतिका गरिबलाई गफ दिन जस्ले पनि रमाइलो मान्छ । अझ नेपाली समुदाय, त्यसभित्र पनि करीब सय भाषभाषी समुदायका मानिसले आफ्नो संस्कतिको वर्णन गर्न पाए भने अरु केही चाहिन्न । रमाइलो पनि हुन्छ । खर्च पुर्याएन गाह्रो गाह्रो हुने भएपनि आफ्नो संस्कृतिको समृद्धि देखाउन रमाइलो लाग्नु स्वभाविकै पनि हो ।
तर चाडबाडकै विषयलाई लिएर अरुलाई के को चिन्ता घर ज्वाईलाई खानकै चिन्ता चैं भन्नैपर्ने भएको छ । के सञ्चारमाध्यम, के शपिङ मल, के सामान्य बजार, व्यक्तिगत भेटघाटमै किन नहोस्, तीजकै रमझम छ । तीज आउन भने केही हप्ता कुर्नै छ । त्यतिमात्र भए त हुन्थ्यो नि, केही गैरसरकारी संस्थाहरुलाई पो तीजले छोएको छ ।
सरासर काम गर्ने, रमझममा कमै वास्ता गर्नेहरुको पो चिन्ता लाग्छ, यो बेलामा । चिन्ता, वास्ता एकातिर छ, रेडियो, टिभीमा गीत सुन्यो, हेर्यो कुरा त्यही छ । पत्रपत्रिकामा पढ्यो त्यही चाडबाड र तीज मनाएको छ, कहिलेकांही वाक्क लाग्दो हो । दिक्क पनि किन नलागोस् । देशकै नागरिकहरुको प्रतिव्यक्ति आय बढेको होइन, महँगी थामिनसक्नु, चाडबाड भने आएका आयै ।
त्यसो त यो रमझमले पैसा सक्न चाहने र समय थुप्रै भएकाहरुलाई नै छुने गरेको छ । अघिल्ला केही महिनादेखि हप्तैपिच्छेजस्तो आमाले बच्चाबच्चीसित आत्महत्या गरेका खबर आइरहेका छन् । एउटा तहको अवस्था त्यस्तो छ भने अर्को मध्यम वर्गले पनि आफुलाई जेनतेन धानिरहेको छ । ठ्याक्कै के भन्न सकिन्छ भने, त्यो समुदाय पनि एक महिनाअघि देखि चाडबाड मनाउन चाहेको छैन । चाहने केवल समय र पैसा प्रशस्त भएका नै देखिन्छन् । गैससहरुसँग त झन् पैसो नहुने कुरै भएन ।
त्यसैले कम खर्च गरेर धनी संस्कृति देखाउने उपाय पो अंगाल्ने हो कि ? भएको पैसा जति सबै जात्रा र चाडपर्व अनि लगन जुराउनमै खर्च गर्ने अनि लगानी नगर्दा देशकै आर्थिक अवस्था टिठलाग्दो नहोला भन्न के बेर । हो नि, दाइजो प्रथाका कारणले पीडित बनेका धेरै उदाहरण पनि छन् नि । कहिले दाइजो नदिएर हत्या भएका घटना सुन्न पाइन्छ भने कहिले दाइजो दिंदादिंदै बाबुआमाको आर्थिक अवस्था टाट पल्टेको पनि नौलो छैन । - महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 2 )
June 25, 2010 6:17 am
मनोरञ्जनसँगै फुर्सद नदिने खेल

निद्रा लागेर राति निदाउन खोज्यो दक्षिण अफि्रकाको बुबुजेलाको मौरी घुनघुनाएजस्तो आवाजले सुत्नै नदिने । रातदिन घरभित्रका सदस्यबीच फुटबलको कुरा । घरबाहिर गेटमा निस्क्यो, छिमेकीबीचको कुरामध्ये ६० प्रतिशत फुटबलको कुरा । सार्वजनिक यातायातको बिसौनीसम्म पुग्यो त्यहाँ पुग्दासम्म अघिल्लो रात भएका म्याचमा सम्मिलित खेलाडीमध्ये अधिकांशको नाम सुनिसकिएको हुन्छ भन्दा पनि फरक नपर्ला ।
अब पालो आयो गाडीमा चढेपछि केके हुन्छ भन्ने । गाडीमा चढ्यो गाडीभाडा महँगिएको, दैनिक क्रियाकलापका अरु कुरा सुन्न पाइन्न, पाइन्छ त केवल विश्वकप फुटबलको कुरा । म्याचका खेलाडीको नाम सुनिसकेपछि त्यो दोहोर्याएर सुने पनि नसुनेपनि त्योबाहेक एक सामान्य नागरिकले अब सुन्न पाउने भनेको कुनकुन किक कसले कताबाट हानेको थियो जस्ता कुराले यात्रा फुटबलमय हुन्छ । यात्रा चाहे कार्यालयको होस्, चाहे आफन्त भेटघाट गर्न हिंडेको होस्, चाहे घुम्न हिंडेको होस्, कुनै न कुनै यातायातका साधनमा युवा, विद्यार्थी चढेकै हुन्छन्, उनीहरु माया पिरतीका कुरा कम फुटबलका कुरा धेरै गर्छन् ।
आमसञ्चार माध्यम, त्यसमा पनि विद्युतीय सञ्चारमाध्यमको कुरा गर्ने हो भने त्यही फुटबलको समाचार छ । यी सबै थाहा पाउँदा त यस्तो लाग्छ कि, नेपालको अर्थतन्त्रको ठुलो हिस्सा अब फुटबलले नै समेटेको छ । तर त्यसो होइन, यसो भइरहँदा ए डिभिजन लिग नै मिलेमतोको शिकार भइरहेको समाचार पनि आइरहन्छ ।
कपडा बेच्ने पसलमा कपडा छन् भने विश्वका स्टार देशहरका जर्सी छन् । कपडाको गुणस्तर कस्तो छ भन्नेतिर नजाऔं, रङ र लोगो भने पक्कै हुनेछन् । अर्जेन्टिनाका लिओनेल मेसीको जर्सी नम्बर भएको जर्सी त बजारमा अभाव भइसकेको छ अरे । फाइनल खेल, मेसीले गोल हानेको बेलासम्म त बजारमा जति खोजे पनि पाइन्न होला उनको जर्सी । यस्तो भएपछि पनि । जर्सीकै प्रसंगमा कुरा आउँछ नेपाली टेलिभिजनमा जर्सी लगाएर कार्यक्रम चलाउने प्रस्तोता र विश्लेषकहरुको ।
भारतमा अपराध, पाकिस्तान र क्रिकेटको विषयले आमसञ्चार जगत तातेको छ भने नेपालमा फुटबलको विषयले आमसञ्चार माध्यम र तिनका समय भरिएका छन् । जान्नेहरु व्यापार पनि राम्रै छ भन्छन् विज्ञापनको । कम्तीमा विज्ञापन भने देखिएका छन्, पैसा दिएका छन् कि छैनन् व्यापारीहरुलाई नै थाहा होला । जे विश्वकप फुटबलले नेपालका अधिकांश भागलाई तताएको छ ।
फुटबल क्रेजले विद्यार्थीको पढाई डामाडोल, बैंकरहरुको काम लथालिंग, पत्रकारहरुको काम अलपत्र, कलाकारहरुको स्क्रीप्ट लेखन अनि अभिनय बेवास्ता गरिएको अवस्थामा पुर्याएको छ । तर मनोरञ्जन भने भएकै छ भन्छन् भोग्नेहरु । -महेन्द्र ।
(more)
- Filed under:
Fun ( 32 ) -
NepalHorizons
- Comments ( 2 )
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|