Articles

नेपाललाई माया गर्नेहरु: विजय पौडेल
August 3, 2010, 7:44 pm

नेपाली तेक्वान्दोको महान् जन्मदाता

जे क्युन सिन । यो नाम आजभन्दा झन्डै दुई  दशकअगाडि नेपाली तेक्वान्दो खेलको दुनियाँमा नेपालमा तेक्वान्दोको जन्मदाताका रुपमा चर्चित नाम हो । सन् १९८२ मा ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष शरदचन्द्र शाहले नेपालमा तेक्वान्दो खेलको आवश्यकता महसुस गरी कूटनीतिक तवरबाट कोरियन सरकारसँग तेक्वान्दोको प्रशिक्षण माग गरेपछि कोरियन सरकारको छनोटमा नेपालमा तेक्वान्दो खेलको सुरुवातका लागि नेपाल आएका थिए । तिनै जे क्युन सिन अहिले ६५ वर्षो पाको उमेरमा प्रवेश गरिसकेका छन्, तर उनको जोस र जाँगरलाई अनुमान गर्ने हो भने कुनै तन्नेरीले उछिन्न गाह्रो होला । यो पाको उमेरमा पनि उनी अझै आफ्नो नियमित प्रशिक्षण दिने कार्यमा व्यस्त नै छन् र अझै उनले तेक्वान्दोको ड्रेस लगाउन छाडेका पनि छैनन् । नेपालसँग खेलको दुनियाँमा गहिरो नाता जोडेका सिन आजकल नेपालमा भने बस्दैनन् र पनि नेपाल र नेपालीसँग भावनात्मक सम्बन्ध मात्र भएको कोहीसँग पनि यिनको भेट भयो भने आफ्नै देशको कोरियनसँग भन्दा बढी सामिप्य महसुस गर्ने कुरा स्व्यम् जे क्यु सिन बताउँछन् ।

नेपालमा जे क्यु सिन र तेक्वान्दो सम्बन्ध

सन् १९८२ को डिसेम्बर २५ तारिखका दिन एक जोर तेक्वान्दोको सुट च्यापेर नेपालमा तेक्वान्दोको सुभारम्भ गरी सफलता हासिल गराएर नै छाड्ने प्रतिबद्धतासाथ काठमाडौंको विमानस्थलमा अवतरण गरेका यिनले सन् १९८३ को फेब्रुअरी महिनामा वर्ल्ड तेक्वान्दो फेडरेसनलाई नेपालमा तेक्वान्दो एसोसिएसन स्थापनाका लागि पत्र लेखेपछि ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष शरदचन्द्र शाह तेक्वान्दो एसोसिएसनका अध्यक्ष भएका हुन् ।

जब जे क्युन सिनले तेक्वान्दोको प्रशिक्षण नेपालमा सुरु गरे, त्यसबखत र्सवसाधारणलाई नेपालमा मार्सलआर्टस् सिक्न प्रतिबन्ध भएका कारण नेपाल प्रहरीबाट ६४ जना र तत्कालीन शाही नेपाली सेनाबाट ९० जना खेलाडी छनोट गरी तेक्वादो प्रशिक्षण गराउनुपरेको कुरा स्वयम् सिन बताउँछन् भने भर्खरै यिनीद्वारा लिखित पुस्तक ‘इस्ट एन्ड वेस्ट- तेक्वान्दो जोर्नी’ नामक पुस्तकमा पनि यो कुरा प्रस्तुत गरिएको छ ।

शून्यमा रहेको नेपालको तेक्वान्दोको जन्मदाता सिनले तेक्वान्दो संघ स्थापना गराएर जनताका लागि प्रतिबन्धित खेल तेक्वान्दोलाई विधिवत रुपमा सन् १९८३ को अगस्ट महिनाको ५ तारिखदेखि जनताका लागि समेत स्वतन्त्र गराएपछि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका विभिन्न खेलहरुमा नेपाललाई प्रतिस्पर्धा गराउँदै उनकै मेहनतका कारण मुलुकमा विधान लामाजस्ता खेलाडी तेक्वान्दोमा प्रस्फुटित हुन पुगे भने हालसम्म पनि नेपालले प्राप्त गर्न नसकेको तक्मा तेक्वान्दो खेलमा एक पटक मात्र नेपालले प्राप्त गरेको छ, सिनको मेहनत र विधानको लगनशीलताको कारण । त्यो तक्मा १९८८ को सोल ओलम्पिकमा हासिल गरेको काश्य पदक हो ।

जे क्युन सिनको भावना

सन् १९८२ देखि सन् १९८८ सम्म नेपालमा तेक्वान्दोको विकासका लागि बसेका जे क्युन सिनले सामाजिक र आर्थिक बन्धनका कारण नेपाल छाड्नुपरेको बताए । सबैलाई जस्तो यिनलाई पनि आफ्ना सन्तानको पढाइको चिन्ता परेछ । विदेशी कूटनीतिज्ञका बच्चाहरु अध्ययन गर्ने काठमाडौं रविभवनको लिंकन स्कुलमा शिक्षा हासिल गरिरहेका आफ्ना बच्चाहरुको शिक्षाको महँगो शुल्क धान्न नसकेपछि ४३ वर्षो जल्दोबल्दो उमेरमा सिधै अमेरिका हानिएका रहेछन् जे क्युन सिन । अमेरिका आएपछि पनि यिनले आफ्नै पहलमा युएस वेस्ट कोस्ट तेक्वान्दो स्थापना गराउन पनि भ्याएछन्, जस अन्तरगत  करिब ३० वटा तेक्वान्दो स्कुलहरु सञ्चालित छन् ।

नेपालको ६ वर्षो बसाइँका क्रममा यिनले शरदचन्द्र शाह, तत्कालीनमन्त्री केशरबहादुर विष्ट र फुटबलका सदाबहार अध्यक्ष गणेश थापालाई सम्म तेक्वान्दोको ब्ल्याक बेल्ट टेस्टसम्म गराउन भ्याएछन् तर यिनले नेपाल छाड्नुपरेका कारण आजसम्म यिनले ब्ल्याक बेल्ट प्राप्त गर्न सकेका छैनन् भनेर सिन हाँस्दै बताउँछन् । यी तीन जना मात्र होइन वर्तमान तेक्वान्दो एसोसिएसनमा २३ वर्षेखि अध्यक्ष रहिरहेका दीपराज गुरुङलगायत दिशेष राई, सितकर राजभण्डारी आदिलाई पनि तेक्वान्दोप्रेमी बनाउने यिनै हुन् ।

नेपालका राजनीतिज्ञहरुको नाम भने उनलाई खासै सम्झना रहेनछ तर उनले असाध्यै मनपर्ने ठाउँ भनेर पोखरालाई धेरै पटक नाम लिए । धरान, काँकडभिट्टा, महेन्द्रनगर, हेटौंडा, वीरगन्जलगायतका ठाउँहरुका नाम फरर नै बताए । २३ वर्षहिले नेपाललाई छाडेका सिनले भावुक हुँदै नेपाली जनतालाई ‘सधैं सुखी भएर बाँच्न जान्ने मेहनती र कोमल हृदयका धनी’ धनी तारिफ गर्न भने छुटाएनन् । तत्कालीन समयको मीठो सम्झनाको रुपमा यिनले सुनाए- ‘भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशको भ्रमण सकेर काठमाडौं पुग्दथें, त्यसपछि म ढुक्क हुन्थें किनकि नेपालबाहेक अन्य मुलुकहरुमा म स्वतन्त्र भएर सडकमा हिंड्दा सरक्षित महसुस नै गर्दैन थिएँ, त्यसैले जब काठमाडौं पुग्थें, आफ्नै जन्मभूमिको घर पुगेझैं लाग्दथ्यो ।’

अझै पनि सिनलाई लागेको रहेछ, अबको बुढ्यौली नेपालमा गएर बिताउने तर पनि नेपालको झन्झटिलो भिसा प्रक्रिया -तीन-तीन महिनामा नवीकरण गर्नुपर्ने) र भ्रष्ट प्रशासनिक संयन्त्रका कारण पछाडि हट्नुपरेको बताउँदै उनले भने फिलिपिन्सजस्ता देशहरुमा रिटायरमेन्ट भिसााको चलन छ, जहाँ एक लाख अमेरिकी डलर लिएर बैंकमा राख्यो भने आरामसँग बस्न सकिने कानुन छ, तर नेपालमा त्यस्तो भिसाको व्यवस्था छैन, यदि त्यसो भइदिए बाँकी जीवन नेपालको हिमाली हावाको र्स्पर्स लिएर कटाउने मन छ ।

अन्त्यमा यिनलाई लागेको रहेछ कि संसारमा कुनै पनि मुलुकमा नभएको चलन, एउटै व्यक्ति २५/३० वर्षम्म अध्यक्ष र सदस्यसचिव हुने खेलाडीहरुको संस्थालाई धक फुकाएर सहयोग गर्न मन नलाग्ने र स्वयम् नेपालमा नै खेलको विकास नहुने कुरा बताउँदै भने यदि प्रजातान्त्रिक प्रक्रियाबाट यस्ता संस्थाहरुमा नयाँ नेतृत्व आउँदै जाने हो भने हामी ठूलो सहयोग नेपालको खेलजगत्लाई गर्न तयार छौं ।

नेपालमा तेक्वान्दो स्थापनाका लागि जानुभन्दा पहिले हङकङमा नेपाली ब्रिटिस गोर्खा सैनिकहरुलाई तालिम दिएका सिनले भर्खरै प्रकाशित गरेका ‘इस्ट एन्ड वेस्ट- अ तेक्वान्दो जर्नी’ मा लेखेका छन्- ‘बुद्ध नेपालमा नै जन्मिएका हुन्, जसको ज्वलन्त प्रमाण लुम्बिनीमा गाडिएको अशोक स्तम्भ नै काफी छ’ । यिनको पनि मन नेपालका छिमेकी मुलुकहरुले गौतम बुद्धको जन्मस्थलको विषयमा गरेका झूटा प्रचारले निकै रोएको बताए ।

एलेक्सका लागि नेपाल नै घर

अस्थिर राजनैतिक वातावरण र भूमण्डलीकरणको प्रभावले हरेक व्यक्तिहरु आफ्नो राष्ट्र र राष्ट्रियतालाई परै छाडेर बसाइँसराइ गर्ने परम्परा बढ्दै गएको वर्तमान पर्रि्रेक्ष्यमा त्यही नेपाल जहाँ आज सख्खरखण्ड र बदाम सिला खोज्यो भने गोलीका खोका र सकेट बम भेटिन थालेका छन् । त्यही नेपाल जहाँ थोरैभन्दा थोरै पैसाका लागि ज्यान लिन थालिएको छ । शान्तिसुरक्षा र अमनचैन आज कल्पनाको सागरभन्दा धेरै परतिरको कुरा भएको छ । त्यही बिरानो नेपाललाई आज आफ्ना सारा सन्तानहरुले थारो सम्झेर छोड्ने क्रम बढेको छ तर त्यही नेपाललाई आफ्नो प्यारो घर  सम्झिए

 
  
एउटा परदेशी अमेरिकन नागरिक एलेक्स गार्जिलिस्ले । स्टि्रट थियो त्यतिबेला र्सवप्रथम नेपाल टेकेका एलेक्स आजभोलि प्रायः सधैं नेपालमा नै हुन्छन् अनि अमेरिका आइहाले पनि केही हप्ता वा एकडेढ महिनाभित्र नेपालको न्यास्रोले सताएपछि उतै फर्किन बाध्य हुँदा रहेछन् । अमेरिकाको न्यूजर्सीस्थित एउटा विद्यालयको शिक्षकका रुपमा काम गर्दा पटकपटक विश्वका विभिन्न मुलुकहरुको भाषा, रीतिरिवाज, भेषभुषा र संस्कृतिको अध्ययन गर्ने सिलसिलामा विद्यालयकै कार्यक्रमअर्न्तर्गत श्रीलंका, भारत, भुटान हुँदै नेपाल पुगेका एलेक्स गार्जिलिस विश्वका १२ वटा भाषाहरुका राम्रा ज्ञाता रहेछन् । विद्यालयमा भाषा शिक्षक भएर काम गरेका यिनी चीनको सांघाइमा जन्मिएका हुन् तर बाबुआमा भने ग्रीक हुन् र यिनले १७ वर्षो बाल्यअवस्थासम्म पेरिसमा बसेर पढ्ने मौका पाए तर त्यसपछि व्यापारी बाबुको साथमा १७ वर्षो उमेरमा अमेरिका आएका थिए । चीनमा जन्मिएर हाइस्कुलसम्मको शिक्षा युरोपबाट लिए पनि अमेरिकन नागरिक बनेका एलेक्स अहिले उनकै भाषामा भन्छन्- ‘न्युयोर्क, लण्डन र आयरल्यान्ड पनि मेरो मन पर्नेमध्येका ठाउँहरु हुन् तर ती ठाउँहरुबाट प्राप्त गर्न नसकेको, आफूले चाहेजस्तो आवश्यकताअनुरुपको सन्तुष्टि मैले नेपालबाट पाएको छु, नेपाल मेरो प्यारो घर हो ।’‘ भन्ने लण्डनको एउटा स्टेज नाटकमा लिड रोल गरेका थिए । यिनी अभिनय, प्रशिक्षण र निर्देशनका लागि माहिर त छँदै छन् त्यसमा पनि यिनी एउटा निखारिएका आर्टिस्ट पनि हुन् भन्दा अचम्म मान्नु नपर्ने नै रहेछ । एउटा व्यक्ति लेखक, कलाकार, शिक्षक, आर्टिस्ट जसलाई बहुमुखी प्रतिभाका धनि भन्न सकिन्छ तर उनले जति नै जोड गरे पनि आफ्नो उमेर कुराकानीको दौरान बताउन चाहिँ मानेनन् । बरु प्रतिप्रश्नस्वरुप अनुमान गर्न लगाए ।
विश्वका अधिकांश देशहरु भ्रमण गरिसकेपछि भर्खरै ७ सय ३५ पृष्ठको ‘द वर्ल्ड इज माई नेसन’ भन्ने पुस्तक प्रकाशन गरे । गार्जिलिसले सम्पूर्ण  विश्व घुमिसकेपछि नेपाललाई उनले जीवनको उत्तरार्द्धमा प्यारो घरको रुपमा छानेका गार्जिलिस नेपालको परमानेन्ट रेसिडेन्स पनि हुन् । नेपाल सरकारले उनलाई मानार्थ परमानेन्ट रेसिडेन्स कार्ड पनि दिएको छ ।

 

सन् १९७८ जुन बेला नेपालमा हिपिको प्रचलन थियो र काठमाडौंको झोंछेको चर्चित नाम फ्रिक

नेपालमा झन्डै चार वर्षललितकला क्याम्पसमा आर्ट विषय अध्यापन गराएका यिनले गुरुकूलमा अहिले पनि अभिनय र नृत्य प्रशिक्षण गराउने काम गर्दछन् तर यिनले काम गरेवापत यी दुवै संस्थानहरुबाट एक कौडी पैसा न लिए, न लिने नै गरेका छन् । अस्मिना रञ्जित, निशा शर्मा, अनुप बराल, पूजा गुरुङ आदि कलाकारलाई प्रशिक्षण दिएका यिनको मनपर्ने मान्छेहरुमा गुरुकुलका सुनील पोखरेलको नाम लिन हिच्किचाएनन् तर सुनीललाई पक्का व्यापारी मान्छे हो भन्न पनि पछि परेनन् उनी ।

नेपालका यिनका साथीहरु अभि सुवेदी, प्रकाशचन्द्र लोहनी, आर्टिस्ट कृष्ण मानन्धर रहेछन् भने एलेक्सलाई नेपालका मन पर्ने नेताहरुमा कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डको तारिफ गर्न पनि छुटाएनन् उनले ।

हेर्दा ६५-७० वर्षको अनुमान गर्न सकिने एलेक्स पातला जिउका धनी यिनी छरिता छन् । उमेरले केही बुढ्यौली आभास गर्नुपरे पनि तुरुन्तै उठेर ट्याङ्गो साल्सा नृत्य गर्न पनि पछाडि परेनन् । १२ वटा भाषाका ज्ञाता एलेक्स भाषाका पूर्व  शिक्षक त हुँदै हुन्, त्यसमा पनि जीवनको उत्तरार्द्धमा नेपालसँग भावनात्मक मितेरी गाँस्ने यिनी कलाकार पनि हुन्, जसले अत्यन्त चर्चित ‘वाई फ्रेन्ड

नेपाल नै किन मनपर्‍यो ?

‘पश्चिमाहरुभन्दा बिल्कुल भिन्न जनता अझ भनौं भने नजिकै भइकन पनि भारतीयहरु भन्दा पनि फरक, विशेष गरी हट्टाकट्टा र फुर्तिला शरीरका धनि नेपाली त्यसमा पनि तेजिला दिमागका नयाँ पुस्ता, जसको लुकेको प्रतिभा विश्वमा कसैलाई थाहा छैन । मुख्यतः नेपालीको ‘जीवन चर्या’ नै एउटा मन पर्ने पक्ष हो । नेपालको सबैभन्दा मन पर्ने ठाउँ गोरखा हो । त्यसमा पनि गोरखा जाँदा बाटोमा पर्ने ३५ किलोबाट देखिने दृश्य र गोरखा दरबार अनि शालिकहरु नै मेरो मनको ढुकढुकी हुन् ।’

तपाईंलाई मन पर्ने नेता प्रचण्डको पार्टीले   त तपाईलाई   मनपर्ने राजा-महाराजाहरुको शालिक र दरबारहरु त ध्वस्त पार्ने अभियान नै चलाएका छन् नि भनेर प्रश्न गर्दा उनी एकाएक भावविहृवल भए । सायद बोली घाँटीमा अड्कियो तर रुन्चे स्वरमा गहभरि आँसु टलपल पार्दै भए पनि भने- ‘त्यो क्षण म कल्पनासम्म पनि गर्न सक्दिन ।’

पछिल्लो समय धेरै मेहनत गरेर यिनले लेखेको विश्वभरका देशहरुको बारेमा आफैंले देखेर उतारिएको पुस्तक ‘द वर्ल्ड इज माई नेसन’ को पब्लिसरसम्म पनि नेपाली नै रोजेका यिनले आर्थिक सफलताका लागि हो भने एकसेएक अमेरिकी पब्लिसर रोज्न सक्थे होलान् सायद तर नेपाली पब्लिकेसन ‘पिलग्रिम पब्लिसिङ’ रोजेको बारे प्रश्न गर्दा उनको भनाइ छ- ‘मैले नेपालमा बसेर लेखेको पुस्तक हो र त्यसमा पनि नेपाल मेरो घर भएपछि नेपाल र नेपालीका लागि पनि त केही सानो भए पनि त योगदान दिनुपर्‍यो नि ।’

अन्त्यमा एलेक्सको नेपालका बारेमा एउटै अनुभव ‘नेपाल वास्तवमा भनौं भने अत्यन्त सुरक्षित छ तर नेपालका बारेमा विश्वभरका विभिन्न सञ्चारमाध्यमहरुले गलत प्रकारका समाचार सम्पादन गर्ने गरेका छन् । नेपालमा राजनैतिक अस्थिरता नै प्रमुख अवरोध हो अन्यथा नेपाल एउटा ‘ अन टच टेरोटेरी ‘ हो ।’

यिनीसँगको प्रत्यक्ष कुराकानीका लागि न्युयोर्कस्थि

Bookmark

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More