Articles

कृष्णप्रसाद कि कृष्णप्रकाश
July 31, 2010, 9:33 pm

हालै गोरखापत्रमा रमेश तिवारीको लेखनीबाट ुनयाँ कृतिु स्तम्भ अन्तर्गत ुस्थाननामकोशु शीर्षकमा ुहिमाल किताबु प्रकाशनद्वारा प्रकाशित मेरो पुस्तकको सन्दर्भमा पुस्तकसमीक्षा पढ्ने सौभाग्य पाएँ । त्यसमा जताततै मेरो नाम ुकृष्णप्रसाद श्रेष्ठु छापिएको पाएँ यद्यपि त्यसमा समावेश गरिएको कृतिको जिल्दको प्रतिलिपिमा भने ुकृष्णप्रकाश श्रेष्ठु नै उल्लेख गरिएको थियो । यो पुस्तकसमीक्षा लेखकको भूल थिएन मेरै नामले उत्पन्न गर्ने भ्रमको द्योतक थियो भन्ने निष्कर्षमा पुग्नुसिवाय अर्को उपाय मसित छैन । मेरो नामले पार्ने गरेको यस्तो भ्रमको पुनरावृत्ति बारम्बार भइरहने देखिएकोले आज म हातमा लेखनी लिएर त नभनौं कम्प्युटरको की-बोर्डमा बेसरी थिचेर आफ्नो नामको पक्ष्यमा जोडदार वकालत गर्न तम्सेको छु । परन्तु भूमिकाको रुपका सर्वप्रथम आफ्नो नामको संक्षिप्त नालीबेली लगाउन चाहन्छु ।

नेपालीहरुको नामकरण कुनै देवदेवीको नामको आधारमा गरिएको छ भने अधिकांश नामको दोस्रो शब्द प्रायशः ुप्रसादु ुभक्तु ुमानु वा ुदासु युक्त हुन्छ भानुभक्त लक्ष्मीप्रसाद नारायणमान कृष्णप्रसाद आदि । मेरो नाम भने सर्वमान्य नियमको विपरीत ुकृष्णु को पछिल्तिर ुप्रकाशु को पुच्छर लिएर आएको छ । यसरी नामको पछिल्तिर ुप्रकाशु जोडने चलन भारतमा मात्र नभई पछिल्लो समयमा नेपालमा समेत लोकपि्रय हुँदै गइरहेको छ । तर यो नेपालको निमित्त नोले चािहं अवश्य होइन । मल्लकालीन इतिहास पल्टाउँदा पनि ुप्रकाशु प्रत्ययान्त नामहरु प्रशस्तै छन् । उदाहरणका लागि काठमाडौंका अन्तिम मल्लवंशी राजा जयप्रकाशकै नामोल्लेख पर्याप्त हुनेछ । तर मेरो नाममा यो प्रत्यय लाग्नुको भने आफ्नै इतिहास छ ।

मेरो जन्मको घडी र पलाको गणना गर्ने ज्योतिषले ुकुघङचु अक्षरहरुमध्यै सम्भवतः तेस्रो अक्षरबाट नामकरण गर्ने सल्लाह दिएको थियो रे । तर त्यस्तो अडभङ्गे अक्षरबाट कुनै नाम नै राख्न नमिल्ने देखिएको हुँदा घरसल्लाहबाट मेरी आमाले पहिलो अक्षर रोजेर ुकृष्णु भन्ने नाम राखिदिनुभएछ । दिनदिनै ुकृष्णु को नाम उच्चारण गरेका पापमोचन भई भवसागर तर्न सकिने आमाको तर्कको अगाडि बुवाको के तर्क हुनसक्थ्यो र मेरो जन्मकुण्डलीमा सम्भवत ुङु अक्षर मात्र लेखिएको होला भन्ने मलाई लाग्छ । मेरो बाल्यकालमा ुकृष्णु नामले नै काम चलिरहेको थियो । तर पाठशालाको परीक्षा दिने क्रममा पूरा नाम लेख्नुपरेको हुँदा बाजेको पालादेखि जागिर खानको निम्नि ुथकुजुजु शब्दशः ुठकुरी राजाु भन्ने थरनामको सट्टा ुश्रेष्ठु र ुमानु वा ुलालु पारिवारिक नामको सट्टा ुबहादुरु प्रत्यय नै जोडिएको थियो । निसन्देह नै ६ कक्षामा पिथौरागढ भारत को हाइस्कूलमा भर्ना हुँदा पनि त्यही नामले औपचारिकता पाउनु अस्वाभाविक थिएन । त्यहाँ पढ्दा भारतीय सहपाठीहरुले नेपालीहरुलाई ुडोट्यालु भनेर जिस्क्याउने गरेको र गिज्याउने पाराले सगोल नाम ुबहादुरु मात्र भन्ने गरेको मलाई सह्य भएन । भारतीय सहपाठीहरुसंग भिड्ने त कुरै भएन यद्यपि गुरुजीहरुसमक्ष आपुू ुडोट्यालु डोटी भेगको नभई ुनेपालीु काठमाडौंको भएको गुनासो चािहं गरिएको थियो । नाममा नै ुबहादुरु को पुच्छर झुण्डिएको हुँदा त्यसको व्यापक विरोध त बुवाज्यूसमक्ष मात्र गर्न सकिन्थ्यो । राणाकालको जगजगीको समयमा जागिर खानका लागि बाजेको पालादेखि मात्र त्यो पुच्छर जोडिएको यथार्थ त्यतिखेर थाहा पाइएको थियो । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि बुवाले हामी चारैजना दाजुभाइको नाममा ुप्रकाशु प्रत्यय जोडेर त्यस जागिरे ुपुच्छरु बाट स्वतः सदाका लागि मुक्त गरिदिनुभयो ।

त्यतिाजेलसम्म नेपालीहरुको नाममा ुप्रकाशु प्रत्यय विरलै मानिन्थ्यो । मैले आजपर्यन्त ुकृष्णप्रकाशु नामधारी अर्को नेपालीलाई भेटेको छैन । तर ुकृष्णु नाममा ुप्रसादु प्रत्यय लागेका व्यक्तिहरु भने प्रशस्तै छन् जस्तै कृष्णप्रसाद भट्टराई । मेरै परिचित व्यक्तिहरुमध्ये पनि झण्डै दुई हातका औंलामा गन्न सकिने ुकृष्णप्रसादु नामधारी व्यक्तिहरु छन् । उदाहरणका लागि मेरा साहित्यिक बन्धुहरु कृष्णप्रसाद पराजुली कृष्णप्रसाद श्रेष्ठ तथा वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारी प्रभृत्ति प्रसिद्ध व्यक्तित्वहरुका अतिरिक्त मेरै साथीभाइहरुमध्ये पनि डा। कृष्णप्रसाद रिजाल डा। कृष्णप्रसाद कायस्थ लगायत विभिन्न पेशामा संलग्न व्यक्तित्वहरुको नाम अघि सार्न सकिन्छ ।

सोभियत कालमा अक्सर रुस आइरहनुहुने धरानवासी कृष्णप्रसाद श्रेष्ठ बीं।ए। मास्कोमा आउँदा जहिले पनि भन्नुहुन्यो ः
ुकृष्ण जी मैले तपाईंका लागि धन्यवादको पोको नै बोकेर ल्याएको छु !ु

पहिलोपल्ट यस्तो उक्तिको मैले कुनै तार्किक अर्थ बुभुन सकिनँ । म अकमक्क परेको देखेर उहाँले नै स्पष्ट पार्नुभएको थियो ।
ुरुसी भाषाबाट तपाईंका जतिपल्ट अनूदित कृतिहरु प्रकाशित हुन्छन् त्यत्तिकैपल्ट सबैले मलाई धन्यवाद दिन्छन् । अनुवाद तपाईंको धन्यवाद पाउने म ! त्यही धन्यवादको पोको लिनुस् !ु
अन्त्यमा बल्ल अर्थ खुलेपछि हामी निर्धक्कसित हाँसेका थियौं । निश्चय नै पाठकहरुले अनुवादकको नामको ुकृष्णु पढ्न नभ्याउँदै अरु अक्षरमा दृष्टि नै नदिई धरानवासी मेरै थरका कृष्णप्रसादलाई सम्झिहाल्दा होलान् भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा मलाई एउटा अर्को घटनाको पनि सम्झना हुन्छ । धेरै वर्षपहिले एकपल्ट काठमाडोंबाट निस्कने एउटा पत्रिकाले ुसोभियत भूमिु पत्रिकामा प्रकाशित मेरो एउटा लेख पुनः प्रकाशित गरेको थियो । त्यसमा मेरो नाम त ठीकै छापिएको थियो तर पादटिप्पणीमा सम्पादकको तर्पुबाट दिइएको लेखक-परिचयमा ुलेखक धरानवासी हुनुहुन्छु भन्ने छापिएको पाउँदा म आश्चर्यचकित भएको थिएँ । अहिलेसम्म पनि मैले धरान देख्ने सौभाग्य पाएको छैन तर म ुधरानवासीु बनिसकेको छु ।

मेरो नामको उल्लेख गर्नुपरेमा आपुनै परिचित साथीभाइहरुबाट समेत यदाकदा ुकृष्णप्रसादु भनी उल्लेख गरिएको पाउँछु । हालै मेरा एकजना कलेजका सहपाठीबाट उनको एउटा नयाँ कृति उपहार पाएको थिएँ । त्यसमा समेत मेरो नाम ुकृष्णप्रसादु लेखिएको पाउँदा म आफै जिल्ल परेको थिए । मेरो नामले अक्सर भ्रम सिर्जना गर्नेगरेको मेरो अनुभव छ । हुन पनि यो नाम सर्वमान्य निमयभन्दा अति अमिल्दो खालकै छ भन्नुपर्दछ । यहाँनेर मलाई मेरो एक सहपाठीको सम्झना हुन्छ जसले भ्रममा पर्न नपरोस् भनी मलाई ुप्रकाशु मात्र भनेर बोलाउने गरेको थियो ।

मेरो नामको गडबडीबारे एउटा अर्को परिघटना पनि उल्लेख्य छ । मेरो अनुवाद ई।सं। १९९५ मा ककेशियाली गणतन्त्र दागेस्तान रुस का विश्वविख्यात कविद्वारा नेपालको विषयवस्तुमा रचना गरेको काव्यकृति ुजीवित देवीु शीर्षकमा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट वि।सं। २०५५ मा प्रकाशमा ल्याइएको थियो । त्यसमा मेरो नाम बाहिरी जिल्दमा र प्रकाशकीयमा शुद्ध नै छापिए ता पनि भित्रपट्टि कतै कृष्णप्रसाद त कतै कृष्णप्रकास छापिएको छ । प्रज्ञा-प्रतिष्ठानबाट छापिएको कृतिमा त यस्तो त्रुटि रहन गएको छ भने अन्यत्र गलत छापिएकोमा गुनासो गर्ने ठाउँ नै रहँदैन भन्न सकिन्छ ।

नेपालको निम्ति मेरो नाम अस्वाभाविक खालको हुँदा नै यस्तो भएको होला भन्ने अहिले म निष्कर्षमा पुगेको छु । हुन पनि कृष्णको प्रकाश नाम नै विरोधाभासपूर्ण छैन र संस्कृतमा ुकृष्णु को अर्थ ुकालोु हुन्छ भने ुप्रकाशु चािहं ुउज्यालोु अर्थात् ुसेतोु को द्योतक हो । यी दुवै शब्द विपरीताथैक हुन् । कालो पनि कहीं उज्यालो हुन्छ र कालोले त सधैं अँध्यारो पो बोध गराउँछ । तर परस्परविरोधी अवधारणा बोक्ने शब्दहरु कतिपय नेपाली नाममा प्रयुक्त छन् । उदाहरणार्थ जससित म परिचित छु तीमध्ये नेपाली साहित्यका एक प्रख्यात व्यक्तित्व कमलमणि दीक्षित वा नेपाली राजनीतिका एक प्रतिष्ठित व्यक्ति पद्मरत्न तुलाधरको नाम पनि त दुई विपरीतार्थक शब्दहरुको संयोगबाटै बनेको छ । उहाँहरुको नाममा प्सिद्ध बौद्ध मन्त्र ुउष मणिपद्मे हुँु को भाव ध्वनित भइरहेझैं प्रतीत हुन्छ । नभन्दै यस मन्त्रको मूलशब्दद्वय ुमणिु अर्थात् ुरत्नु ले कठोरता र ुपद्मु अर्थात् ुकमलु ले कोमलताजस्ता विपरीत तत्वहरुको द्योतन गर्दछ । तसर्थ मेरो नामलाई मात्र अपवादको रुपमा लिन मिल्दैन होला भन्ने ठान्दछु । गहिरिएर विचार गर्ने हो भने ुकालोु अर्थात् ुतमु र ुउज्यालोु अर्थात् ुज्योतिु वा ुप्रकाशु दुवै परस्परविरोधी तत्वको प्रतिनिधित्व गर्ने मेरो नामले पनि त ुतमसो मा ज्योतिर्गमयःु को भावना मुखरित तुल्याएको छ भन्न नसकिएला र

यसैउसले मलाई मेरै नामद्वारा सम्बोधन गरिने छ भन्ने आशा राख्नु अनुचित हुने छैन भन्ने ठान्दछु । यहाँनेर मेरो निम्ति अविस्मरणीय एउटा सुखद घटनाको पनि चर्चा गर्न चाहन्छु । यसबाट पनि मेरो नामबारे सही सूचना प्रेषण हुने छ । म पछिल्लोपल्ट काठमाडौं पुग्दा रुस विज्ञान तथा सांस्कृतिक केन्द्रमा आयोजित एउटा सभामा आमन्त्रित थिएँ । त्यहाँ मलाई ुमैत्री कार्यमा सहयोग पुर् यएवापत्ु रुस परराष्ट्र मन्त्रालयको सम्मानपदक ई।सं। २००५ प्रदान गरिएको थियो । उक्त अवसरमा नेपाल तथा रुसबीच जनस्तरमा मैत्रीविकाशमा कैयौं वर्षदेखि गहकिलो योगदान पुर् याउँदै आउनुभएका नेपाल-रुस मैत्री संघका मानार्थ अध्यक्ष कृष्णप्रसाद भण्डारीज्यूले आफ्नो मन्तव्यमा घतलाग्दो पाराले व्यक्त गर्नुभएको कुरा म सम्झिरहन्छु । उहाँले अंशतः भन्नुभएको थियो ः ुदुईजना कृष्णले नेपाल र रुसको सम्बन्ध विकासमा योगदान पुर् याइरहेका छन् । एकजना कृष्णप्रसाद जो नेपालमा छ र अर्को कृष्णप्रकाश जो रुसमा बस्तछ…ु । वास्तवमा अधिकांश मेरा सुपरिचित कृष्णप्रसादहरु नेपालमै छन् तर म - एकजना मात्र कृष्णप्रकाश - रुसमा रहेको छु ।

स्मरण रहोस् गतः आधाशताब्दीभन्दा बढी समयदेखि म रुस महासंघमा बसोवास गररहेको छु । हाम्रा दुवै देशहरुको साहित्यिक एवं सांस्कृतिक आदानप्रदानमा यथासम्भव योगदान गरिरहेको एकजना कृष्णको नाममा भ्रमनिवारणार्थ यो लामो गन्थन टुङ्ग्याउँदै अन्त्यमा म सहृदयी पाठकवृन्दमा विनम्र अनुरोध गर्दछु ः ुमेरो नाम कृष्णप्रसाद होइन कृष्णप्रकाश हो ।
विनित
कृष्णप्रकाश श्रेष्ठ
३१ जुलाई २०१० आइतवार
म्ास्को रुस महासंघ ।

Bookmark

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More